ज्वरो नापेर मात्र बसमा चढ्न पाइने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन २३, २०७६
|
|
२५ पटक हेरिएको
Shares
ज्वरो नापेर मात्र बसमा चढ्न पाइने

सारांश

  • काठमाडौं,फागुन २३ ।
  • काठमाडौंमा सञ्चालित विद्युतीय बस सुन्दर यातायात ज्वरो नापेर मात्रै गाडीमा प्रवेश गराउने जनाएको छ ।
  • कोरोना भाइरसको सन्त्रास फैलिएसँगै कम्पनीले संक्रमणबाट जोगिन यस्तो निर्णय लिएको हो ।

काठमाडौं,फागुन २३ । काठमाडौंमा सञ्चालित विद्युतीय बस सुन्दर यातायात ज्वरो नापेर मात्रै गाडीमा प्रवेश गराउने जनाएको छ । कोरोना भाइरसको सन्त्रास फैलिएसँगै कम्पनीले संक्रमणबाट जोगिन यस्तो निर्णय लिएको हो ।

कम्पनीका अध्यक्ष भेषबहादुर थापाले तापक्रम तथा ज्वरो जाँच्न चार वटा इन्फ्रारेड थर्मो्मिटर ल्याइएको बताए । ‘हाम्रा गाडी उत्पादक चिनियाँ कम्पनी बिएकेले थर्मो्मिटर पठाएको छ,’ उनले भने, ‘उक्त कम्पनीले देशभरका बिजुली बस खरिदकर्तालाई पठाएको रहेछ ।’

कम्पनीले दुई वटा विद्युतीय बस चक्रपथ सडकखण्डमा सञ्चालन गरिरहेको छ । उनका अनुसार ज्वरो जाँच्नका लागि प्रत्येक बसमा चालक र सहचालक बाहेक दुई जना कर्मचारी खटाइनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?