शैलेस कार्की पक्राउ, दरवारमार्ग बलात्कार घटनाका मुख्य आरोपी

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र ७, २०७४
|
|
१५ पटक हेरिएको
Shares
शैलेस कार्की पक्राउ, दरवारमार्ग बलात्कार घटनाका मुख्य आरोपी

सारांश

  • काठमाडौं- दरवारमार्गस्थित होटल ल्याण्डमार्कमा सामूहिक बलात्कारको घटनाका मूख्य आरोपी शैलेस कार्की पक्राउ परेका छन्।
  • उनलाई प्रहरीले दरवारमार्गमा हिँडिरहेको अवस्थामा पक्राउ गरेको दरवारमार्ग प्रहरी बृत्तका प्रमुख डीएसपी दानबहादुर मल्लले जानकारी दिए।
  • प्रहरीको खोजीमा रहेका मुख्य आरोपी कार्कीलाई मंगलबार साँझ साढे पाँच बजे पक्राउ गरिएको हाे।

काठमाडौं- दरवारमार्गस्थित होटल ल्याण्डमार्कमा सामूहिक बलात्कारको घटनाका मूख्य आरोपी शैलेस कार्की पक्राउ परेका छन्। उनलाई प्रहरीले दरवारमार्गमा हिँडिरहेको अवस्थामा पक्राउ गरेको दरवारमार्ग प्रहरी बृत्तका प्रमुख डीएसपी दानबहादुर मल्लले जानकारी दिए।

प्रहरीको खोजीमा रहेका मुख्य आरोपी कार्कीलाई मंगलबार साँझ साढे पाँच बजे पक्राउ गरिएको हाे। पक्राउ परेका कार्कीलाई महानगरीय प्रहरी परिसर बुझाइ सकिएको छ। घटनामा संलग्न कार्की पक्राउ परेपनि विकास गौतम, दिपक श्रेष्ठ र रवि पौडेल अझै फरार छन्। आजको नगारिक दैनिकमा खबर छ ।

माघ पहिलो साता दरबार्गस्थित होटल ल्याण्डमार्गमा प्रेमीसँगै बसेकी युवती प्रेमीसहित ४ युवाको सामूहिक बलात्कारमा परेकी थिइन्। युवतीले दरबारमार्गको प्रहरी वृतमा बलात्कृत भएको उजुरी दिएकी थिइन्। प्रहरीले मुद्दा दर्ता नगरी लेनदेनमा घटना मिलाउन खोजेपछि यो घटना बाहिरिएको थियो।

उक्त घटनाको छानविनका लागि काठमाडौं प्रहरी परिसरका एसपी रामदत्त जोशीको नेतृत्वमा छानविन समिति गठन भएको थियो।

आर्थिक लेनदेनमा सामुहिक बलात्कारको मुद्दा मिलाउन खोज्ने दरबारमार्ग प्रहरी वृतका तत्कालिन डीएसपी तिलक भारती छानविनका क्रममा प्रहरी परिसर काठमाडौं तानिएका थिए। उक्त घटनामा संलग्न प्रहरी निरीक्षक लक्ष्मण ठकुरी घटनासँगै मुछिएका वृतका मुद्दा शाखा प्रहरी नायव निरीक्षक चन्द्र भण्डारीलाई निलम्बन गरिएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?