गगन थापाको गर्जनलाई ध्वस्त बनाउने गरी यसरी संसदमै गरे परराष्ट्रमन्त्रीले जवाफी फायरिंग !
सारांश
- काठमाडाै, ३१ वैशाख ।
- परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले परिवर्तित समयमा दुई देशबीचको सम्बन्ध थप बलियो बनाएको बताएका छन् ।
- संसदमा सांसदले विशेष समयमा उठाएका प्रश्नको जवाफ दिदैँ ज्ञवालीले विगतमा प्रतिबद्धता र कार्यान्वयनको ग्याप रहेको तर अब त्यस्तो नहुने बताए।
काठमाडाै, ३१ वैशाख । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले परिवर्तित समयमा दुई देशबीचको सम्बन्ध थप बलियो बनाएको बताएका छन् ।
संसदमा सांसदले विशेष समयमा उठाएका प्रश्नको जवाफ दिदैँ ज्ञवालीले विगतमा प्रतिबद्धता र कार्यान्वयनको ग्याप रहेको तर अब त्यस्तो नहुने बताए।
सोमबारको बैठकमा कांग्रेस सांसद अमरेशकुमार सिंहले शेरबहादुर देउवाले भारत भ्रमण गर्दा धेरै विषय समेटिएको तर अहिले केही विषयमात्र समेटिएको बताएका थिए। जवाफमा परराष्ट्र मन्त्री ज्ञवालीले सेप्टेम्बर १९ को डेढलाइन बनाएर सबै विषयहरु छलफल भएको बताए।
सांसदहरुले भारतीय सांसद कीर्ति आजादको ट्वीटको प्रसङ्ग समेत उठाएका थिए। जनकपुरलाई भारतम मिसाएर मिथिला राज्य बनाउन माग गर्दै आजादाले ट्वीट गरेका थिए । सांसदहरुले उक्त भनाई प्रति सरकारको धारणा माग गरेका थिए।
त्यसको जवाफमा मन्त्री ज्ञवालीले भने, ‘नेपालको सन्दर्भमा आएको धारणाले सम्बन्ध बिगार्ने मनसायबाट लक्षित छ। भारत सरकारको ध्यानाकर्षण गराउन चाहन्छुु।’
उनले अभिनन्दनमा प्रयोग भएको भाषा र तरिकामा ध्यानाकर्षण गराएका सांसदलाई धन्यवाद दिए । ‘नेपालको परराष्ट्र सम्बन्ध संघीय सरकारको अधिकार भित्र पर्छ। कुनै कूटनीतिक डिल गर्दा संघीय सरकारको सहमति लिनु अपरिहार्य छु’, ज्ञवालीले भने, ‘संविधानको विषयमा व्यक्त विचार कूटनीतिक मर्यादा अनुसार, राजनीतिक संस्कार सम्मत भएन। अभ्यासको कमीले होला। भोलिका दिन यसलाई प्रभावकारी ढंगले लैजाने छौँ।’
कांग्रेस सांसद गगन थापाले जनकपुरमा प्रयोग भएको झण्डाबारे प्रदेशका मुख्यमन्त्रीलाई नभई परराष्ट्र मन्त्रीलाई पाठ पढाउनुपर्ने बताएका थिए । त्यसको जवाफमा ज्ञवालीले भने ‘म सधैँ विद्यार्थी हो । सिक्न तयार छु ।’
उनले प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्रीको एक्लाएक्लै वार्ता कूटनीतिक प्रचलन भएको बताए।
उनले पत्रकारलाई मोदीको भ्रमणको समाचार संकलनमा पास वितरणमा समस्या भएर सूचनासम्म पहुँच नपाएकोमा विषयमा समीक्षा गर्ने बताए ।
‘नेपालका सञ्चारकर्मीलाई पहुँच नदिनुपर्ने कुनै आवश्यक छैन’, ज्ञवालीले भने, ‘भेटघाट मर्यादित व्यवस्थित हुन् भन्ने हाम्रो भनाई हो ।
ज्ञवालीले भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणको सुरक्षा नेपाली सुरक्षाकर्मीले नै प्रबन्ध गरेको बताए । नेपालको सुरक्षाकर्मी र्पयाप्त मात्रा सक्षम रहेको उनको भनाई छ । भ्रमणको सुरक्षा प्रबन्ध नेपाली सुरक्षाकर्मीले गरेको उनले बताए ।
उनले भारतीय प्रधानमन्त्रीको भ्रमणको मिती द्विपक्षीय सहमतिमा तय भएको बताए । माओवादी केन्द्रकी सांसद पम्फा भुसालले मिती सार्वजनिक भारतीय तर्फबाट हुँदा कूटनीतिक कमजोरी देखिएको बताएकी थिइन् ।
Jacks Basnet
Hait kasto darlago
Ramesh Bastakoti
फुर्ती नगरे हुन्छ ओलिजन हिजो आफ्नै फुर्ती,जनतामा छरेको भ्रम गरियका भासण लाई युटुबमा खोजेर हेर्ने अनि आजको ब्याबहारलाइ हेर्ने होइन भने आची खाने
Ramkrishna Adhikari
आची पनि सुगुरको पो त ?
Shyam Shah
Tehi kura le faring ta garne ho hamra desh ka neta haru le , kaam garne kohi hoyina
Dinesh Adhikari
vae फुर्ती नगरे हुन्छ ओलिजन हिजो आफ्नै फुर्ती,जनतामा छरेको भ्रम गरियका भासण लाई युटुबमा खोजेर हेर्ने अनि आजको ब्याबहारलाइ हेर्ने होइन भने आची खाने
Shyam Dai
तिम्राे क्षमता छइन प्ररास्टचलाउन राजिनाम दिय हुन्छ
कृष्ण चन्द किशुन जी
के भन्यो सेना ल्याएर परेट खेलाउन हाम्रो गरौव हो भन्छ ????
Ramkrishna Adhikari
लाज नभएका बामेहरु , बिदेशी सेनाले नेपाल आमाको छातिमा परेड खेल्दा टलुुटुलु हेरेर बस्नेले त सुगुरको आची खाए नि हुन्छ । तिमी जस्ताले के को परराष्ट्र नीति मिलाउछौ र ?
Gagan Jung
taiata yo pani thika raena xa thika hola vhaneko ta
Sanjeeb Uprety
के लेखेकाे हाेला , गगनकाे भाषणकाे चित्तबुझ्दो जवाफ छैन केवल अात्मा अनलाेचनाकाे शैलिमा अाफु सधै विद्यार्थी रहेकाे छ भनेका छन् । के समाचार लेखेकाे हाेला ।
Sharad Chandra Acharya
Coment garo ki .euta na euta bato chekna aaihalcha.tesai le desh ko jhanda.desh ko vasa.nabujne loktantrik Dr.haru lai no comment.
Makhan Pun
गर्नेबेला मनपरी एेले केको लरिवरी ?
Rewat Bastola
Nalayak kam chaina timi haru ko khokroo rastrayabad
Suresh Adhikari
Desdhwasta vayeko thahaxaina ulto gaf
Tiwari Surendra
Jpt news patrakaritako pa pani xaina