जव बुवाले छाेरीलाइ सलाम गरे …

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र २०, २०७५
|
|
२५ पटक हेरिएको
Shares
जव बुवाले छाेरीलाइ सलाम गरे …

सारांश

  • ‘मेरालागि यो ठूलो विषय थिएन, जुन समाजिक संजालमा निकै ठूलो मुद्दा बनेको छ।
  • ड्यूटीमा रहेका बेला म जतिबेला पनि उनलाई (छोरी) सलाम गर्छु।
  • तर घरमा हामी दुवै बुवा–छोरी नै हुन्छौं।

‘मेरालागि यो ठूलो विषय थिएन, जुन समाजिक संजालमा निकै ठूलो मुद्दा बनेको छ। ड्यूटीमा रहेका बेला म जतिबेला पनि उनलाई (छोरी) सलाम गर्छु। तर घरमा हामी दुवै बुवा–छोरी नै हुन्छौं।’

यो भनाइ ती बुवाको हो जसले आफ्नी छोरीलाई सलाम गरेको विषय गत आइतबारदेखि सामाजिक संजालममा भाइरल भएको छ। यो विषय सुन्दा असहज लाग्न सक्छ। तर यो पूरै पढ्दा सबैलाई बुवा–छोरीको यस जोडीमाथि गर्भ हुन्छ। बुवा छन् जो डीसीपी र छोरी एसपी। यो परिवार तेलंगानाको हो।

प्रदेशका मुख्यमन्त्री चन्द्रशेखर राव रेगारेड्डी जिल्लाको कोंगराकलाँ गाउँमा एक सेक्टेम्बरमा कार्यक्रममा सहभागी हुन आउँदै थिए। विगत १० दिनदेखि छिमेकी जिल्लाका सबै प्रहरी अधिकारी मुख्यमन्त्रीको सभाको तयारीमा जुटेका थिए। उमामहेश्वर शर्मा मलकानगिरीका डीसीपी हुन, त्यसकारण उनको पनि ड्यूटी त्यँही थियो।

यो कार्यक्रममा महिला ग्यालरीको जिम्मेवारी एसपी सिंधु शर्मालाई दिइएको थियो। उनका बुवा डीसीपीलाई पनि सुरक्षाको जिम्मेवारी दिइएको थियो। त्यो सभामा एउटा यस्तो समय आयो जब डीसीपी बुवाको भेट एसपी छोरीसँग भयो। प्रहरी पोशाकमा भएको फुली र प्रोटोकलको सम्मान गर्दै बुवा डीजीपीले छोरी एसपीलाई सलाम गरे।

तर सभामा उपस्थित क्यामरा पर्सन र पत्रकारले यो विषय ‘छोरीलाई बुवाको सलाम’ बनेर सार्वजनिक गरे।  यो पूरै विषयमा बुवा डीसीपी उमामहेश्वर शर्माले बीबीसीसँग कुरा गरे। सो पलको विस्तारपूर्वक उनले भने, ‘सो कार्यक्रममा डीसीपी भएका कारण मलाइ पनि ड्यूटीमा खटाइएको थियो। किनभने त्यो कार्यक्रममा मुख्यमन्त्री जाँदै हुनुहुन्थ्यो। मेरी छोरी त्यहाँ पहिला नै पुगिसकेकी थिइन्। उनी सामुन्ने आउने वित्तिकै मेरो हात सलाम गर्न उठे।  यो विषयमा कहिल्यै हामीले सोचेका थिएनौं न त केही कुराकानी नै भएको थियो। त्यो एक पल थियो जुन अब बितिसक्यो।’

डीसीपी उमामहेश्वर शर्मा अगाडि भन्छन्, ‘हामी दुवै आफ्नो ड्यूटी गरिरहेका थियौं। तर हामीलाई यो पल कसैले रेकर्ड गरिरहेको छ भन्ने थाहा थिएन। जब उनी मेरो सामुन्ने आइन त मैले उनलाई मेरी छोरी भन्दा पनि म भन्दा सिनियर भएको ठाने। उनी आईपीएस हुन र म डीसीपी। मैले उनलाई सलाम त गर्नैपथ्र्यो।’

