छ वर्षदेखि फरार अभियुक्त पक्राउ

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन १५, २०७५
|
|
२६ पटक हेरिएको
Shares
छ वर्षदेखि फरार अभियुक्त पक्राउ

सारांश

  • ताप्लेजुङ, १५ फागुन, कर्तव्य ज्यान मुद्दामा छ वर्षदेखि फरार अभियुक्त पक्राउ परेका छन् ।
  • पक्राउ पर्नेमा ताप्लेजुङको मेरिङ्देन गाउँपालिकास्थित लिङ्तेपका २५ वर्षीय हिमाल भनिने सागर केदेम रेहका छन् ।
  • विसं २०६९ मा मेरिङ्देनकै खाम्लुङमा विवाहमा गएकी १४ वर्षीय बालिकालाई जबर्जस्ती करणी गर्न खोज्दा नमानेपछि कुटपिट गरी मरणासन्न अवस्थामा छाडेर फरार थिए ।

ताप्लेजुङ, १५ फागुन, कर्तव्य ज्यान मुद्दामा छ वर्षदेखि फरार अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा ताप्लेजुङको मेरिङ्देन गाउँपालिकास्थित लिङ्तेपका २५ वर्षीय हिमाल भनिने सागर केदेम रेहका छन् । विसं २०६९ मा मेरिङ्देनकै खाम्लुङमा विवाहमा गएकी १४ वर्षीय बालिकालाई जबर्जस्ती करणी गर्न खोज्दा नमानेपछि कुटपिट गरी मरणासन्न अवस्थामा छाडेर फरार थिए ।

सोही समयमा उनीविरुद्ध ज्यान मार्ने उद्योग शीर्षकमा मुद्दा दर्ता भएकामा बालिकाको विपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भई छ महीनापछि सोही घाउचोटकै कारण मृत्यु भएपछि कर्तव्य ज्यान शीर्षकमा मुद्दा परिणत भएको थियो । केदेमलाई लुकीछिपी बसेको अवस्थामा मङ्गलबार पक्राउ गरी जिल्ला अदालत ताप्लेजुङबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जानकारी दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?