ग्याल्वो ल्होसारमा विविध कार्यक्रम

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ १६, २०७५
|
|
४३ पटक हेरिएको
Shares
ग्याल्वो ल्होसारमा विविध कार्यक्रम

सारांश

  • आउदै गरेको ग्याल्पो ल्होसारको अवसर पारे विभिन्न सांस्कृतिक कार्यक्रमहरुको आयोजनाको तयारी भइरहेको छ ।
  • यसैक्रममा हिमालयन शेर्पा सांस्कृतिक केन्द्रले शेर्पा समुदायको महान पर्व ग्याल्पो लोसारको अवसरमा लोसार गुथुक साँझसँगै विविध कार्यक्रम आयोजना गर्ने भएको छ ।
  • नयाँ वर्ष स मो फाग् लो २१४६ औं ग्याल्पो लोसारसँगै केन्द्र स्थापनाको २५औं वर्षगाँठलाई रजत जयन्तीको रुपमा मनाउने गरी आउँदो माघ २० गतेदेखि २२ गतेसम्म चुच्चेपाटीस्थित हायत चौरमा उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो ।

आउदै गरेको ग्याल्पो ल्होसारको अवसर पारे विभिन्न सांस्कृतिक कार्यक्रमहरुको आयोजनाको तयारी भइरहेको छ । यसैक्रममा हिमालयन शेर्पा सांस्कृतिक केन्द्रले शेर्पा समुदायको महान पर्व ग्याल्पो लोसारको अवसरमा लोसार गुथुक साँझसँगै विविध कार्यक्रम आयोजना गर्ने भएको छ । नयाँ वर्ष स मो फाग् लो २१४६ औं ग्याल्पो लोसारसँगै केन्द्र स्थापनाको २५औं वर्षगाँठलाई रजत जयन्तीको रुपमा मनाउने गरी आउँदो माघ २० गतेदेखि २२ गतेसम्म चुच्चेपाटीस्थित हायत चौरमा उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो ।

शेर्पा समुदायको मौलिक कला, संस्कृति र भाषाको जगेर्ना उद्देश्यले शुभकामना आदानप्रदान गरी २१४६ औं ग्याल्पो लोसार मनाउने तयारी भइरहेको संस्थाका अध्यक्ष छिरिङ शेर्पाले बताए ।

अध्यक्ष शेर्पाका अनुसार माघ २० गते लोसार गुथुक साँझ, २१ गते बृहत स्याब्रु नृत्य तथा वक्तृत्वकला प्रतियोगिता, २२ गते स्व. साम्दे शेर्पा राष्ट्रिय पुरस्कार तथा विजेताहरुलाई पुरस्कार वितरण कार्यक्रम रहेको छ । सो अवसरमा ख्यातिप्राप्त कलाकारहरुको बेजोड प्रस्तुति समेत रहनेछ ।

३ दिने ल्होसार कार्यक्रममा श्याब्रु नृत्य प्रतियोगिता, साम्दे शेर्पा स्मृति वक्तृत्वकला प्रतियोगिता र साम्दे शेर्पा राष्ट्रिय पुरस्कार वितरण लगायतका विशेष कार्यक्रम पनि रहेको छ ।

शेर्पा समुदायको मौलिक कला, संस्कृति र भाषाको जगेर्ना उद्देश्यले शुभकामना आदानप्रदान गरी २१४६ औं ग्याल्पो लोसार मनाउने तयारी भइरहेको संस्थाका अध्यक्ष छिरिङ शेर्पाले बताए ।

कार्यक्रममा बृहत शेर्पा स्याब्रु नृत्य प्रतियोगिता र स्वर्गीय साम्दे शेर्पा वक्तृत्वकला प्रतियोगितासमेत आयोजना गर्न लागिएको अध्यक्ष शेर्पाले जानकारी दिए । उक्त प्रतियोगिताका विजेताहरुले आकर्षक पुरस्कारसमेत प्राप्त गर्नेछन् ।

श्याब्रु प्रतियोगिताको पुरस्कार राशी
दर्ता शुल्क :  रू  ५,०००
प्रथम पुरस्कार : रु ५०,०००–र ट्रफी र प्रमाणपत्र
द्धितीय पुरस्कार : रू. ३०,००० –र ट्रफी र प्रमाणपत्र
तृतीय पुरस्कार : रू. २०,००० –र ट्रफी र प्रमाणपत्र
पब्लिक च्वाइस् अवार्ड :  रू १०,००० –

वक्तृत्वकलाको शीर्षक नेपालको राजनीतिक क्षेत्रमा शेर्पा समुदायको नेतृत्व किन स्थापना हुन सकेन ?

वक्तृत्वकला प्रतियोगिताको पुरस्कारः

दर्ता शुल्क स् १,००० –
प्रथम पुरस्कार : रू. २०,०००–र ट्रफी र प्रमाणपत्र
द्धितीय पुरस्कार : रू.१५,००० –र ट्रफी र प्रमाणपत्र
तृतीय पुरस्कार : रू. १०,००० –र ट्रफी र प्रमाणपत्र
सान्त्वना : रू ५,०००

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पोखरा प्रिमियर लिग: पोखरा पल्टनलेले पायाे एकसय ४ रनकाे लक्ष्य
पोखरा प्रिमियर लिग: पोखरा पल्टनलेले पायाे एकसय ४ रनकाे लक्ष्य
Nigerian lawmakers warn Buhari over security, corruption
Nigerian lawmakers warn Buhari over security, corruption
प्रचण्ड सरकारले खोल्ने भनेको सबै फाइल हामी खोलेर छानबिन गर्छौं : राजकुमार गुप्ता मन्त्री, संघीय मामिला तथा सामान्य प्रशासन
प्रचण्ड सरकारले खोल्ने भनेको सबै फाइल हामी खोलेर छानबिन गर्छौं : राजकुमार गुप्ता मन्त्री, संघीय मामिला तथा सामान्य प्रशासन
भैरहवा–बुटवल सिन्डिकेट पक्षधर : पुराना गाडी विस्थापित गर्दै
भैरहवा–बुटवल सिन्डिकेट पक्षधर : पुराना गाडी विस्थापित गर्दै
तिर्सरामा पूर्वराजाको डान्स (फोटो फिचर)
तिर्सरामा पूर्वराजाको डान्स (फोटो फिचर)
४० वर्षे न्यायमा काम गरेका प्रधानन्यायाधीश मिश्रले लिए विदाइ
४० वर्षे न्यायमा काम गरेका प्रधानन्यायाधीश मिश्रले लिए विदाइ
स्वास्थ्य रिपोर्ट नलिई नेपाल आएका ३५ जना विदेशी नागरिक विमानस्थलबाटै फिर्ता
स्वास्थ्य रिपोर्ट नलिई नेपाल आएका ३५ जना विदेशी नागरिक विमानस्थलबाटै फिर्ता
ट्रेड युनियन खारेजीको प्रस्तावमा निजामती कर्मचारी संगठनहरुको आपत्ति
ट्रेड युनियन खारेजीको प्रस्तावमा निजामती कर्मचारी संगठनहरुको आपत्ति
जाडोमा चायाँ किन पर्छ ? कारण र बच्ने उपाय
जाडोमा चायाँ किन पर्छ ? कारण र बच्ने उपाय
सचिव सहसचिव हुँदा पनि खरिदार सुब्बाकै हैसियतमा ?
सचिव सहसचिव हुँदा पनि खरिदार सुब्बाकै हैसियतमा ?