एक बुवाकालागि यो निकै गर्व गर्न लायक विषय हो। प्रत्येक बाबुलाई आफ्ना सन्तानका नामले चिनिने इच्छा हुन्छ। त्यसो भए के छोरीकालागि पनि बुवाकै जस्तो पल थियो त्यो? स्थानीय संचारमाध्यममा दिएको एक अन्तर्वाताका क्रममा एसपी सिन्धु शर्माले भनेकी छन्, ‘हामी दुवैकालागि यो एकदम असाधारण पल थियो। एकअर्कालाई हेरेर हामी प्रभावित त भएका थियौं नै तर, के कुराको खुशी पनि छ भने यो पोशाक लगाउने जो घरको एक परम्परा हो त्यसलाई पनि मैले कायम राखेँ।’उनका अनुसार बुवा आगामी वर्ष अवकाश पाउँदैछन्। र सँगै काम गर्ने यो राम्रो मौका पनि हो। बीबीसीसँग उनले भनिन्, ‘यो निकै भावनात्मक पल थियो। त्यसपछि हामी आफ्नो काममा फर्कियौं।’ सिन्धु शर्मा तेलंगानाको जगित्याल जिल्लामा पाँच सेक्टेम्बरदेखि एसपीको कमाण्ड सम्हाल्ने छिन्। सिन्धु २०१४ ब्याचकी आईपीएस अफिसर हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

NA committees’ members pledge to shun political beliefs
NA committees’ members pledge to shun political beliefs
सांसदहरुकै वार्डमा बाढीले बगाएको खानेपानीको मुहान मर्मत नहुदा जनता लाई सास्ती
सांसदहरुकै वार्डमा बाढीले बगाएको खानेपानीको मुहान मर्मत नहुदा जनता लाई सास्ती
दसैंमा नयाँ बस थपेनन्, ५ गतेदेखि १४ स्थानमा टिकट बुकिङ खुल्ने
दसैंमा नयाँ बस थपेनन्, ५ गतेदेखि १४ स्थानमा टिकट बुकिङ खुल्ने
भूकम्पपीडितले आगामी साउनसम्म आफ्नो घर बनाइसक्नुपर्ने
भूकम्पपीडितले आगामी साउनसम्म आफ्नो घर बनाइसक्नुपर्ने
मन्‍त्रिपरिषद् विस्तार गर्ने तयारीमा प्रधानमन्‍त्री देउवा !
मन्‍त्रिपरिषद् विस्तार गर्ने तयारीमा प्रधानमन्‍त्री देउवा !
विश्वकपमा शानदार प्रदर्शन गरेको अमेरिका समूह विजेता बन्दै अघिल्लो चरणमा प्रवेश
विश्वकपमा शानदार प्रदर्शन गरेको अमेरिका समूह विजेता बन्दै अघिल्लो चरणमा प्रवेश
एकता प्रक्रिया सकारात्मक, एकीकरणको मिति तोक्न सकिन्न :  माओवादी केन्द्र
एकता प्रक्रिया सकारात्मक, एकीकरणको मिति तोक्न सकिन्न : माओवादी केन्द्र
आज १३ सय ५६ जनामा कोरोना संकमण पुष्टि
आज १३ सय ५६ जनामा कोरोना संकमण पुष्टि
जनतामा स्वच्छ खानेपानी पु¥याउन विकास तथा प्रविधि समितिको निर्देश !
नेपालमा ओमिक्रोन सबभेरियन्टको ‘एक्सबिबी’ फेला
नेपालमा ओमिक्रोन सबभेरियन्टको ‘एक्सबिबी’ फेला

तपाईंले छुटाउनुभयो कि?