३३ किलाे सुन प्रकरण: अदालतमा थुनछेक बहस सुरु !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख २७, २०७५
|
|
२१ पटक हेरिएको
Shares
३३ किलाे सुन प्रकरण: अदालतमा थुनछेक बहस सुरु !

सारांश

  • अस्बिन खड्का, २७ वैशाख।
  •    सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा मोरङ जिल्ला अदालतमा थुनछेक बहस सुरु भएको छ।
  • जिल्ला सरकारी वकिल कार्यालयका तर्फबाट सरकारी वकिलले आरोपीहरुलाई थुनामै राखी मुद्दाको प्रक्रिया अगाडि बढाउन माग गर्दै बहस थालनी गरेका छन्।

अस्बिन खड्का, २७ वैशाख।   सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा मोरङ जिल्ला अदालतमा थुनछेक बहस सुरु भएको छ।

जिल्ला सरकारी वकिल कार्यालयका तर्फबाट सरकारी वकिलले आरोपीहरुलाई थुनामै राखी मुद्दाको प्रक्रिया अगाडि बढाउन माग गर्दै बहस थालनी गरेका छन्।  कर्तव्य ज्यान, सुन तस्करी र संगठित अपराध जस्ता ३ अभियोग लागेका व्यक्तिहरूलाई मुद्दाको किनारानलागे सम्म धरौटीमा छोड्न नहुने माग गर्दै बहस सुरु भएको श्रेस्तेदार नवराज ले बताए।

सरकारी वकिलको बहस सकिए पनि आरोपीहरुका तर्फबाट बहस गर्ने तयारी भर्इरहेको उनले बताए । आरोपीको तर्फबाट ८० जना कानुन व्यवसायी ले बहस गर्नेछन्।

कानुन व्यवसायीको बहस समाप्त भएपछि अदालतले धरौटीमा छोड्ने कि थुनामै राखी मुद्दाको किनारा लगाउने  भन्ने विषयमा आदेश सुनाउनेछ। न्यायाधीश नारायणप्रसाद पौडेलको इजलासमा सुनुवाइ सुरु भएको छ। जिल्ला अदालतले सोमबारसम्म आरोपपत्रसँगै पेस भएका ३० प्रतिवादीको बयान सकेको थियो।

लामो अनुसन्धानपछि गत बुधबार जिल्ला सरकारी वकिलको कार्यालयले बहालवाला प्रहरी अधिकृतसहित २९ जनालाई पक्राउ गरी आरोपपत्रसँगै अदालतमा पेस गरिएको थियो। एक जना अभियुक्त भने अदालतमै उपस्थित भएका थिए।

सुन तस्करी गर्ने चूडामणि उप्रेती ‘गोरे’ समूहले मात्रै हालसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३८ सय किलो सुन तस्करी गरेको प्रहरीले जनाएको छ। यसबापत १७ अर्ब १ करोड ८० लाख रुपैयाँ राज्यलाई नोक्सान पुर्याएको दाबी गरिएको छ।

सुन काण्डमा बहस गर्न सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता गोपाल रिजाल, चिरञ्जीवी पराजुली, उपन्यायाधिवक्ता हिमालय त्रिताल, मनोज आचार्य, जिल्ला न्यायाधिवक्ता पुण्यप्रसाद सापकोटा, पुण्यप्रसाद पाठक, सहायक जिल्ला न्यायाधिवक्ता रोहित पोखरेल र पदम वस्ती गरी ८ सरकारी वकिलको समूहले  बहस गर्ने छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?