सरकारले भन्यो ‘डा गोविन्द केसीको तर्फबाट वार्ता गर्ने मान्छे भेटिएनन्’

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण ७, २०७५
|
|
२१ पटक हेरिएको
Shares
सरकारले भन्यो ‘डा  गोविन्द केसीको तर्फबाट वार्ता गर्ने मान्छे भेटिएनन्’

सारांश

  • काठमाडाै, ७ साउन ।
  • सरकारले डा गोविन्द केसीको माग पूरा गर्ने विषयमा कोसँग वार्ता गर्ने हो भनेर अन्यौलमा परेको जनाएको छ ।
  • अनशनरत डा केसीको समर्थनमा दलहरूले झण्डा लिएर सडकमा आएका कारण वार्तामा कठिनाइ भएको प्रधानमन्त्री केपी ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले बताए ।

काठमाडाै, ७ साउन । सरकारले डा गोविन्द केसीको माग पूरा गर्ने विषयमा कोसँग वार्ता गर्ने हो भनेर अन्यौलमा परेको जनाएको छ । अनशनरत डा केसीको समर्थनमा दलहरूले झण्डा लिएर सडकमा आएका कारण वार्तामा कठिनाइ भएको प्रधानमन्त्री केपी ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले बताए । उनले भने, ‘नेपाली कांग्रेस, विवेकशील साझा पार्टी, मोहन वैद्यको नेकपा (क्रान्तिकारी माओवादी), गोपाल किराती नेतृत्वको नेकपा (माओवादी केन्द्र), नयाँ शक्ति पार्टी नेपालसहितले ऐक्यवद्धता जनाएका छन् । अब भन्नुस् कोसँग वार्ता गर्ने ? सरकार अन्यौलमा परेको छ ।’

नेपाली रेडियो नेटवर्कमा कुरा गर्दै प्रमुख राजनीतिक सल्लाहकार रिमालले डा केसीका मागका विषयमा वार्ता गर्ने व्यक्ति नभेटाएको बताए । ‘डा केसी अनशनमा हुनुहुन्छ । उहाँको तर्फबाट वार्ता कसले गर्ने हो स्पष्ट भन्नुपर्छ’, रिमालले भने, ‘डा केसीको तर्फबाट वार्ता गर्ने भनेर विवेकशील साझा पार्टीका नेताहरू आउँछन् । सरकारले कसलाई आधिकारिक मान्ने ? डा केसीले कुन दलको हो भनेर भन्नु पर्ने बेला आएको उनले बताए । वार्ताका लागि दल वा डा केसी कसको पक्षका मान्छे हुन् भन्ने कुरा थाहा भयो भने सरकारले सोही अनुसारको तयारी गर्ने सल्लाहकार रिमालले बताए ।

विवेकशील साझा पार्टी नेपालका नेता एवम् डा।गोविन्द केसीका तर्फबाट वार्ता टोलीका सदस्य ओमप्रकाश अर्यालले आफू डा।केसीको नागरिक आन्दोलनको पक्षको व्यक्ति भएको बताए ।‘म अहिले डा केसीको मान्छे हुँ’, उनले भने, ‘डा केसीको कानूनी सल्लाहकार पनि हुँ । विवेकशील साझा पार्टीको नेताभन्दा पनि म मेडिकल शिक्षाको सुधार चाहने व्यक्ति हुँ ।’परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग डा केसीका माग र अनशनका विषयमा अनौपचारिक कुराकानी भइरहेको अर्यालले जानकारी दिए ।

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Kashi Shrestha

    Oh.sarkar pradhanmatri tayar xa ?barta garna lai …..dr kc aafai aauxa barta garna lai k kura garnu hunxa……..

    Comment Author

    Sawjal Bhandari

    Usko mag thaa x vane barta vanera natak nagar Kam gar

    Comment Author

    Deeparaj Kathet

    Nepal ma sarkar xa ra????

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?