नेपाल बहुसांस्कृतिक हुनु नेपालीका लागि गौरव : प्रधानमन्त्री प्रचण्ड

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ ८, २०७९
|
|
३० पटक हेरिएको
Shares
नेपाल बहुसांस्कृतिक हुनु नेपालीका लागि गौरव : प्रधानमन्त्री प्रचण्ड

सारांश

  • काठमाडाैं ।
  • प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली संस्कृति र पर्वहरू राष्ट्रिय सम्पत्ति भएको बताउनुभएकाे छ ।
  • तामाङ समुदायको महान् पर्व सोनाम ल्होसारका अवसरमा आइतबार शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले नेपाल पूर्व, पश्चिम, उत्तर, दक्षिणका प्रमुख सभ्यताहरूको संगमस्थल भएकाे उल्लेख गर्नुभएकाे छ ।

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली संस्कृति र पर्वहरू राष्ट्रिय सम्पत्ति भएको बताउनुभएकाे छ । तामाङ समुदायको महान् पर्व सोनाम ल्होसारका अवसरमा आइतबार शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले नेपाल पूर्व, पश्चिम, उत्तर, दक्षिणका प्रमुख सभ्यताहरूको संगमस्थल भएकाे उल्लेख गर्नुभएकाे छ ।

नेपालमा १२५ जातजाति, १२३ भाषाभाषी र १० भन्दा बढी धर्म मान्ने समुदाय बसोबास गर्ने उहाँले सन्देशमा उल्लेख गर्नुभएकाे छ । ‘यहाँ बसोबास गर्ने सबै जाति-जातजातिको आ-आफ्नो भिन्नभिन्न परम्परा, रीतिरिवाज र संस्कृतिहरू छन्, यी सबै संस्कृतिहरूको समग्रता र एकीकृत स्वरुप नै नेपालको राष्ट्रिय संस्कृति हो, यसरी हाम्रो देश बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक हुनु नै नेपाल र नेपालीको लागि गौरवको कुरा हो, यो हाम्रो राष्ट्रिय सम्पत्ति समेत हो’- प्रधानमन्त्रीकाे सन्देशमा लेखिएकाे छ ।

उहाँले नेपालकाे लाेकतन्त्रका लागि भएकाे आन्दोलनमा नेपाल तामाङ घेदुङ र तामाङ राष्ट्रिय आन्दोलनले खेलेको भूमिकाको उच्च मूल्यांकन र प्रशंसा गर्नुभएकाे छ । प्रधानमन्त्री प्रचण्डले नेपालको राष्ट्रिय संस्कृतिको एउटा कडी ल्होसार परम्परा र तामाङ संस्कृति भएकाे र ल्हाेसार परम्परा विश्वकै सबैभन्दा पुरानो सांस्कृतिक परम्परा भएकाे उल्लेख गर्नुभएकाे छ ।

उहाँले मानव जातिले पशुपालन र कृषिको सुरुआत गरेदेखि नै प्रकृतिको स्वभाव र गतिको नियम पत्ता लगाउने प्रयत्न गरेको स्मरण गराउनुभएकाे छ । साेही क्रममा चन्द्रमाको गतिको आधारमा समय गणना हुन थालेकाे उल्लेख गर्दै प्रधानमन्त्रीले लेख्नुभएकाे छ – ‘यही पद्धति अंगालेर तामाङ सभ्यताले सूर्य दक्षिणबाट उत्तरतिर फर्कने छेका अर्थात् चन्द्र पात्रोको माघ शुक्ल प्रतिपदाको दिनदेखि नयाँ वर्ष सुरू हुन्छ भन्ने मान्दछ, कृषिको थालनीसँगै विकास भएकाले यो पर्वलाई सोनाम (किसानहरूको) ल्होसार पनि भन्दछन् ।’

याे पर्व नेपालमा मात्र नभएर चीन, मंगोलिया, जापान, कोरिया, हङकङ, भियतनाम, लाओस, थाईल्याण्ड, ताईवान, मलेसिया, सिंगापुर लगायत मंगोल-चिनियाँ सभ्यता पुगेका संसारका सबै महादेश र देशहरूमा मनाइने गरिएकाे उहाँले उल्लेख गर्नुभएकाे छ ।

