जर्मनीद्वारा फाइभ–जी नेटवर्कको फ्रिक्वेन्सी लिलामी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र ५, २०७५
|
|
५२ पटक हेरिएको
Shares
जर्मनीद्वारा फाइभ–जी नेटवर्कको फ्रिक्वेन्सी लिलामी

सारांश

  • जर्मनीले अति तीव्र गतिको पाँचौं पुस्ताको दूरसञ्चार नेटवर्क (फाइभ–जी) को फ्रिक्वेन्सी लिलामीमा राखेको जनाएको छ ।
  • सरकारी अधिकारीहरुले उक्त फ्रिक्वेन्सी खरिदमा राखेका शर्तहरु तथा चीनको हुवावे कम्पनीले उपकरण आपूर्ति गर्न पाउने वा नपाउने भन्ने बारेमा स्पष्ट नपारेको भन्दै कम्पनीहरुले विवाद खडा गरेका छन् ।
  • मङ्गलबार शुरु भएको फ्रिक्वेन्सी लिलामी केही हप्तासम्म खुला रहने छ र यसबाट ३ देखि ६ अर्ब अमेरिकी डलर आम्दानी हुनेछ ।

जर्मनीले अति तीव्र गतिको पाँचौं पुस्ताको दूरसञ्चार नेटवर्क (फाइभ–जी) को फ्रिक्वेन्सी लिलामीमा राखेको जनाएको छ ।

सरकारी अधिकारीहरुले उक्त फ्रिक्वेन्सी खरिदमा राखेका शर्तहरु तथा चीनको हुवावे कम्पनीले उपकरण आपूर्ति गर्न पाउने वा नपाउने भन्ने बारेमा स्पष्ट नपारेको भन्दै कम्पनीहरुले विवाद खडा गरेका छन् ।

मङ्गलबार शुरु भएको फ्रिक्वेन्सी लिलामी केही हप्तासम्म खुला रहने छ र यसबाट ३ देखि ६ अर्ब अमेरिकी डलर आम्दानी हुनेछ । हालका नेटवर्क सञ्चालकहरु डच टेलिकम, भोडाफोन र टेलिफोनिका तथा नयाँ कम्पनी ड्रिलिस्चले प्रतिस्पर्धा गर्ने रुचि देखाएका छन् ।

टेलिकम नेटवर्क सञ्चालकहरुले लिलामी प्रक्रिया ढिलाइ गरिदिन गरेको अनुरोधलाई गत साता अदालतले अस्वीकार गरेको थियो ।

कम्पनीहरुले हरेक जर्मन प्रान्तका कम्तीमा ९८ प्रतिशत घरपरिवारमा सन् २०२२ को अन्त्यसम्ममा तीव्र गतिको इन्टरनेट उपलब्ध गराउनुपर्ने भनी राखेको शर्त निकै कडा रहेको दाबी गर्दै आएका छन् ।

यसबाहेक, अधिकारीहरुले कम्पनीबाट प्रदान गरिने सुरक्षा “विश्वासिलो” हुनुपर्ने बताएका छन् । उनीहरुले चिनियाँ विशाल दूरसञ्चार कम्पनी हुवावेका बारेमा तोकेर केही बताएका छैनन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नाबालिकासँगको सम्बन्ध बाहिरिएपछि पल शाहले मेरो तलब ५० हजार पु¥याए : जोशी
नाबालिकासँगको सम्बन्ध बाहिरिएपछि पल शाहले मेरो तलब ५० हजार पु¥याए : जोशी
ट्रमा सेन्टरको बद्मासी प्रति व्यक्ति ६ सय लिएर १०७४ नर्सलाई अन्तर्वार्ताबाट बञ्चित गरियो
ट्रमा सेन्टरको बद्मासी प्रति व्यक्ति ६ सय लिएर १०७४ नर्सलाई अन्तर्वार्ताबाट बञ्चित गरियो
एमालेको समानुपातिक सूचीमा नवीना लामादेखि एकनाथ ढकालसम्म (सम्पूर्ण नाम)
एमालेको समानुपातिक सूचीमा नवीना लामादेखि एकनाथ ढकालसम्म (सम्पूर्ण नाम)
आफ्नै श्रीमतीको हत्यारा १७ वर्षपछि पक्राउ…
आफ्नै श्रीमतीको हत्यारा १७ वर्षपछि पक्राउ…
प्रेमीले अर्कैसँग विवाह तयारी गरेपछि हत्या गरेर उनको मासुको भोज कामदारलार्इ
प्रेमीले अर्कैसँग विवाह तयारी गरेपछि हत्या गरेर उनको मासुको भोज कामदारलार्इ
उदयपुर फुडफेस्टिवलआज बाट गाईघाट मा सुरु
उदयपुर फुडफेस्टिवलआज बाट गाईघाट मा सुरु
सांसद महेश बस्नेतको नेतृत्वमा निजिकरण गरिएका सार्वजनिक जग्गाको खोजिकार्य सुरु
सांसद महेश बस्नेतको नेतृत्वमा निजिकरण गरिएका सार्वजनिक जग्गाको खोजिकार्य सुरु
नेपालगञ्ज बमकाण्डः अभियुक्त सार्वजनिक, प्रहरीलाई दिए यस्तो बयान
नेपालगञ्ज बमकाण्डः अभियुक्त सार्वजनिक, प्रहरीलाई दिए यस्तो बयान
चिठी घटे पार्सल बढे !
चिठी घटे पार्सल बढे !
लागुऔषध, छुरी र नक्कली पेस्तोलसहित दुई जना पक्राउ !
लागुऔषध, छुरी र नक्कली पेस्तोलसहित दुई जना पक्राउ !