प्रहरीलाई सवारी, प्रदेश प्रहरी कार्यालय भवन शिलान्यास

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन ३०, २०७५
|
|
२५ पटक हेरिएको
Shares
प्रहरीलाई सवारी, प्रदेश प्रहरी कार्यालय भवन शिलान्यास

सारांश

  • विराटनगर ।
  • प्रदेश १ विराटनगरका मुख्यमन्त्री शेरधन राईले एक कार्यक्रमकाबीच प्रदेश प्रहरी कार्यालय विराटनगरको कार्यालय भवन शिलान्यास गरेका छन् ।
  • मुख्यमन्त्री राईले प्रदेश सरकारबाट प्रदेश प्रहरीलाई उपलब्ध गराएको १५ वटा गाडी र २ सयवटा मोटरसाइकल हस्तान्तरण गरी परिचालन शुभारम्भ गरे ।

विराटनगर । प्रदेश १ विराटनगरका मुख्यमन्त्री शेरधन राईले एक कार्यक्रमकाबीच प्रदेश प्रहरी कार्यालय विराटनगरको कार्यालय भवन शिलान्यास गरेका छन् ।

मुख्यमन्त्री राईले प्रदेश सरकारबाट प्रदेश प्रहरीलाई उपलब्ध गराएको १५ वटा गाडी र २ सयवटा मोटरसाइकल हस्तान्तरण गरी परिचालन शुभारम्भ गरे । मुख्यमन्त्री राईले नागरिकको सूचना, सुरक्षाको लागि स्टिकर अभियान, सिसिटिभी जडान, झापा जिल्लालाई १ नम्बर प्रदेशको नमूना जिल्ला बनाई प्रदेश नम्बर १ बाट विकास र समृद्धिलाई एकसाथ अगाडि लैजाने प्रदेश सरकारको कार्यक्रम रहेको बताए ।

विकास र समृद्धिको अपरिहार्य शर्त सुरक्षा भएकोले सबै किसिमका भय, अपराधबाट समाजलाई मुक्त गर्न सकेमा मात्र हामी विकास र समृद्धिको सुमार्गमा पुग्न सकिने चर्चा गरे । प्रदेश सरकार विकास, समृद्धि र सुशासनको अभियानमा रहेको उल्लेख गर्दै नेपाल प्रहरीलाई अझ धेरै भर गर्ने संगठनको रुपमा विकसित गर्न, संघीयता,विकास, समृद्ध मुलुक बनाउने सरकारको गतिमा वर्तमान प्रहरी महानिरीक्षक लागेको भन्दै प्रशंसा गरे ।

कार्यक्रममा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतबहादुर कार्कीले प्रहरीका जीर्ण भवनलाई पुननिर्माण गरी प्रहरीलाई साधनस्रोत सम्पन्न बनाई उच्च मनोबलयुक्त प्रहरीको सेवा संचालनबाट नैपूर्ण सुरक्षा हुन सक्छ भन्नेमाआफू विश्वस्त रहेको बताए ।

कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरीलाई चुस्त दुरुस्त र प्रविधिमैत्री बनाउने प्रदेश सरकारको परिकल्पना रहेको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?