समता निकेतनलाई गिनिज बुकको प्रमाणपत्र हस्तान्तरण

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख २, २०७६
|
|
२५ पटक हेरिएको
Shares
समता निकेतनलाई गिनिज बुकको प्रमाणपत्र हस्तान्तरण

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओली सुलभ मूल्यमा शिक्षा दिँदै आएको समता शिक्षा निकेतनलाई गिनिज बुक अफ वल्र्ड रेकर्डसको प्रमाणपत्र आज हस्तान्तरण गर्नुभएको छ ।
  • प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा समता फाउण्डेशनका अध्यक्ष उत्तम सञ्जेललाई गिनिज बुक लण्डनले जारी गरेको प्रमाणपत्र हस्तान्तरण गर्नुभएको हो ।
  • सो शिक्षालय विश्वकै पहिलो मितव्ययी र कम खर्चिलो मानिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली सुलभ मूल्यमा शिक्षा दिँदै आएको समता शिक्षा निकेतनलाई गिनिज बुक अफ वल्र्ड रेकर्डसको प्रमाणपत्र आज हस्तान्तरण गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा समता फाउण्डेशनका अध्यक्ष उत्तम सञ्जेललाई गिनिज बुक लण्डनले जारी गरेको प्रमाणपत्र हस्तान्तरण गर्नुभएको हो । सो शिक्षालय विश्वकै पहिलो मितव्ययी र कम खर्चिलो मानिएको छ ।

प्रधानमन्त्री ओलीले रु १०० मा विद्यार्थी पढाएर गरीबका छोराछोरीलाई फाउण्डेशनले गुन लगाएको बताउँदै राज्यले लिनुपर्ने दायित्व बहन गरेकामा खुशी व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “अङ्ग्रेजी माध्यममा राम्रो शिक्षा लिन्छु भन्नेका लागि पैसाका कारणले पढ्न नपाउने अवस्था अब रहेन ।” प्रधानमन्त्री ओलीले समता स्कूलका कारण नेपाललाई विश्वले पनि पहिचान गरेको जनाउँदै सस्तो र गुणस्तरीय शिक्षाका लागि नेपालमा अवसर छ भन्ने कुराको जानकारी विश्वले पाएकामा बधाई व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले यस वर्षदेखि विद्यालय उमेरका कोही पनि बालबालिका विद्यालय बाहिर नहुने जिकिर गर्दै नेपालको साक्षरता अभियानमा समताको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?