ठेकेदारको लापरबाहीले गर्दा सुनकोशी पुलको पिलरसमेत बन्न सकेन

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन ३, २०७४
|
|
३९ पटक हेरिएको
Shares
ठेकेदारको लापरबाहीले गर्दा सुनकोशी पुलको पिलरसमेत बन्न सकेन

सारांश

  • हरिकुमार राई उदयपुर, ३ फागुन ।
  • ठेकेदारको लापरबाहीका कारण गाईघाट–दिक्तेल सडकखण्डअन्तर्गत उदयपुरको फोक्सिङटार र खोटाङ जिल्लाको लिच्कीराम्चेबीच सुनकोशी नदीमा चार वर्षअघि निर्माण शुरु भएको सुनकोशी पुलको अहिलेसम्म सामान्य पिलरको जग पनि बन्न सकेको छैन ।
  • चार वर्षअघि गौरापार्वती कन्सट्रक्सन जेभी प्रालि निर्माण कम्पनीले टेण्डर प्राप्त गरेर निर्माण कार्य शुरु गरेको उक्त सुनकोशी पुलको अहिलेसम्म पनि सुनकोशी वारि र पारिको पिलरको जग नै बन्न नसकेको कुरा फोक्सिङटारका स्थानीयवासी जनक राई बताउँछन् ।

हरिकुमार राई

उदयपुर, ३ फागुन । ठेकेदारको लापरबाहीका कारण गाईघाट–दिक्तेल सडकखण्डअन्तर्गत उदयपुरको फोक्सिङटार र खोटाङ जिल्लाको लिच्कीराम्चेबीच सुनकोशी नदीमा चार वर्षअघि निर्माण शुरु भएको सुनकोशी पुलको अहिलेसम्म सामान्य पिलरको जग पनि बन्न सकेको छैन ।

चार वर्षअघि गौरापार्वती कन्सट्रक्सन जेभी प्रालि निर्माण कम्पनीले टेण्डर प्राप्त गरेर निर्माण कार्य शुरु गरेको उक्त सुनकोशी पुलको अहिलेसम्म पनि सुनकोशी वारि र पारिको पिलरको जग नै बन्न नसकेको कुरा फोक्सिङटारका स्थानीयवासी जनक राई बताउँछन् ।

शुरुमा सो कम्पनीका ठेकेदारले तीन महिना काम गरेर त्यतिकै छाडेको र फेरि एक वर्षअघि मात्र सबैतिरबाट दबाब आउन थालेपछि सामान्य काम शुरु गरेजस्तो गरेको र अहिले चार वर्ष बितिसक्दासमेत पुलको जग समेत निर्माण हुन नसकेको खोटाङ लिच्कीराम्चेका स्थानीयवासी जगन्नाथ खत्रीको भनाइ छ ।

खत्री भन्छन्, “चारवर्षअघि शुरुमा ठेकेदारले काम शुरु गर्न थालेपछि अब गाईघाट दिक्तेल सडकमा निरन्तर सवारी साधन चल्ने भयो भनेर आफूहरु सबै हर्षित भयौँ तर अहिलेसम्म पनि ठेकेदारले पुलको पिलरको सामान्य जगसमेत बसाउन नसक्दा आफूहरु निरास भएका छौँ ।”

‘गौरापार्वता निर्माण कम्पनीले तीन वर्षअघि नै गाईघाट दिक्तेल सडकखण्डअन्तर्गत सुनकोशीमा २०७० देखि नै पुल निर्माण कार्य शुरु गरेको भए तापनि अहिलेसम्म पिलरको जग नै निर्माण गर्न नसक्दा कत्तिको लापरबाही गरेको छ भन्ने कुरा प्रस्ट छ तर सम्बन्धित निकाय र सरोकारवाला अहिलेसम्म पनि मौन बसिरहेका छन्,’ यो भनाइ हिमाली यातायात व्यवसायी संघ उदयपुरका अध्यक्ष प्रेमकुमार राईको हो ।

रु १६ करोड बजेटमा निर्माण शुरु भएको उक्त सुनकोशी नदीको पक्की आरसिसी पुलका ठेकेदार रामकुमार थापा लगायतले पुलको पिलरको जग नै नखनी २५ प्रतिशत बजेटसमेत निकासा गरेर लिइसकेको समेत स्थानीयवासीको आरोप छ । तर अहिलेसम्म पनि पुलको पिलर गाड्ने जग नै तयार नहुनु र पुलको निर्माण कार्य झनै पछि धकेलिँदै गएका कारण निर्माण कम्पनीको लापरबाहीले चरम पराकाष्ठ नाघेको कुरा उदयपुर क्षेत्र नं २ का पूर्वसांसद तथा शहरी विकास राज्यमन्त्री मञ्जुकुमारी चौधरीको समेत धारणा छ ।

