मलाई समर्थन गरिदिएको भए शेरबहादुर देउवा नेपालको राजनेता : प्रचन्ड
सारांश
- चितवन क्षेत्र नम्बर ३ को चुनावी भिडन्तले राष्ट्रिय चर्चा पाएको छ ।
- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल उम्मेदवार बनेको यो क्षेत्रमा लोकतान्त्रिक गठबन्धनका तर्फबाट राप्रपाका नेता विक्रम पाण्डे उठेका छन् ।
- कसले बाजी मार्छ भन्ने कुरा निकै रोचक बन्दै गएको छ ।
चितवन क्षेत्र नम्बर ३ को चुनावी भिडन्तले राष्ट्रिय चर्चा पाएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल उम्मेदवार बनेको यो क्षेत्रमा लोकतान्त्रिक गठबन्धनका तर्फबाट राप्रपाका नेता विक्रम पाण्डे उठेका छन् । कसले बाजी मार्छ भन्ने कुरा निकै रोचक बन्दै गएको छ । राप्रपाका नेता र माओवादीका अध्यक्षबिचको यो भिडन्तलाई रोचक भिडन्तका रुपमा हेरिएको छ । दाहाल उम्मेदवार मात्रै नभएर राष्ट्रिय नेता भएकाले पनि यो क्षेत्र चर्चामा छ । वाम गठबन्धनले बहुमत ल्याएर सरकार गठन गर्छ भन्दै आएका दाहाल आफैँ भने चुनाव जित्नका लागि कडा मिहिनेत गरिरहेका छन् । यसै सन्दर्भमा पत्रकार ऋषि धमलाले दाहालसँग अन्तरवार्ता लिएका छन् । अन्तरवार्ताको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।
तपाईले चितवन ३ मा चुनाव जित्ने आधार केके छन् ?
नेपालमा स्थायित्व र विकास चाहिएको छ । यि दुवै कुराका लागि राष्ट्रिय स्तरमा महत्वपूर्ण भूमिका खेलिसकेको व्यक्तिले चुनाव जित्नुपर्छ भन्ने चाहना चितवनका जनताको छ । मैले चुनाव जित्ने आधार भनेको जनताको विश्वास हो ।
चितवनबासीले विकासका सवालमा के खोजेका रहेछन् ?
मैले चुनावी कार्यक्रमका क्रममा जनताकोबिचमा जाँदा सबैभन्दा धेरै बाटो पिच बनोस् भन्ने चाहना रहेको पाएँ । त्यसपछि जङ्गली जनावरले मानवीय र कृषि उत्पादनमा क्षति पु¥याएकाले त्यसको रोकथाम होस् भन्ने चाहना पछि छ । त्यसैगरी तटबन्धन निर्माणको आवश्यकता देखिएको छ । समग्रमा चितवनमा विकासका प्रचुर सम्भावना रहेकाले एसियाली मापदण्डको शहरको रुपमा विकास गर्नुपर्ने आवश्यकता देखिएको छ । कृषिमा आधुनिकीकरण र यस क्षेत्रलाई शैक्षिक र स्वस्थ्य सेवाको गन्तव्यका रुपमा विकास गर्नुपर्ने चाहना जनताको रहेको छ । शक्तिखोरमा औद्योगिक क्षेत्र निर्माण गर्ने कुरा भइरहेको छ । चित्रवनमा राष्ट्रिय रङ्गशाला निर्माण गर्नुपर्ने छ । यसका लागि बजेट निकासा भएर काम सुरु पनि भइसकेको छ । भरतपुरमा प्रदर्शनी केन्द्र बनाउने काम पनि अगाडि बढिसकेको छ । यो सबै विकासका लागि राष्ट्रियस्तरको नेताको आवश्यकता छ भन्ने चितवनका जनताले बुझेका छन् ।
तपाई रोल्पा, सिराहा, काठमाण्डौ हुँदै अहिले किन चितवनामा चुनाव लड्न आउनुभयो ?
