सार्वजनिक शौचालय निर्माणका लागि स्थान पहिचान

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन २१, २०७५
|
|
३४ पटक हेरिएको
Shares
सार्वजनिक शौचालय निर्माणका लागि स्थान पहिचान

सारांश

  • काठमाडौँ, २१ फागुन,काठमाडौँ महानगरले सार्वजनिक यातायातका साधनले यात्रु चढाउने र ओराल्ने ६९ स्थानमा सार्वजनिक शौचालय निर्माणको लागि स्थान पहिचान गरेको छ ।
  • कामपाका सार्वजनिक निजी साझेदारी एकाइका प्रमुख धु्रव काफ्लेका अनुसार मानिसको आवतजावत र किनमेल बढी हुने स्थानमा शौचालय निर्माण गर्ने तयारी रहेको छ ।
  • हालसम्म पहिचान भएका स्थानमा बबरमहलमा नेपाल कला परिषद्को अगाडि, थापाथली बसस्टप, बानेश्वर मन्दिर अगाडि, कोटेश्वर चोकको पूर्वतर्फ, टेकुको नेशनल ट्रेडिङ अगाडि, कलङ्की मेट्रो हल आसपास, बालाजु, बाइसधारा, सीतापाइला बसस्टप, माछापोखरीलगायतका स्थानमा सार्वजनिक शौचालय निर्माण गर्न लागिएको हो ।

काठमाडौँ, २१ फागुन,काठमाडौँ महानगरले सार्वजनिक यातायातका साधनले यात्रु चढाउने र ओराल्ने ६९ स्थानमा सार्वजनिक शौचालय निर्माणको लागि स्थान पहिचान गरेको छ । कामपाका सार्वजनिक निजी साझेदारी एकाइका प्रमुख धु्रव काफ्लेका अनुसार मानिसको आवतजावत र किनमेल बढी हुने स्थानमा शौचालय निर्माण गर्ने तयारी रहेको छ ।

हालसम्म पहिचान भएका स्थानमा बबरमहलमा नेपाल कला परिषद्को अगाडि, थापाथली बसस्टप, बानेश्वर मन्दिर अगाडि, कोटेश्वर चोकको पूर्वतर्फ, टेकुको नेशनल ट्रेडिङ अगाडि, कलङ्की मेट्रो हल आसपास, बालाजु, बाइसधारा, सीतापाइला बसस्टप, माछापोखरीलगायतका स्थानमा सार्वजनिक शौचालय निर्माण गर्न लागिएको हो ।

यससँगै गौशाला, तीनकुने, त्रपुरेश्वर, सुन्धारा, एनएसी, जुद्ध सालिक आसपास, हनुमानढोका, जमल, लैनचौर, सोह्रखुट्टे, बल्खु र कुलेश्वर पनि पहिलो चरणमा काम गर्नुपर्ने स्थानका रुपमा सिफारिस छन् । गत माघ ६ गते गठन भएको सार्वजनिक शौचालय निर्माणसम्बन्धी कार्यदलले उक्त स्थान पहिचान गरेको हो ।

हाल कामपामा ५८ सार्वजनिक शौचालय सञ्चालनमा रहेका छन् । ती सार्वजनिक शौचालयमध्ये २८ प्रयोग गर्न मिल्ने अवस्थामा छन् । बाँकी ३० मर्मत नगरी प्रयोग नै गर्न नमिल्ने कामपा स्वयंले स्वीकार गरेको छ ।

एकाइ प्रमुख काफ्लेले अहिले सञ्चालनमा रहेका कतिपय शौचालयमा पानी, साबुनको व्यवस्था नभएको, अपाङ्गमैत्री नभएको, प्रकाशको व्यवस्था नभएको, महिलालाई स्यानिटरी प्याड फेर्ने तथा फाल्ने ठाउँ नभएको देखिएको उल्लेख गर्दै यी आधारभूत सुविधा नियमन गर्नसके मात्रै पनि तत्काल सुधार देखिने बताउनुभयो ।

महानगरले विगत दुई वर्षअघिदेखि नै विभिन्न ४१ स्थानमा स्मार्ट सार्वजनिक शौचालय निर्माण गर्ने लक्ष्य लिएको भए पनि हालसम्म काम अघि बढ्न सकेको थिएन ।

महानगर प्रमुख विद्यासुन्दर शाक्यले शौचालय निर्माणकै लागि गत वैशाखमा सबै वडालाई सार्वजनिक स्थान पहिचान गर्न निर्देशन दिनुभएको थियो । स्थान पहिचान भएसँगै अब लागतसहितको डिजाइन तयार गर्नेछ । लागत सस्तो, सानो स्थान ओगट्ने र छिटो निर्माण हुने शौचालय निर्माण गर्ने महानगरको प्रयास हुने बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पहिला विमानस्थल पुग्ने सडक मर्मत गर्नुस् : मन्त्री श्रेष्ठ
पहिला विमानस्थल पुग्ने सडक मर्मत गर्नुस् : मन्त्री श्रेष्ठ
मान्छे किन चुम्बन गर्छन्, विकासक्रम कस्तो छ
मान्छे किन चुम्बन गर्छन्, विकासक्रम कस्तो छ
OMG! Major fire breaks out at Deepika Padukone’s building Beaumonde Towers in Mumbai
OMG! Major fire breaks out at Deepika Padukone’s building Beaumonde Towers in Mumbai
लिंकनले आफ्नो बालक छोरा पढाउने गुरुलाई लेखेको यो चिठीले विश्वका अर्बौ मानिस स्तब्ध बने !
लिंकनले आफ्नो बालक छोरा पढाउने गुरुलाई लेखेको यो चिठीले विश्वका अर्बौ मानिस स्तब्ध बने !
सर्वोच्चको आदेश उल्टियो, सिजीले मोवाइल सञ्चालन गर्न नपाउने
सर्वोच्चको आदेश उल्टियो, सिजीले मोवाइल सञ्चालन गर्न नपाउने
क्रिकेट खेलाडी शक्तिले खेल मैदानमै आँसु झार्दै विदाइ भए
क्रिकेट खेलाडी शक्तिले खेल मैदानमै आँसु झार्दै विदाइ भए
राजधानीको एक बस्तीमा भुतप्रेत, विश्वास नलागे क्यामेरामै रेकर्ड भएको यो भिडियो हेर्नुहोस्
राजधानीको एक बस्तीमा भुतप्रेत, विश्वास नलागे क्यामेरामै रेकर्ड भएको यो भिडियो हेर्नुहोस्
ल्होसार गुथुक साँझको तयारी पुरा, साम्दे शेर्पा पुररस्कारबाट पुरस्कृत हुँदैछन् यी ३ श्रष्टा
ल्होसार गुथुक साँझको तयारी पुरा, साम्दे शेर्पा पुररस्कारबाट पुरस्कृत हुँदैछन् यी ३ श्रष्टा
दिल्लीबाट काठमाडौं आएको भिस्टाराको जहाजमा बम राखेको हल्ला, सेनाले ‘सर्च’ गर्दै
दिल्लीबाट काठमाडौं आएको भिस्टाराको जहाजमा बम राखेको हल्ला, सेनाले ‘सर्च’ गर्दै
रोल्पामा दश हजार बढी नयाँ मतदाता थपिए
रोल्पामा दश हजार बढी नयाँ मतदाता थपिए

तपाईंले छुटाउनुभयो कि?