बृद्ध भत्ता दिने तिनै मन्त्री थिए जसले ‘आफ्नो गाउँ आफै बनाउँ’ कार्यक्रम ल्याए

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन १९, २०७५
|
|
२९ पटक हेरिएको
Shares
बृद्ध भत्ता दिने तिनै मन्त्री थिए जसले ‘आफ्नो गाउँ आफै बनाउँ’ कार्यक्रम ल्याए

सारांश

  • काठमाडौं ।
  • पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारी जसले पहिलो पटक बृद्धभत्ता दिने कामको थालनी गरेका थिए ।
  • अधिकारीको ८३ वर्षको उमेरमा शनिबार राति ९ बजेर ३५ मिनेटमा निधन भएको छ ।

काठमाडौं । पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारी जसले पहिलो पटक बृद्धभत्ता दिने कामको थालनी गरेका थिए । अधिकारीको ८३ वर्षको उमेरमा शनिबार राति ९ बजेर ३५ मिनेटमा निधन भएको छ ।

चार पटक अर्थमन्त्री भएका अधिकारीले बृद्ध भत्ता दिने कामको शुरुवात गरेका थिए । त्यति मात्रै होइन, ‘आफ्नो गाउँ आफैं बनाऊँ’ कार्यक्रम पनि उनकै पालामा ल्याएका थिए ।

अधिकारीले २०५१ सालमा मासिक १ सय रुपैयाँबाट सुरु गरेको वृद्धभत्ता अहिले मासिक २ हजार रुपैयाँ पुगेको छ । ‘आफ्नो गाउँ आफैं बनाऊँ’ कार्यक्रमका प्रति गाविसका लागि ३-३ लाख रुपैयाँका दरले बजेट दिएका थिए ।

उनी विशेष गरेर वृद्धवृद्धालाई मासिक भत्ता दिने नेताका रूपमा चिनिन्छन् । उनी एक पटक भौतिक पूर्वाधार तथा यातायात मन्त्री भएका थिए । उनले २०७१ बाट सक्रिय राजनीति गर्न छोडेका थिए । नेकपाका अहिलेका धेरैजसो आर्थिक नीति उनकै पालामा सुरु भएका हुन् । २०५१ सालमा पहिलो पटक निर्वाचित कम्युनिस्ट सरकारका अर्थमन्त्री रहेका अधिकारीले दुई पटक बजेट ल्याएका थिए ।

अधिकारीले २०५१ पुस ११ गते निर्वाचित सरकारका तर्फबाट पहिलो पूरक बजेट ल्याए । उनले स्थानीय सडक, साना सिंचाइ, स्वच्छ खानेपानी, शिक्षा र साक्षरता, सुलभ स्वास्थ्य, सीपमूलक तालिम र रोजगारी, सामुदायिक वृक्षरोपण, साना जलविद्युतको विकासबाट ग्रामीण विद्युतीकरण तथा साना तथा घरेलु उद्योगसँग सम्बन्धित विकास कार्यक्रमलाई एकीकृत गरी ‘९ स’ को अभियान शुरु गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?