विश्वका विभिन्न मुलुकमा रोजगारी वा अन्य कामको सिलसिलामा पुगेका नेपाली तामाङ संघ-संस्थाहरुले समेत ल्होसार पर्व धुमधामसँग मनाउँदै आएका प्रधानमन्त्रीकाे सन्देशमा उल्लेख छ । तामाङ जीवनमा ल्हो परम्पराको ज्यादै ठूलो महत्व रहेकाे र यो परम्पराले धार्मिक, सामाजिक, आर्थिक, साँस्कृतिक र स्वास्थ्य जीवनको क्षेत्रमा समेत विशेष महत्व राख्ने उहाँले उल्लेख गर्नुभएकाे छ ।

ल्हाेसार राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्व पनि भएकाे र नेपालमा यस्ता ऐतिहासिक एवं बैज्ञानिक महत्व बोकेको थुप्रै पर्व रहेका प्रधानमन्त्रीले उल्लेख गर्नुभएकाे छ । राज्यले ल्होसार लगायत सबै सांस्कृतिक पर्वहरूलाई राष्ट्रिय संस्कृतिको रुपमा प्रर्वद्धन गर्नुपर्ने उहाँले उल्लेख गर्नुभएकाे छ ।

प्रधानमन्त्री प्रचण्डले सोनाम ल्होछारले समस्त नेपालीमा आपसी सद्भाव, सहकार्य र राष्ट्रिय एकता कायम गरोस् भन्ने शुभकामना पनि दिनुभएकाे छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चितवन प्रहरी प्रमुखमा सुशील राठौर !
चितवन प्रहरी प्रमुखमा सुशील राठौर !
आज कुशे औंसी तथा बुवाको मुख हेर्ने दिन, पितालाई विशेष सम्मान गरी मनाइँदै
आज कुशे औंसी तथा बुवाको मुख हेर्ने दिन, पितालाई विशेष सम्मान गरी मनाइँदै
वार्षिक रु दुई अर्ब ६३ करोड ७० लाख बराबरको माछा उत्पादन
वार्षिक रु दुई अर्ब ६३ करोड ७० लाख बराबरको माछा उत्पादन
राष्ट्रवादी बन्नकै लागि भारतलाई गाली गर्ने परम्पराको अन्त्य गर्नुपर्छ : मनिष सुमन
राष्ट्रवादी बन्नकै लागि भारतलाई गाली गर्ने परम्पराको अन्त्य गर्नुपर्छ : मनिष सुमन
३६९ नेपाल प्रहरीमा कोरोना सङ्क्रमन, १४९ ‘डिस्चार्ज’
३६९ नेपाल प्रहरीमा कोरोना सङ्क्रमन, १४९ ‘डिस्चार्ज’
ठग्न पाउनुपर्छ भन्दै नाराजुलुसमा उत्रने तरकारी व्यापारीको दर्ता खारेज गर्ने सरकारको तयारी
ठग्न पाउनुपर्छ भन्दै नाराजुलुसमा उत्रने तरकारी व्यापारीको दर्ता खारेज गर्ने सरकारको तयारी
विषादी प्रयोगमुक्त सप्ताह शुरु
विषादी प्रयोगमुक्त सप्ताह शुरु
सत्ता समीकरणमा कुनै समस्या आएको छैनः उपप्रधानमन्त्री लामिछाने
सत्ता समीकरणमा कुनै समस्या आएको छैनः उपप्रधानमन्त्री लामिछाने
देउवा गुटभित्र पनि विभिन्न उपगुटः यसरी चलिरहेछ
देउवा गुटभित्र पनि विभिन्न उपगुटः यसरी चलिरहेछ
नेपाल प्रहरीको अर्को साहसी काम इन्काउन्टरमा मारिए भारतीय अपराधी

तपाईंले छुटाउनुभयो कि?