मैले यो विषयमा जनतालाई बडो प्रष्टसँग भनिसकेको छु । तपाईको यो लोकप्रिय मिडियामार्फत पनि भन्न चाहन्छु । पहिलो पटक मैले रोल्पा र काठमाण्डौबाट चुनाव लडेँ । तर मेरो चाहना चितवनबाटै चुनाव लड्ने थियो । मैले पढेलेखेको र हुर्केको ठाउँ चितवन भएकाले यहीबाट चुनाव लड्ने चाहना थियो । तर त्यसबेला विद्रोहको केन्द्र रोल्पा र देशको राजधानी काठमाण्डौलाई जोड्नुपर्ने आवश्यकता थियो । यि दुई क्षेत्रको भावना नजोडिकन शान्ति प्रक्रियालाई टुङ्ग्याउन सकिदैन थियो । दोस्रो पटक म सिराहाबाट किन उठेँ भने काठमाण्डौबाट तराई मधेश टाढा टाढा जाने खतरा पैदा भयो । विखण्डनवाद हाबी हुने हो कि वा काठमाण्डौले मधेशलाई टाढा राख्यो भन्ने मनोवाद जनतामा देखिने डर थियो । बढेको दुरीलाई कसरी घटाउने भन्ने चिन्ता मलाई थियो । जनयुद्धका बेला मधेश क्षेत्रबाट १३ सय जनाको ज्यान गएको थियो । यो दायित्वलाई पूरा गर्नका लागि पनि मैले मधेशबाट चुनाव लडेको हुँ । विद्रोह र शान्तिलाई एक ठाउँमा केन्द्रित गर्नका लागि आवश्यकता अनुसार मैले चुनावी क्षेत्र रोजेको हुँ ।
तपाईले गरेको कपितय राजनीतिक निर्णयका आधारमा चमत्कारिक नेता भन्ने गरेका छन् । यसलाई तपाई कसरी लिनुहुन्छ ?
धमला जि, म परिस्थिती हेरेर गम्भीर र साहसिक निर्णय गर्छु । मैले विद्रोह, शान्ति प्रक्रिया र संविधान निर्माणको नेतृत्व गर्ने मौका पाएँ । यि सबै काममा मलाई नेपाली जनताले सहज रुपमा स्विकार गरे । अब विकासको नेतृत्व पनि प्रचण्डले गरोस् भन्ने चाहना जनताले राखेका छन् । मैले पनि राष्ट्र र जनताको हितमा जतिबेला जे निर्णय गर्नुपर्छ त्यसमा साहसिक रुपमा निर्णय गरेकाले बाहिरबाट हेर्दा चमत्कारिक देखियो होला, तर वास्तवमा देश र जनताको पक्षमा लिइएको गम्भीर र साहसिक निर्णयको परिणाम हो ।
पछिल्लो समय तपाईले कांग्रेससँगको सहकार्य छोडेर एमालेसँग मिल्नुको कारण के हो ?
तपाईले ठीक ठाउँमा प्रश्न सोध्नुभयो । पहिलो कुरा त मैले नेपाली कांग्रेससँगको सहकार्य छोडेकै छैन । अहिले पनि शेरबहादुर देउवा नेतृत्वको सरकारलाई हाम्रो पार्टीका मन्त्रीहरुले साथ दिइरहेका छन् । यद्यपी देउवाजीले हाम्रा पार्टीका मन्त्रीहरुलाई विना विभागिय बनाउनुभयो । मैले छोडेको छैन । सहकार्य कायमै छ । मैले कांग्रेसलाई धोका दिएको पनि छैन । सरकार गिराउने प्रयास पनि गरिन । अब यो देशलाई विकास र समृद्धिको बाटोमा कसरी लैजान सकिन्छ भनेर मैले एमालेसँगको सहकार्यलाई उचित विकल्पको रुपमा लिएको हुँ । सैद्धान्तिक रुपमा कांग्रेससँगको एकता सम्भव थिएन । एकता हुन सक्ने कम्युनिष्ट–कम्युनिष्टबिचमा मात्रै हो । त्यसकारण मैले दूरदृष्टी नजरले हेर्दा अन्ततः एमाले, माओवादी लगायतका सबै कम्युनिष्ट एक ठाउँमा बस्ने, नेपाली कांग्रेसका पनि विभाजित भएका विजयकुमार गच्छादार, महन्थ ठाकुरलगायतका पनि एक ठाउँमा बस्ने, यसो गर्न सकियो भने मात्रै राजनीतिक स्थायित्व आउँछ भन्ने मेरो ठम्याई हो ।
देश विकासका लागि एमाले–माओवादी गठबन्धन नै अन्तिम विकल्प हो ?
