सिके राउतसँग जनमत संग्रह गर्ने सहमति भएकै हो ? यस्तो छ रहस्य!

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन २८, २०७५
|
|
३६ पटक हेरिएको
Shares
सिके राउतसँग जनमत संग्रह गर्ने सहमति भएकै हो ? यस्तो छ रहस्य!

सारांश

  • काठमाडौं।
  • सरकारले पृथकतावादी आन्दोलन चलाइरहेका स्वतन्त्र मधेस गठबन्धनका संयोजक सिके लालसँग ११ बँदु सहमति गर्दा सुरुमा सबैले त्यसको स्वागत गरे।
  • पृथकतावादी आन्दोलनलाई छोडेर मुलधारको राजनीतिमा आउनलाई राज्यले ठूलो उपलब्धि ठान्यो भने अन्य राजनीतिक दलले पनि त्यसको स्वागत गरे।
काठमाडौं। सरकारले पृथकतावादी आन्दोलन चलाइरहेका स्वतन्त्र मधेस गठबन्धनका संयोजक सिके लालसँग ११ बँदु सहमति गर्दा सुरुमा सबैले त्यसको स्वागत गरे। पृथकतावादी आन्दोलनलाई छोडेर मुलधारको राजनीतिमा आउनलाई राज्यले ठूलो उपलब्धि ठान्यो भने अन्य राजनीतिक दलले पनि त्यसको स्वागत गरे।
मधेसलाई नै कार्यक्षेत्र बनाएर राजनीतिक गर्दै आएका  मधेस केन्द्रित दल राजपाले पनि सिके राउत मुलधारको राजनीतिमा आएको भन्दै स्वागत गर्यो। सरकारले गत शुक्रबार राउतसँग ११ बुँदे सहमति गरेको थियो। तर, सहमतिको बुँदा नम्बर दुईमा जनमत संग्रह हुने प्रकारको व्याख्या गरिएपछि अहिले सबैले सरकारले गरेको सहमतिको विरोध गर्न थालेका छन्।
सत्तारुढ दल नेकपाभित्रै यो सहमतिको चर्को विरोध भएको छ। नेकपा नेताहरु नारायणकाजी श्रेष्ठ, भीम रावल बामदेव गौतमजस्ता प्रभावशाली नेताले राउतसँग भएको सहमतिका केही शब्दप्रति आपत्ति जनाएका छन्। अझ् राउतका कार्यकर्ताले शनिबार जनकपुरमा गरेको प्रदर्शनपछि त राउतसँग गरिएको सहमति विवादमा परेको छ।
तर सरकारले भने राउतसँग मुलुकको अखण्डतका विषयमा जनमत संग्रह गर्ने कुनै सहमति नगरेको जनाएको छ। प्रधानमन्त्री केपी ओलीले सोमबार सार्वजनिक कार्यक्रममा मुलुकको सार्वभौमसत्ता र भौगोलिक अखण्डताका विषयमा जनमत संग्रह गर्ने कुरा सोच्नसमेत नसकिने बताए। उता नेकपा अध्यक्ष प्रचण्डले सररकारसँग भएको सहमति उल्लघंन गरे एक्सन लिने चेतावनी दिएका छन्। गृहमन्त्री रामबहादुर थापाले राउतसँग कुनै पनि प्रकारको जनमतसंग्रह गर्ने सहमति नभएको बताइरहेका छन्।
तर राउतका कार्यकर्ताले शनिबार जनकपुरमा स्वतन्त्र मधेसका पक्षमा चर्को नाराबाजी भएपछि शंका गर्ने ठाउँ उब्जिएको विश्लेषकहरुले जनाएका छन्। स्रोतका अनुसार शनिबार राउतलाई स्वागत गर्ने क्रममा मात्रै कार्यकर्ताले नाराबाजी गरेको र अब उप्रान्त त्यस्तो गतिविधि दोहोर्याए कारवाही गर्ने सरकारले चेतावनी दिइसकेको छ। र राउतले पनि अब त्यस्तो प्रकारको प्रचारबाजी नहुने बताइसकेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रियसभाबाट दुई विधेयक पारित
‘दलबीच भइरहेको धुव्रीकरण स्वाभाविक’
‘दलबीच भइरहेको धुव्रीकरण स्वाभाविक’
बाग्मती,गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको चेतावनी
बाग्मती,गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको चेतावनी
कोरोनाबाट मर्नेको संख्या ८२ हजार नाघ्यो, १४ लाख २८ हजार संक्रमित
कोरोनाबाट मर्नेको संख्या ८२ हजार नाघ्यो, १४ लाख २८ हजार संक्रमित
ग्याल्वो ल्होसारमा विविध कार्यक्रम
ग्याल्वो ल्होसारमा विविध कार्यक्रम
गुह्येश्वरी क्षेत्र व्यवस्थित गर्न छुट्टै कार्यालय
गुह्येश्वरी क्षेत्र व्यवस्थित गर्न छुट्टै कार्यालय
पर्यटनमन्त्री किराँतीले भने : पोखराबाट अन्तर्राष्ट्रिय उडानका लागि कूटनीतिक पहल भइरहेको छ
पर्यटनमन्त्री किराँतीले भने : पोखराबाट अन्तर्राष्ट्रिय उडानका लागि कूटनीतिक पहल भइरहेको छ
अमेरिकी राष्ट्रपति ट्रम्प माथि वित्तीय नियम उल्लङ्घनकाे अाराेप !
गगन थापाको गर्जनलाई ध्वस्त बनाउने गरी यसरी संसदमै गरे परराष्ट्रमन्त्रीले जवाफी फायरिंग  !
गगन थापाको गर्जनलाई ध्वस्त बनाउने गरी यसरी संसदमै गरे परराष्ट्रमन्त्रीले जवाफी फायरिंग !
मल्टिस्टारर फिल्म ‘पोइ पर्यो काले’ सेन्सर पास, सबै उमेरका दर्शकले हेर्न पाउने
मल्टिस्टारर फिल्म ‘पोइ पर्यो काले’ सेन्सर पास, सबै उमेरका दर्शकले हेर्न पाउने

तपाईंले छुटाउनुभयो कि?