राजधानीको एक बस्तीमा भुतप्रेत, विश्वास नलागे क्यामेरामै रेकर्ड भएको यो भिडियो हेर्नुहोस्
सारांश
- काठमाडौँ, माघ २१ ।
- राजधानीको एउटा व्यस्त बस्तीमा एउटा घरछ ।
- जहाँ एक महिनादेखि मानिसहरु त्रासमा बाँचेका छन् ।
काठमाडौँ, माघ २१ । राजधानीको एउटा व्यस्त बस्तीमा एउटा घरछ । जहाँ एक महिनादेखि मानिसहरु त्रासमा बाँचेका छन् । त्यस घरका मानिस मात्र होईनन् वरपरका मानिसहरू समेत भयभीत भएर बाँचिरहेका छन् ।
डेरामा बस्नेहरू डेरा सरिसके, छिमेकमा रहेका बालबालिकाहरु मामाघर जान्छु भन्न थालिसके । परिवारका सदस्यहरू र बाँकी डेरावालाहरु एक्लाएक्लै बस्न नसकेर समूहमा बस्न थालेका छन् । तर डर क्रासको सिल्सिला अझैं रोकिएको छैन । यो डर हो भूत अथवा प्रेतको अथवा कुनै आत्मा वा अदृश्य शक्तिको हो ।यो घटनाले ए
उटा सिंगो टोल नै त्रसितमा बाँचेका छ । केही भइहाल्ने हो कि भनेर एक्लाएक्लै कोही पनि बस्ने गरेका छैनन् गाउँका स्थानीयहरु । मानिसहरु घरमा नै बस्न आत्तिसकेका छन् ।
गत बुधबार जनतासँग सिधाकुराको टोली पुगेर यस विषयमा रिर्पोटिङ गरिसकेको छ । उक्त कार्यक्रमका सञ्चालक रवि लामिछानेले आजको दिनमा भूतको विषयमा रिपोर्टिङ गर्न क्यामेरा बोकेर पहिलोपटक ललितपुरको टिकाथैली वसतीमा जानुपरेको गुनासो समेत गरेका छन् ।
रबिले भनेका छन्, ‘त्यहाँ दृष्टान्तहरु यस्ता दिइए कि हामी जान बाध्य भयौ । यहाँ कुरा भूत, प्रेतको मात्र थिएन एउटा सिङ्गो परिवार महिना दिनदेखि आतंकित थियो ।’
विश्वास र अविश्वासको मुद्दालाई एकातिर पन्छाएर कार्यक्रममा इतिहासमै पहिलो पटक भूतप्रेत सम्बन्धी विषयको रिपोर्टिङ गर्न ललितपुरको टिकाथली पुगेको र घटनाको वास्तविकता बुझेर रिपोर्ट तयार पारेको रविले बताएका छन् ।
प्रतिक्रिया