अबैध हाब्रे (Red Panda) को छाला र भालुको पित्त सहित ६ जना पक्राउ !!

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर १, २०७३
|
|
३०५ पटक हेरिएको
Shares
अबैध हाब्रे (Red Panda) को छाला र भालुको पित्त सहित ६ जना पक्राउ !!

सारांश

  • दुर्लभ वन्यजन्तुको चोरी शिकारी तथा तिनका अङ्ग प्रत्यङ्गहरुको गैरकानुनी ओसारपसारलाई निरुत्साहित गरी नियन्त्रण गर्न बनेको साइटिस महासन्धि, १९७५ तथा राष्ट्रिय निकुञ्‍ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार निम्न स्थानहरुमा संरक्षित वन्यजन्तुको सूचीमा सूचीकृत हाब्रे (Red Panda) को छाला र भालुको पित्त खरिद बिक्रि तथा ओसार पसार भैरहेको भन्ने विशेष सूचनाको आधारमा मिति २०७३।
  • ०७।
  • ३० गते यस ब्यूरोबाट खटिएको प्रहरी टोलीले जिल्ला काठमाण्डौ गोकर्णेश्वर न.

दुर्लभ वन्यजन्तुको चोरी शिकारी तथा तिनका अङ्ग प्रत्यङ्गहरुको गैरकानुनी ओसारपसारलाई निरुत्साहित गरी नियन्त्रण गर्न बनेको साइटिस महासन्धि, १९७५ तथा राष्ट्रिय निकुञ्‍ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार निम्न स्थानहरुमा संरक्षित वन्यजन्तुको सूचीमा सूचीकृत हाब्रे (Red Panda) को छाला र भालुको पित्त खरिद बिक्रि तथा ओसार पसार भैरहेको भन्ने विशेष सूचनाको आधारमा मिति २०७३।०७।३० गते यस ब्यूरोबाट खटिएको प्रहरी टोलीले जिल्ला काठमाण्डौ गोकर्णेश्वर न. पा. वडा नं. १३ जोरपाटी एरियाबाट संरक्षित वन्यजन्तु हाब्रे (Red Panda) को छाला थान-१ र का.जि.का.म.न.पा. वडा नं. ७ चावहिलबाट संरक्षित बन्यजन्तु भालुको पित्त थान -१ सहित निम्न ठेगाना भएका मानिसहरुलाई पक्राउ गरी थप अनुसन्धान एंब आवश्यक कानूनी कारवाहीको लागि मिति २०७३।०८।०१ गते जिल्ला वन कार्यालय काठमाण्डौंमा बुझाईएको ।
दुर्लभ वन्यजन्तु हाब्रे (Red Panda) को छाला सहित पक्राउ मानिसहरु
१-जिल्ला सिन्धुपाल्चोक नवलपुर गा.वि.स. वडा नं.-८ बस्ने बर्ष २४ को फुर्पा लामा ।
२-जिल्ला सिन्धुपाल्चोक छहारे गा.वि.स. वडा न.-१ बस्ने बर्ष २४ को पासाङ लामा ।
३-जिल्ला मोरङ दागीहात गा.वि.स. वडा न. २ बस्ने बर्ष ४० को श्रवण कुमार राजवंशी ।
संरक्षित बन्यजन्तु भालुको पित्त सहित पक्राउ मानिसहरु
१-जिल्ला काठमाण्डौ लप्सिफेदी गा.वि.स. वडा न.८ बस्ने बर्ष २२ को राज कुमार तामाङ ।
२-जिल्ला काठमाण्डौ लप्सिफेदी गा.वि.स. वडा न. ७ बस्ने बर्ष २७ को जित बहादुर मोक्ताङ ।
३-जिल्ला सिन्धुपाल्चोक कर्थली गा.वि.स. वडा न.१ बस्ने वर्ष २२ को कर्मा शेर्पा ।
४-जिल्ला काठमाण्डौ बालुवा गा.वि.स. वडा न. ३ बस्ने बर्ष २१ को सुरेश लामा ।

दण्ड सजाय :
हाब्रे (Red Panda) को छाला -यस्तो अपराध गरेमा चालीस हजार रुपैयाँदेखि पचहत्तर हजार रुपैयाँसम्म जरिवाना वा एक बर्षदेखि दश बर्षसम्म कैद वा दुबै सजाय हुने व्यवस्था गरिएको ।
भालुको पित्त: राष्ट्रिय निकुञ्‍ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ तथा साइटिस महासन्धी, १९७५ विरुद्दको अपराध मानिन्छ ।

edited-by-me
किन मारिन्छ हाब्रे (Red Panda): हाब्रे (Red Panda) को छाला तथा अंगहरुको कुनै पनि प्रयोग नहुने एंव यसको बजार मुल्य समेत नभएको अवस्थामा राम्रो मुल्यमा बिक्री हुन्छ भन्ने अफवाहको आधारमा उच्च पहाडी ईलाकाबाट हाब्रे (Red Panda) मारी बिक्री गर्न काठमाण्डौं उपत्यका लगायतका शहरहरूमा ल्याउने गरेको हालसम्मको अनुसन्धानबाट देखिएको छ ।

श्रोत: नेपाल प्रहरी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एसिड आक्रमणमा परेकी वसन्तीको निःशुल्क उपचार गर्न मेयर दाहालकाे निर्देशन
एसिड आक्रमणमा परेकी वसन्तीको निःशुल्क उपचार गर्न मेयर दाहालकाे निर्देशन
प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई ‘घेराबन्दी’ गर्दै विपक्षी गठबन्धन
प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई ‘घेराबन्दी’ गर्दै विपक्षी गठबन्धन
प्रहरीलाई सवारी, प्रदेश प्रहरी कार्यालय भवन शिलान्यास
प्रहरीलाई सवारी, प्रदेश प्रहरी कार्यालय भवन शिलान्यास
दमक गोल्डकप फुटबलको प्रधानमन्त्रीद्वारा उद्घाटन
दमक गोल्डकप फुटबलको प्रधानमन्त्रीद्वारा उद्घाटन
आज यी स्थानमा छ भारी वर्षाको सम्भावना
आज यी स्थानमा छ भारी वर्षाको सम्भावना
भिटामिन ‘डी’को कमी हुनेलाई कोरोना संक्रमण र मृत्यु हुने बढि सम्भावना
भिटामिन ‘डी’को कमी हुनेलाई कोरोना संक्रमण र मृत्यु हुने बढि सम्भावना
१५ सय कर्मचारीका नक्कली प्रमाणपत्र छानबिन
१५ सय कर्मचारीका नक्कली प्रमाणपत्र छानबिन
यी हुन् राष्ट्रिय जनमोर्चाका राष्ट्रियसभामा देशैभरका मात्र ३ उम्मेदवार
यी हुन् राष्ट्रिय जनमोर्चाका राष्ट्रियसभामा देशैभरका मात्र ३ उम्मेदवार
रोल्पामा सभामुख अोनसरी घर्ती चढेको गाडीलार्इ लक्षित गरी बम प्रहार
रोल्पामा सभामुख अोनसरी घर्ती चढेको गाडीलार्इ लक्षित गरी बम प्रहार
‘विपिन जोशीको रिहाइका लागि कतार सरकारमार्फत पहल भइरहेको छ’
‘विपिन जोशीको रिहाइका लागि कतार सरकारमार्फत पहल भइरहेको छ’

तपाईंले छुटाउनुभयो कि?