तालिबानले सशस्त्र सङ्घर्ष अझ तीव्र बनाउने घोषणा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र २९, २०७५
|
|
५७ पटक हेरिएको
Shares
तालिबानले सशस्त्र सङ्घर्ष अझ तीव्र बनाउने घोषणा

सारांश

  • निजी शैक्षिक संस्थाले मनोमानी रुपमा लिइरहेको चर्को शुल्क बन्द गर्न माग गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई आज ज्ञापनपत्र बुझाइएको छ ।
  • अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीका प्रतिनिधिले आज शिक्षा मन्त्रालयमा मन्त्री पोखरेललाई भेट गरी चर्को शुल्क बन्द गर्न माग गरेका हुन् ।
  • अनेरास्ववियुका अध्यक्ष नवीना लामा र क्रान्तिकारीका कार्यवाहक अध्यक्ष सुरेन्द्र बस्नेतको संयुक्त टोलीले आठबुँदे ज्ञापनपत्र बुझाउँदै निजी क्षेत्रबाट सञ्चालित संस्थागत विद्यालयले मनोमानी ढङ्गले गरेको चर्को शुल्क वृद्धिले राज्यले लिएको समाजवादोन्मुख शिक्षा नीतिको लक्ष्य विपरीत भएकाले चर्को शुल्क बन्द गर्न माग गरेका हुन् ।

निजी शैक्षिक संस्थाले मनोमानी रुपमा लिइरहेको चर्को शुल्क बन्द गर्न माग गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई आज ज्ञापनपत्र बुझाइएको छ ।

अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीका प्रतिनिधिले आज शिक्षा मन्त्रालयमा मन्त्री पोखरेललाई भेट गरी चर्को शुल्क बन्द गर्न माग गरेका हुन् । अनेरास्ववियुका अध्यक्ष नवीना लामा र क्रान्तिकारीका कार्यवाहक अध्यक्ष सुरेन्द्र बस्नेतको संयुक्त टोलीले आठबुँदे ज्ञापनपत्र बुझाउँदै निजी क्षेत्रबाट सञ्चालित संस्थागत विद्यालयले मनोमानी ढङ्गले गरेको चर्को शुल्क वृद्धिले राज्यले लिएको समाजवादोन्मुख शिक्षा नीतिको लक्ष्य विपरीत भएकाले चर्को शुल्क बन्द गर्न माग गरेका हुन् ।

ज्ञापनपत्रमा संविधानले निर्दिष्ट गरेको विद्यालय तहसम्मको शिक्षा निःशुल्क हुनुपर्ने प्रावधानलाई व्यवहारमा कार्यान्वयन गर्न ठोस र प्रभावकारी कदम चाल्नुपर्ने, राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदनको मूल मर्मबमोजिम अविलम्ब नयाँ सङ्घीय शिक्षा ऐन जारी गर्नुपर्नेलगायतका माग राखिएको छ ।

शैक्षिक सत्र शुरु नहुँदै मनोमानी ढङ्गले चर्को शुल्कवृद्धि गर्ने विद्यालयलाई कारवाही गर्न, विद्यालय शुल्क मापदण्ड निर्देशिका विपरीत बढाइएको शुल्क तत्काल फिर्ता गर्न, संस्थागत विद्यालयले विद्यमान नियमअनुसार उपलब्ध गराउनुपर्ने छात्रवृत्तिलाई पूर्णरुपमा निःशुल्क बनाई प्रभावकारी कार्यान्वयन गराउन, छात्रवृत्तिको अनुपात बढाएर कूल विद्यार्थीको २० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न माग गरिएको छ ।

संस्थागत विद्यालयले प्रदान गर्ने छात्रवृत्तिलाई वास्तविक अर्थमा लक्षित समुदायमा पु¥याउन वैज्ञानिक, व्यावहारिक र पारदर्शी मापदण्ड तय गर्नुपर्ने, एकपटक भर्ना गरेपछि हरेक वर्ष भर्ना गर्नुनपर्ने प्रावधान विपरीत गैरकानूनी ढङ्गले भर्नाको नाममा अकूत पैसा उठाउने विद्यालयलाई कारवाही गर्नुपर्ने र उक्त रकम फिर्ता गर्नुपर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

यस्तै भर्ना आवेदन फारम, पोशाक, पुस्तक, टाई, पेटी, झोला आदिका नाममा गरिने अतिरिक्त व्यापारलाई तत्काल बन्द गर्नुपर्ने, गण्डकी मेडिकल कलेजलगायतका मेडिकल कलेजमा तोकिएभन्दा बढी लिइएको शुल्क फिर्ता गराउने सहमति प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने माग विद्यार्थी सङ्गठनले मन्त्रीसँग राखेका छन् ।

ज्ञापनपत्र बुझ्दै मन्त्री पोखरेलले सरकारले सार्वजनिक विद्यालय सुधार गर्न पहल गरिरहेको भन्दै स्थानीय तहलाई नै निजी विद्यालय सुधार गर्ने जिम्मा दिएको बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सबै दलले सरकारलाई विश्वासको मत दिनुहुन्छ : मुख्यमन्त्री थापा
सबै दलले सरकारलाई विश्वासको मत दिनुहुन्छ : मुख्यमन्त्री थापा
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण तयारीका लागि विदेशमन्त्री वाङ आइतबार नेपाल आउँदै
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण तयारीका लागि विदेशमन्त्री वाङ आइतबार नेपाल आउँदै
त्रिशुलीमा बस खस्दा पाँचजनाको मृत्यु, १३ जना घाइते र २३ जनाको उद्धार
त्रिशुलीमा बस खस्दा पाँचजनाको मृत्यु, १३ जना घाइते र २३ जनाको उद्धार
‘मेरो नेतृत्वमा कम्युनिस्टहरूको स्थायी सरकार बनेको छ’ डराउनु पर्दैनः प्रधानमन्त्री ओली
एमालेको स्थायी कमिटी बैठक बस्दै
एमालेको स्थायी कमिटी बैठक बस्दै
हट अन्दाजमा पप गायिका दुआ
हट अन्दाजमा पप गायिका दुआ
​कस कसले मिलेर खाए एक करोड ?
​कस कसले मिलेर खाए एक करोड ?
लोकसेवा आयोगले बुधबार खरिदार पदको विज्ञापन खोल्ने: एसएलसीमा सी ग्रेडभन्दा कम ल्याउने अयोग्य
लोकसेवा आयोगले बुधबार खरिदार पदको विज्ञापन खोल्ने: एसएलसीमा सी ग्रेडभन्दा कम ल्याउने अयोग्य
सिन्की अचार… पनि रिमेक भर्सनमा:भिडियोमा यसरी प्रस्तुत भईन सुप्रिया..
सिन्की अचार… पनि रिमेक भर्सनमा:भिडियोमा यसरी प्रस्तुत भईन सुप्रिया..
डेढ महिनाभित्र हस्तान्तरण हुँदै ‘दरबार हाई स्कुल’
डेढ महिनाभित्र हस्तान्तरण हुँदै ‘दरबार हाई स्कुल’