छिमेकीको हत्या गर्ने प्रहरी नियन्त्रणमा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक १, २०७६
|
|
२१ पटक हेरिएको
Shares
छिमेकीको हत्या गर्ने प्रहरी नियन्त्रणमा

सारांश

  • मकवानपुर, १ कात्तिक ।
  • प्रहरीले हत्या गरेको अभियोगमा एक जनालाई नियन्त्रणमा लिएको छ ।
  • नियन्त्रणमा पर्नेमा बकैया गाउँपालिका ३ जलजले बस्ने सुक बाहादुर पाख्रिन रहेका छन् ।

मकवानपुर, १ कात्तिक । प्रहरीले हत्या गरेको अभियोगमा एक जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा पर्नेमा बकैया गाउँपालिका ३ जलजले बस्ने सुक बाहादुर पाख्रिन रहेका छन् । सोही गाउँपालिका बस्ने सन्तमाया लोलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा २९ असोजको साँझ प्रहरीले नियन्त्रणमा लिएको हो ।

पाख्रिनले सन्तमाया लो समेत तीन जनालाई धारिलो हतियार प्रहार गरी घाइते बनाएको खबर पश्चात ईलाका प्रहरी कार्यालय फापरबारी र प्रहरी चौकी हात्तीसुडेबाट खटिएको प्रहरीले घाइतेहरुलाई उपचारको लागि चुरेहिल अस्पताल हेटौंडा पठाएकोमा सन्तमायाको उपचारको क्रममा मृत्यु भएको जनाएको छ ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?