पछिल्लो ७० वर्षदेखि देश भुमरीमा छ । एउटा सरकार पनि ५ वर्ष चलेको छैन । यो परिस्थितीको अन्त्य गर्नका लागि विकल्प खोजिएको हो । विचार र सिद्धान्त मिल्नेबिच एक हुन सक्यो भने राष्ट्रले स्थायित्व पाउँछ । एमालेसँग सहकार्य गर्नुअघि मैले देउवालाई यस विषयमा जानकारी गराएको थिए । तपाईहरु पनि विचार मिल्नेहरु एकजुट हुनुपर्छ भनेर सल्लाह पनि दिएको हुँ । तपाईलाई पनि मेरो शुभकामना छ । विभाजित भएका कांग्रेसलाई एकजुट गर्नुस् भनेर भनेको थिएँ ।
सरकारमा बसेर प्रतिपक्षी दलसँग हातेमालो गर्नु उचित हुन्छ र ?
स्थानीय तहको चुनावमा रोल्पा, रुकुम, कालिकोट, जाजरकोट लगायतका कपितय जिल्लामा कांग्रेसलेव एमालेसँग तालमेल गरेर माओवादीका उम्मेदवारलाई हराएको थियो । तर किन प्रतिपक्षसँग मिलेको भनेर कहिल्यै भनिन । म एमालेसँग मिल्नु गलत हो भने उहाँहरु मिल्नु चाँही सही हुने ? प्रदेश नम्बर २ मा माओवादी कमजोर छ भनेर कांग्रेसले स्थानीय चुनावमा तालमेल गर्न पनि मानेन । चुनावका बेला हरेक पार्टीले आफ्नो फाइदा हेर्छ । कम्युनिष्टको नेतृत्वमा सरकार बनोस् भन्ने प्रचण्डको चाहना त विल्कुल जायज र स्वभाविक हो । कांग्रेसले कांग्रेसकै नेतृत्वमा सरकार बनोस् भन्ने चाहना राख्नु पनि जायज छ । दुई पार्टी सिष्टमले नै देशलाई हित गर्छ भन्ने हाम्रो निष्कर्ष हो ।
तपाईहरुको गठबन्धनल अधिनायकवाद ल्याउन खोजेको आरोप कांग्रेसले लगाएको छ नि ?
हामीले वाम लोकतान्त्रिक गठबन्धन बनाएका हौँ । वाम लोकतान्त्रिक गठबन्धन र कांग्रेसको नेतृत्वमा लोकतान्त्रिक गठबन्धनमध्ये जसले जनताको मन जित्छ, उसैले सरकारको नेतृत्व गर्छ ।
जनताको चाहना त कांग्रेस र माओवादी मिल्नुपर्छ भन्ने थियो नि ? तर तपाईले अर्कै कदम चाल्नुभयो ।
जनताको एउटा सेक्सन त्यो थिएन त म भन्दिन । तर यसका लागि कांग्रेस नै तयार देखिएन । २ नम्बर प्रदेशमा भएको स्थानीय तहको चुनावमा कांग्रेस जसरी मिल्नुपथ्र्यो, त्यसरी मिलेन । त्यसबेला कांग्रेसका गम्भीरताको कमी देखियो । तर दीर्घकालिन रुपमा कम्युनिष्टहरु नै मिल्नुपर्छ भन्ने मेरो निष्कर्ष थियो । देशको स्थिरता र विकासका निम्ति विचार मिल्नेहरु नै एक हुनुपथ्र्यो ।
चितवनमा तपाई किन कांग्रेसले समर्थन गरेको नेतासँग प्रतिस्पर्धा गर्नुभयो ?
यो कुरा तपाईले अझै बुझ्नुभएको छैन । म कांग्रेससँग नै प्रतिस्पर्धा गर्न पाएको भए खुशी नै हुने थिएँ । समर्थन गर्ने कुरा अलग हो । अहिले यहाँका कांग्रेसका इमानदार, निष्ठावान र लामो इतिहास बोकेका नेता कार्यकर्ताहरु राप्रपालाई भोट हाल्नुपर्ने निर्णयबाट असन्तुष्ट छन् । अब बुढेसकालमा हलो, राप्रपालाई समर्थन गर्नुपर्ने, उहाँहरुलाई कहीँ कतै चित्त बुझेको छैन ।
तपाईलाई कांग्रेसले भोट हाल्नुपर्ने कारण चाँही के छ ?
