विश्वमै चर्चित छन् बुद्धका सन्देश, आज देशभर बुद्धजयन्ती मनाइँदै

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख १७, २०७५
|
|
१९ पटक हेरिएको
Shares
विश्वमै चर्चित छन् बुद्धका सन्देश, आज देशभर बुद्धजयन्ती मनाइँदै

सारांश

  • काठमाडौं, १७ वैशाख- प्रत्येक वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने २५२६औं बुद्ध जयन्ती आज देशभर विविध कार्यक्रमका साथ मनाइँदैछ।
  • विश्वमै चर्चित तथा एशियाका तारा मानिने गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति, महापरिनिर्वाण प्राप्ति गरेको दिन वैशाख पूर्णिमाकै दिन भएकाले त्रिसंयोग दिवसका रुपमा लिने गरिन्छ ।
  • बुद्ध जयन्तीको अवसरमा सरकारले सार्वजनिक विदा समेत दिएको छ ।

काठमाडौं, १७ वैशाख- प्रत्येक वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने २५२६औं बुद्ध जयन्ती आज देशभर विविध कार्यक्रमका साथ मनाइँदैछ।

विश्वमै चर्चित तथा एशियाका तारा मानिने गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति, महापरिनिर्वाण प्राप्ति गरेको दिन वैशाख पूर्णिमाकै दिन भएकाले त्रिसंयोग दिवसका रुपमा लिने गरिन्छ । बुद्ध जयन्तीको अवसरमा सरकारले सार्वजनिक विदा समेत दिएको छ ।

नेपालको लुम्बिनीमा इसापूर्व ५६३ अर्थात् आजभन्दा करीब दुई हजार ६ सय वर्षअघि सिद्धार्थ गौतम राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्मी २९ वर्षका उमेरमा दरबार त्यागी ज्ञानको खोजीमा लागेका थिए । ६ वर्षको तपस्यापछि ३५ वर्षका उमेरमा इसापूर्व ५२८ मा भारतको बौद्धगयामा बुद्धत्व प्राप्ति भयो । यसपछि बुद्धका रुपमा उनले विश्व प्रसिद्धि पाए। छत्तीस वर्षका उमेरमा सारनाथमा उनले पहिलो पटक पाँच शिष्यलाई प्रवचन गरेका थिए।

सारनाथमा चार आर्य सत्यका विषयमा बुद्धले पहिलो प्रवचन गरेका थिए । संसार दुःखैदुःखले व्याप्त छ, दुःखको कारण छ, दुःखको अन्त्य हुनसक्छ र दुःखको अन्त्यका उपाय वा मार्ग पनि छन् भन्ने विषय बुद्धको थियो ।

भव तृष्णा, विभव तृष्णा र काम तृष्णाका कारणले दुःखको उत्पत्ति हुन्छ, त्यसको निरोधका लागि निर्वाण प्राप्त गर्नुपर्छ, दुःखलाई नाश गर्न तृष्णा क्षय गर्ने आठ वटा मार्गआर्य अष्टाङ्गिक मार्ग छन् भनी बुद्धले ज्ञान दिएका छन् ।

यस वर्ष २५६२ औँ बुद्ध जयन्तीमा रुपन्देहीको लुम्बिनी, नमोबुद्ध, काठमाडौँको बौद्ध, स्वयम्भू, चाबहिलस्थित चारुमती विहारलगायत बौद्ध बिहार, गुम्बा, स्तूप, चैत्यमा बुद्ध मूर्तिसहित शोभायात्रा र शान्ति पदयात्रा निकालिन्छ। विश्वभर बुद्धका अनुयायीहरु रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?