नवलपरासि र इलामको ताजा मत पारीणाम

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ १८, २०७४
|
|
१७ पटक हेरिएको
Shares
नवलपरासि र  इलामको ताजा मत पारीणाम

सारांश

  • विजय गच्छदारको पार्टीले नवलपरासीबाट खाता खोल्यो नवलपरासिको सरावल गाउँपालिकामा नेपाल लोकतान्त्रिक फोरम विजयी भएको छ ।
  • विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकका राधेश्याम चौधरी ५ हजार ४५ मत ल्याएर गाउँपालिका अध्यक्षमा विजयी हुनुभएको हो ।
  • त्यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसका उत्तमा राय ४ हजार ४ सय ५८ मत ल्याएर विजयी हुनुभएको छ ।
विजय गच्छदारको पार्टीले नवलपरासीबाट खाता खोल्यो

नवलपरासिको सरावल गाउँपालिकामा नेपाल लोकतान्त्रिक फोरम विजयी भएको छ । विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकका राधेश्याम चौधरी ५ हजार ४५ मत ल्याएर गाउँपालिका अध्यक्षमा विजयी हुनुभएको हो ।

त्यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसका उत्तमा राय ४ हजार ४ सय ५८ मत ल्याएर विजयी हुनुभएको छ ।  अध्यक्षमा प्रतिपस्र्धी कांग्रसका उम्मेदवारले ३ हजार ९ सय १६ र उपाध्यक्षका प्रतिस्पर्धी फोरमका उम्मेदवारले ४ हजार ३ सय ४३ ता ल्याउनुभयो ।

दाइले भाइलाई ९१ भोटले हराए

इलाममा भाइलाई हराउँदै खुल्ला वडा सदस्य पदमा सहोदर दाइ विजयी भएका छन् । इलाम नगरपालिका वडा नम्बर ८ का खुल्ला सदस्य पदमा दाइले भाइलाई ९१ मत अन्तरले हराउँदै  विजयी बनेका हुन् ।

दाइ श्रीबहादुर तामाङले नेकपा एमालेबाट आठ सय ६९ मत प्राप्त गर्नु भएको छ भने नेपाली कांग्रेसबाट उम्मेदवार बनेका भाइले ७ सय ७८ मत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?