आफू तथा खोटाङका सांसद विशाल भट्टराईले समेत पुल निर्माण कम्पनीलाई पुल चाँडो निर्माण गर्न पटक–पटक दबाब दिएको पूर्वसांसद चौधरी सहितका जिल्ला नेतासमेत बताउँछन् । तर पुल निर्माण कम्पनीले राजनीतिक दलका नेताका आवाजलाई समेत बेवास्ता गरेको आरोप स्वयं खोटाङका पूर्वसांसदहरु समेत बताउँछन् । २०५१ सालमा नै तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले शिलान्यास गर्नुभएको गाईघाट–दिक्तेल सडक मार्गमा अहिले पनि सुनकोशी नदीमा पुलको अभावका कारण हिउँदमा बेलिब्रिजबाट गाईघाट–दिक्तेल सडकखण्डमा यातायात सञ्चालन हुने गरेको छ भने वर्षामा बेलिब्रिज खोलेपछि पुलको अभावमा ६ महिना यातायात पूर्ण रुपमा बन्द हुने गरेको हिमाली यातायात व्यवसायी संघ उदयपुर सुत्र बताउँछन् ।

यस विषयमा गाईघाट–दिक्तेल सडक कार्यालयका प्राविधिक इन्जिनियर राजेन्द्र जोशीसँग पुल निर्माणको ढिलाइका बारेमा जानकारी माग्दा उक्त पुल गाईघाट–दिक्तेल सडक कार्यालयले नहेर्ने र सडक विभागअन्तर्गत पुल आयोजना, धरान, सुनसरीले हेर्ने गरेको जोशीले बताउनुभयो । तीन वर्ष बितिसक्दा पनि अहिलेसम्म पुलको पिलरको जग नै निर्माण हुन नसकेपछि निर्माण कम्पनीको लापरबाहीको चरम पराकाष्ठ भएको भन्दै यातायात व्यवसायी र खोटाङ, उदयपुरवासी जनताले समेत व्यापक आक्रोश पोख्न थालेका छन् ।

सम्बन्धित प्रशासन, सडक विभाग र स्वयं सरकारले यस्ता विकासको नाममा लापरबाही गर्ने निर्माण कम्पनीलाई तुरुन्त कारबाही गर्नुपर्ने व्यापक आवाज अहिले उदयपुरवासी जनताले उठाउन थालेका छन् ।

तराईको उदयपुरदेखि पहाडी जिल्ला खोटाङ जोड्ने सेतुका रुपमा निर्माण हुनुपर्ने उक्त पुल अहिलेसम्म पनि निर्माण हुन नसकेपछि हिउँदमा ६ महिना अस्थायी बेलिब्रिज जोडेर गाईघाट –दिक्तेल खण्डमा सवारीका साधनहरु सञ्चालन हुने गरेका छन् । तर वर्षामा सुनकोशी नदीमा पानीको बहाव बढेसँगै बेलिब्रिज खोलिएपछि ६ महिना गाईघाट–दिक्तेल सडकखण्डमा यातायातका साधन सञ्चालन पूर्ण बन्द हुने गरेको यातायात व्यवसायी बताउँछन् ।

उक्त पुल निर्माण योजना अनुसार पुलको लम्बाइ १०५ मिटर रहेको छ भने चौडाइ ६ मिटर ४० सेमी रहेको प्राविधिकले बताएका छन् ।
–––

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संविधान दिवस : मौलिक हकको उपभोग कहिले ?
संविधान दिवस : मौलिक हकको उपभोग कहिले ?
नेपाल प्रहरीमा भावी आईजीपी को ?
नेपाल प्रहरीमा भावी आईजीपी को ?
ट्याक्सी मिटरमा जान नमानेमा १०३ मा फोन गर्नुस्, ९८५१२९५१०० मा एसएमस
ट्याक्सी मिटरमा जान नमानेमा १०३ मा फोन गर्नुस्, ९८५१२९५१०० मा एसएमस
गायिका गीता भट्टराई आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिइन
गायिका गीता भट्टराई आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिइन
कुलुङ तथा मेवाहाङलाई आदिवासी जनजातिमा सूचीकृत गर्न प्रधानमन्त्रीसमक्ष माग
कुलुङ तथा मेवाहाङलाई आदिवासी जनजातिमा सूचीकृत गर्न प्रधानमन्त्रीसमक्ष माग
लुम्बिनीको मायादेवी मन्दिरमा प्रयोग भएका ढुङ्गा-इँटा सोनवागढ उत्खननमा फेला
लुम्बिनीको मायादेवी मन्दिरमा प्रयोग भएका ढुङ्गा-इँटा सोनवागढ उत्खननमा फेला
‘सेल्फी किङ’मा बाँधियो विपिन कार्की र लक्ष्मी बर्देवाको जोडी, यस्तो कथामा बन्नेछ चलचित्र
‘सेल्फी किङ’मा बाँधियो विपिन कार्की र लक्ष्मी बर्देवाको जोडी, यस्तो कथामा बन्नेछ चलचित्र
रामचन्द्र पाैडेललाई शशांकको जवाफ ‘तपाईं धेरै उत्तेजित नहुनुहोस्’
होटल तथा रिसोर्टको अन्तरराष्ट्रिय मापदण्ड तोकिने
होटल तथा रिसोर्टको अन्तरराष्ट्रिय मापदण्ड तोकिने
प्रदेश १ मा आर्थिक वृद्धिदर ५.४ प्रतिशतसम्म हुने अनुमान
प्रदेश १ मा आर्थिक वृद्धिदर ५.४ प्रतिशतसम्म हुने अनुमान

तपाईंले छुटाउनुभयो कि?