सडक डिभिजन कार्यालयका इन्जिनियर श्रीमतीसहित पक्राउ
सारांश
- काठमाडाै, १२ साउन ।
- सडक डिभिजन कार्यालय बुटवलका प्रमुख (डिभिजन इन्जिनियर) सुरेश ठाकुर ३६ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्।
- घुस रकम घर लिएर जाँदै गर्दा उनकी श्रीमती समेत पक्राउ परेका छन्।
काठमाडाै, १२ साउन । सडक डिभिजन कार्यालय बुटवलका प्रमुख (डिभिजन इन्जिनियर) सुरेश ठाकुर ३६ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्। घुस रकम घर लिएर जाँदै गर्दा उनकी श्रीमती समेत पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान अयोगको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले ठाकुरलाई पक्राउ गरेको हो। ३६ लाखमध्ये केही नगद बरामद भएको र केही पैसा बैंकमा जम्मा भइसकेको थियो।
बैंकमा जम्मा भएको भौचरहरु समेत आयोगले बरामद गरेको छ। उनको श्रीमतीलाई हैटौडाबाट खटिएको अख्तियारको टोलीले पक्राउ गरेको हो। घुसको पैसा लिएर वीरगंजस्थित घरमा जाने क्रममा बाटैमा उनी पक्राउ परेकी हुन्। सडक निर्माणको बिल भुक्तानीका लागि उनले ठेकदारसँग मोटो रकम असुलेका हुन्। सूचनाका आधारमा आयोगले उनलाई श्रीमतीसहित पक्राउ गरेको हो।
शनिबार बिहान अख्तियारको बुटवलस्थित कार्यालयले सिमलटारी प्यूठान सडक आयोजनाका सब इन्जिनियर प्रकाश झालाई एक लाख रुपैयाँ घुससहित पक्राउ गरेको थियो।
Ramkaji Karki
Ghush dinelai karbai hosh