म शान्ति सम्झौताको हस्ताक्षरकर्ता । गिरिजाबाबुले मृत्युशैयाबाट शन्ति प्रक्रिया टुङ्ग्याउने जिम्मा तपाईको भनेर जानुभयो । यो कुरा कांग्रस र आम जनताले थाहा पाएको कुरा हो । मैले शान्ति प्रक्रिया टुङ्ग्याएको कुरा पनि सबैलाई थाहा छ । केही समयअघि मात्रै देउवाले संसदबाट मलाई राजनेता भन्नुभएकै हो । चितवन क्षेत्र नम्बर ३ मा पनि मलाई समर्थन गरिदिएको भए मैले पनि शेरबहादुर देउवा नेपालको राजनेता हो भन्थेँ नि । कति राम्रो हुन्थ्यो ? उहाँहरुले मलाई दिनु भएन । मलाई धेरै गुनासो छैन । तर कांग्रेसले यहाँबाट रुख चिन्हबाट नै कसैलाई चुनाव उठाएको भए मैले कांग्रेससँग नै प्रतिस्पर्धा गर्थेँ । तर उहाँहरुले हलोलाई समर्थन गरेर उल्टो बाटो हिँड्नुभयो ।
तपाईले कांग्रेसका कार्यकर्तासँग कसरी भोट माग्नुभएको छ ?
यस्तो बेलामा हलो लिएर हिँडेपछि मैले कांग्रेसका कार्यकर्तालाई विपिको सिद्धान्तका आधारमा मलाई समर्थन गर्न पर्छ है भनेको छु । कांग्रेसका कार्यकर्ताले हसिया हथौडामा भोट हाल्नुपर्छ भनेको छु । तर पार्टीले त राप्रपालाई भोट हाल्न लगाएको छ । तर चिनवन राप्रपाका अध्यक्ष नै सयौँ कार्यकर्ता लिएर हामीतिरै आइसक्नुभएको छ । त्यसैले अब हलो पनि सग्लो छैन । कांग्रेसका कार्यकर्ता हलो बोक्नुपर्दा रुँदै हिँडेका छन् । विपिले भन्नुभएको थियो, एक मुठी माटो लिनुहोस्, छातीमा राख्नुहोस्, अन्तरआत्माको आवाज सुन्नुहोस्, जे ठीक लाग्छ त्यही गर्नुहोस् । अहिले मैले पनि यही भनेको छु ।
वाम गठबन्धनले बहुमत ल्याएर सकार बनायो भने कांग्रेसँगको सम्बन्ध कस्तो हुन्छ ?
भोली कम्युनिष्टहरु एउटै भएपछि पनि कांग्रेससँग सहकार्य गर्नुपर्छ भन्ने मलाई लाग्छ । कांग्रेससँगको सहकार्य अब सदाको लागि सकियो भन्ने पनि होइन । कांग्रेस पनि देश विकासका लागि पछाडि फर्किने होइन, अगाडि नै बढ्नुपर्छ ।
कांग्रेस सभापति देउवाले त कम्युनिष्ट शासन आयो भने जनताले रुन पनि पाउँदैनन भनेर भन्नुभएको छ नि ?
यो विषयमा म देउवाकै भाषामा जवाफ दिन चाहन्न । थुप्रै उद्योग कलकारखाना कौडीको मूल्यमा बेचेर जनतालाई रुवाइयो । हामी त्यसो गर्दैनौँ । विकास निर्माण भएन, हामी त्यसो गर्दैनाँै । कांग्रेसले रुन मात्रै पा¥यो । हामी हसाउँछौँ भन्न पनि सकिन्छ, तर हामी त्यसो भन्दैनौँ । देउवाले भनेको कुरा निराधार छ ।
वाम गठबन्धनले बहुमत ल्याउने आधार के छ ?
त्यो त ७० मा भएको संविधानसभाको चुनाव र यही वर्ष भएको स्थानीय तहको चुनावको तथ्याङ्कले नै स्पष्ट पार्छ । अर्को वाम गठबन्धनभित्र देशैभरी एकता छाएको छ । पहिलो चरणमा चुनाव भएका ३२ जिल्लामा के भयो होला भनेर ओली र मबिचमा लामो कुराकानी भयो । हामीलाई दुई तिहाईभन्दा धेरै भोट आइसकेको हाम्रो निष्कर्ष छ ।
दोस्रो चरणको चुनावको नतिजा कस्तो आउला ?
हाम्रो लक्ष्य त दुई तिहाई बहुमत ल्याउने नै हो ।
बहुमत आएन भने के गर्नुहुन्छ ?
बहुमत आएन भने पनि स्विकार गरिन्छ । जनताले हामीलाई पराजित ग¥यो भने पनि लोकतन्त्रको खेललाई मान्छौँ ।
तपाई र केपी शर्मा ओलीबिचमा चिसोपन छ कि छैन ?
