इडाई समुद्री आँधीका कारण मोजाम्बिकमा मात्र हजारभन्दा बढीले ज्यान गुमाए
सारांश
- इडाई समुद्री आँधीका कारण मोजाम्बिकमा ज्यान गुमाउनेहरूको सङ्ख्या एक हजार नाघेको हुनसक्ने त्यहाँका राष्ट्रपति फिलिपे नुसीले बताएका छन्।
- प्रतिघण्टा १७७ किलोमिटरको वेगमा आएको आँधीले बन्दरगाह शहर बेयरामा सबैभन्दा धेरै क्षति पुर्याएको छ।
- बिहीवारदेखि नै त्यहाँ ठूलो वर्षासहितको आँधीले क्षति पुर्याउन थालेको भए पनि सहायताकर्मीहरू भने आइतवारबाट मात्र त्यहाँ पुग्न थालेका हुन्।
इडाई समुद्री आँधीका कारण मोजाम्बिकमा ज्यान गुमाउनेहरूको सङ्ख्या एक हजार नाघेको हुनसक्ने त्यहाँका राष्ट्रपति फिलिपे नुसीले बताएका छन्।
प्रतिघण्टा १७७ किलोमिटरको वेगमा आएको आँधीले बन्दरगाह शहर बेयरामा सबैभन्दा धेरै क्षति पुर्याएको छ।
बिहीवारदेखि नै त्यहाँ ठूलो वर्षासहितको आँधीले क्षति पुर्याउन थालेको भए पनि सहायताकर्मीहरू भने आइतवारबाट मात्र त्यहाँ पुग्न थालेका हुन्।
विस्तारै क्षतिको विवरण बाहिर आउन थालेको छ।
सोही आँधीका कारण अफ्रिकाका दक्षिणी भेगमा १८० जनाको मृत्यु भएको छ।
बेयराको निरीक्षणमा गएका राष्ट्रपति नुसीले आँधीले ‘विध्वंसकारी प्रभाव’ पारेको बताएका छन्।
उनले हवाई निरीक्षणका बेला बाढीको भेलमा मानिसहरूको शव तैरिरहेको देखेको बताए।
सअघि नै इन्टरन्याश्नल फेडरेसन अफ रेडक्रस र रेड क्रेसेन्ट सोसाइटीले आँधीको प्रभावलाई ‘ठूलो र भयानक’ बताएका थिए।
झण्डै पाँच लाख मानिसको बसोवास रहेको बेयरामा उनीहरूले गरेको हवाई मुल्याङ्कनले ९० प्रतिशत शहर ध्वस्त भएको देखाएको छ।
विश्व खाद्य कार्यक्रमका एक अधिकारीले आफूले बेयरामा आँधीले क्षति पुर्याउन नसकेको एउटा घर समेत भेट्न नसकेको बीबीसीलाई बताए।
उद्दारकर्ताहरूले शहरबाहिर झनै विकराल समस्या भएको हुनसक्ने बताएका छन्। धेरै ठाउँमा बिजुली र सञ्चार सम्पर्क टुटेको छ।
सडकहरू सहित धेरै ठाउँमा जमिन भासिएका छन् जसका कारण राहत कार्य झन चुनौतीपूर्ण हुने बताइएको छ।
प्रतिक्रिया