रिया चक्रवर्तीले सुशान्तलाई पागल भएको मेडिकल रिपोर्ट लिक गरिदिने धम्की दिएको खुलासा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण १५, २०७७
|
|
१५ पटक हेरिएको
Shares
रिया चक्रवर्तीले सुशान्तलाई पागल भएको मेडिकल रिपोर्ट लिक गरिदिने धम्की दिएको खुलासा

सारांश

  • एजेन्सी, १५ साउन ।
  • बलिउड कलाकार सुशान्त सिंह राजपुतको परिवारले सुशान्तको निधन भएको एक महिना पछि एक्सन लिएका छन् ।
  • सुशान्तको पिता केके सिंहले रिया चक्रवर्ती र उनको परिवारको विरुद्ध एफआईआर मुद्दा दर्ता गराएका छन् ।

एजेन्सी, १५ साउन । बलिउड कलाकार सुशान्त सिंह राजपुतको परिवारले सुशान्तको निधन भएको एक महिना पछि एक्सन लिएका छन् । सुशान्तको पिता केके सिंहले रिया चक्रवर्ती र उनको परिवारको विरुद्ध एफआईआर मुद्दा दर्ता गराएका छन् ।

केके सिंहले एफआईआर मा रियामाथी गम्भिर आरोप लगाएका छन् । रिया र सुशान्त पछिल्लो केहि समय देखि प्रेम सम्बन्धमा थिए । केके सिंहले एफआईैआरमा आफ्नो छोरालाई धम्की दिएको खुलासा गरेका छन् ।

केके सिंहले स्टेटमेन्टमा भनेका छन्, रियाले सुशान्तलाई सधै दबाएर राख्ने गर्थिन् । रियाले दिनरात धम्की दिइरहन्थिन् । उसको कुरा नमानेमा मेडिकल रिपोर्ट लिक गरिदिने बारम्बार धम्की दिइरहन्थिन् । वास्तवमा सुशान्तको पिताले सुशान्त फिल्म लाइन छोडेर केरलामा अर्गानिक खेती गर्न चाहन्थे । यस कामको लागि साथी महेशसँग केरला राज्यको कुर्ग जाने तयारीमा थिए । रियालाई यो कुरा थाहा भएपछि विरोध गर्न थालिन । उनले कहि नजान भनिन् । यदि तिमी मैले भनेको मानेनौ भने मेडिकल रिर्पोट मिडियालाई दिन्छु र सबैलाई तिमी पागल हो भनी बताइदिनेछु ।

सुशान्तले आत्महत्या गरेको केही दिन अघि मात्र आफ्नो धेरै सामान लिएर निस्किएकी थिइन् । ल्यापटप, क्रेडिट कार्ड र पिन नम्बर, सुशान्तको अति आवश्यक कागजात, पासवर्ड जस्ता महत्वपुर्ण सामान लिएर रिया निस्केकी थिइन् । रियाले सामान लगेपछि सुशान्तको बैंक ब्यालेन्स थोरै थियो । केके सिंहले बताए अनुसार रियाको करा सुशान्तले मान्न छाडे पछि रियाको व्यवहार परिर्वतन भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?