हामी द्धन्द्धवादी भए पनि परिस्थिती र देशको आवश्यकता अनुसार चल्ने नेता हौँ । अहिले सम्बन्ध राम्रो छ । हामी मिलेर देश बनाउनुपर्छ भन्ने नै छ ।
Gopal Timilsina
Gaesa parchanda gi kola koli
Shyam Shubham Giri
अव एमाले संग पाटी एकता गरे पछी माओवादी को औचित्य समाप्त भयो साथै चिंतावन ३ बाट हारे पछी प्रचण्ड को अध्याय पनि समाप्त हून्छ
Ganesh Bhandari
Aba kp oli lai banaunu na ta raj neta
Khem Sapkota
राज नेता बन्न मान्छे मारेको ठिक हो भन्नू पर्ने भो!!!
Bijay Tamang
लाजमर्दो ….
Shiva Shrestha
Hejo congress ley chori jetayo aba congress ley babu haraunu parny vayo so namaza lagi reheacha rajneta ta dur ko kura
Santosh Dahal
Hahaha…..yasko matlab chunab harxu bhanne paryo hoina ta……thik xa la bikram pandey lai badhai
Sameer Suyal Thapa
janis taile
Resham Khadka
किन रोई कराइ भिख मागेको ?गद्दार देशद्रोही
Tilak Guragai
नाली को कुकुर!!!!!!!
Hemanta Neupane
प्रचण्ड सर छोरिलाइ कस्ले मेयर बनाएको हो ?
Narbahadaur Kunwar
पाटी नै समापत पारिसकेउ अब के नै बाकी रहयाेर
Mahesh Thapa
ani chori jitayako haina ra
Chuda Mani Acharya
पोइला गइसकेपछि पनि पुरानै पोइ ( दुलाहा ) को झझल्को लागिरहेको छ बिचरा !
Mohan Kayasta
You know how to admire and put someone down .
Ajit Sharma
गियाे प्रचण्ड त गियाे धमला लाई साक्षातकार दिने कसाेरी राष्ट्रिय नेता हुन सक्छ,गियाे बेचारा गियाे
Thirtha Raj Wagle
तपाई पहिला यमराजको दुत हुनुहुन्थ्यो अहिले पागलको पिछलग्गू हुनुहुन्छ ।
Deepak Shakya
Sher bdr le raj neta hunu lai timilai samrthan garnu parne?yo commuist gareko kura ha ha ha.
Bijay Shrestha
prachandis great leader-
Buddhi Sagar Baral
लाग्छ अब प्रचन्ड हार्ने निस्चित भै सकेछ लगन गांठो पागल ओलि संग गास्ने भोट काङ्रेस ले दिनु पर्ने .?ओलि संग संगत ओअछी त प्रचन्ड ओअनि ओलि जस्तै सन्तुलन गुमाउन पो थाले को हो क्या हो..? धत…!!
Kiran Khadka
तिम्रो गोजिमा छ राजनेता बनाउने औसधि ?छोरिलाइ मेयर बनाउन्जेअल त तेहि सेरे महान राज नेता थियो हैन?अब आफू र बुहारीलाई जिताउन के पि लाई राज नेता बनाका छोउ ।अब चुनाब पछि जितेर आएउ भने फेरि प्रधानमन्त्री हुन कस्लाइ राज नेता बनाउने होउ?तिम्रो नाटक जनताले रामरि बुझेका छन् ।
Rameswor Baral
अझैपनी आफैमा बिश्व्वास छैन र अर्कै ले बैतर्णी तारिदिनु पर्ने ????? अझै राज नेता ! भेडा जनता ???
Pratap Rana
जनताको बारेमा सोच्ने कहिले होला । म र मेरो भन्दा अरु केही जानेको छैन । थुक्क ।।।।। जै मङ्गोल
Amar Ghotane
छेपारेले बक्वास गर्यो है!
Durga Khadka
अस्ति छाेरि लाई अहिले बाबुलाइ गदिये राज नेता नगदियेनहुने येसता बाेलिकाे टुङाे नहुने लाई काङगे्शजसरि हराउ बेला यहि हा्े
Dipendra KC
स्थानीय चुनाव को तालमेलको धोका दिएको नेपाली कांग्रेस का नेता तथा कार्यकर्ता ले धेरै याद गरेका छन् ।त्यसकारण पनि भोट त पक्कै दिई हाल्छन् नी ।
Bikash Chhetri
Khopari mund banayera nakhokam janjar sabai xa
Ganga Banung
जब जब यो देसको कमाउनिस्त नेतालाई राजनैतिक समस्या आउँछ अनि काङ्ग्रेसको सहयोग को अपेक्षा खोज्छ्न अनि नेतालाई सम्झिन्छ्न यो के हो।
Sundar Tangbe
Sabai bane ko kura manne manxe chahinxa timi lai no never