उपसचिव कुटेपछि मन्त्रालयमा भागाभाग

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २९, २०७५
|
|
५४ पटक हेरिएको
Shares
उपसचिव कुटेपछि मन्त्रालयमा भागाभाग

सारांश

  • काठमाडौं ।
  •   देशको मुख्य प्रशासकीय केन्द्र सिंहदरबारभित्र आईतबार एक उपसचिव ‘कुटिएको’संगै भएको तोडफोडको घटनाले निकै कोलाहल मच्चियो ।
  • संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव ऋषि आचार्य कुटिएका हुन् ।

काठमाडौं ।  देशको मुख्य प्रशासकीय केन्द्र सिंहदरबारभित्र आईतबार एक उपसचिव ‘कुटिएको’संगै भएको तोडफोडको घटनाले निकै कोलाहल मच्चियो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव ऋषि आचार्य कुटिएका हुन् । आफूले भनेको ठाउँमा सरुवा नगरेको भन्दै नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठनका उपाध्यक्ष जीवन भण्डारीले उपसचिव आचार्यलाई मुक्का हानेको बताइएको छ । त्यसपछि आचार्यमाथि कुर्सी उचालेर हान्न खोजियो ।

घटनाका प्रत्यक्षदर्शीका अनुसार उपाध्यक्ष भण्डारीले झ्यालको सीसा, टेबुल र गमला समेत फुटाएका थिए । यसले गर्दा दिउँसो करिब ३ बजेतिर मन्त्रालयमा निकै कोलाहल मच्चिएको थियो । कर्मचारीहरू भागाभाग गर्न थालेपछि प्रहरी पनि आइपुगेका थिए ।

मन्त्रालयका अनुसार भण्डारीले शाखा अधिकृतको पोष्टिङ सच्याउन मन्त्रालयलाई दबाब दिंदै आएका थिए । मन्त्रालयले शाखा अधिकृत नेत्रराज गिरीलाई डोल्पा खटाएको थियो । उनले जुम्ला नजाने भन्दै चिठी बुझेका थिएनन् ।

आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Rajendra Karki

    Ha…..origional sushan yestai ho yaha aba yo bhanda parakasta aru hune6.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

थाहा पाउनुहाेस् तपाईंकाे राशिफल
थाहा पाउनुहाेस् तपाईंकाे राशिफल
सञ्चारकर्मी रवि लामिछाने ५ लाखधरौटीमा रिहा !!!
सञ्चारकर्मी रवि लामिछाने ५ लाखधरौटीमा रिहा !!!
‘लोकतन्‍त्रप्रति मेरो निष्ठा सौदाबाजीको विषय होइन’
‘लोकतन्‍त्रप्रति मेरो निष्ठा सौदाबाजीको विषय होइन’
केपी ओलीमाथि खाणको गम्भीर आरोप: स्वराज नेपाल आउनुको कारण के हो ?
केपी ओलीमाथि खाणको गम्भीर आरोप: स्वराज नेपाल आउनुको कारण के हो ?
मृत्युपश्चात् शरीरका सम्पूर्ण अङ्ग दान गर्ने प्रधानमन्त्रीको घोषणा
मृत्युपश्चात् शरीरका सम्पूर्ण अङ्ग दान गर्ने प्रधानमन्त्रीको घोषणा
कांग्रेसद्वारा लगातार संसद बैठक अवराेध
कांग्रेसद्वारा लगातार संसद बैठक अवराेध
बलिउड सुपरस्टार अमिताभ बच्चन तीन दिनदेखि अस्पताल भर्ना
बलिउड सुपरस्टार अमिताभ बच्चन तीन दिनदेखि अस्पताल भर्ना
रामेछापको भूमिमा जुनारको अभियान !
रामेछापको भूमिमा जुनारको अभियान !
स्वास्थ्य क्षेत्रको माफियाकरण विरुद्ध डा. गोविन्द केसीको पुनः सत्याग्रहको चेतावनी: सरकारलाई साउन ५ सम्मको अल्टिमेटम
स्वास्थ्य क्षेत्रको माफियाकरण विरुद्ध डा. गोविन्द केसीको पुनः सत्याग्रहको चेतावनी: सरकारलाई साउन ५ सम्मको अल्टिमेटम
अब आन्दोलन भए भ्रष्टाचारविरुद्ध हुनेछः गृहमन्त्री
अब आन्दोलन भए भ्रष्टाचारविरुद्ध हुनेछः गृहमन्त्री