बिष्णु पौडेलले लिएको जग्गा बैधानिक छ । मन्त्री अर्याल
सारांश
- काठमाडौं १५,बैशाख।
- भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले बालुवाटारमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले खरिद गरेको जग्गा वैधानिक भएको दाबी गरेकी छन्।
- मन्त्री अर्यालले सरकारले मोही कायम गरी पुर्जा वितरण हुँदै छैठौं व्यक्तिका रुपमा नवीन पौडेलको नाममा पुगेको दाबी गरिन्।
काठमाडौं १५,बैशाख। भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले बालुवाटारमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले खरिद गरेको जग्गा वैधानिक भएको दाबी गरेकी छन्।
मन्त्री अर्यालले सरकारले मोही कायम गरी पुर्जा वितरण हुँदै छैठौं व्यक्तिका रुपमा नवीन पौडेलको नाममा पुगेको दाबी गरिन्। उनले भनिन् ‘विष्णु पौडेलको सन्दर्भमा जे प्रचार भएको छ, त्यो अतिरञ्जित हो। कानुन तथ्य र प्रमाणले अवैधानिक देखिन्न।’
सरकारले नै मोही कायम गरी लालपुर्जा वितरण गरेपछि अवैधानिक नहुने जिकिर गरिन्। उनले भनिन् ‘उहाँले किनेको जग्गा मोही किटान गरी व्यक्ति हस्तान्तरण हुँदै छैठों व्यक्तिका रुपमा उहाँको छोराको नाममा हस्तान्तरण भएको छ।’
सरकारको नामबाट व्यक्तिका नाममा कुन कुन कित्ता गएको बारे मन्त्रालयले छानबिन अघि बढाएको जानकारी गराइन्। जग्गा व्यक्तिका नाममा ल्याउने क्रममा डिल्लीबजार मालपोत कार्यालयबाट १०२४ र १०२५ को फाइल गायब पारिएको जानकारी गराइन्।
उनले भनिन्, ‘त्यसमा धेरै कित्ता हराएका छन्। मन्त्रालयले खोजका क्रममा ९८ प्रतिशत कित्ता पत्ता लगाएको छ। पत्ता लागेका कित्तालाई रोक्न मन्त्रालयले निर्देशन दिईसकेको छ।’
ललिता निवास प्रकरणले देशभर जग्गा सम्बन्धी समस्या रहेको शिक्षा पाएको उनले उल्लेख गरिन्। उनले भनिन्, ‘सरकारले जफत गर्ने निर्णय गरेका जग्गामा मीन बहादुर होऊन् कि ढकाल जो सुकै हुन्, छोडिन्न्।’
सरकारी जग्गा सरकारकै नाममा फिर्ता गराउनका लागि मन्त्रीपरिषद्को निर्देशनमा शक्तिशाली आयोग बनाउने जुटेको जानकारी गराइन्। देशभर सरकारी जग्गा फिर्ता गर्ने गरी अघि बढेको बताइन्।
तत्कालीन सरकारले गरेको निर्णयलाई कार्यान्वयन हुन नदिनका लागि जग्गालाई रोक्का राख्ने, खारेज गर्ने, आयोग गर्ने गर्ने कार्यादेश प्राप्त गरेको जानकारी गराइन्।
प्रतिक्रिया