नि:शुल्क औषधि अभाव: रित्तै हात फर्काइन्छन् बिरामी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ १३, २०७३
|
|
१३५ पटक हेरिएको
Shares

सारांश

  • सुदूरका सरकारी स्वास्थ्य निकायमा सरकारले नि:शुल्क दिने औषधिमध्ये सिटामोल समेत अभाव देखिएको छ ।
  • सुगम र दुर्गम क्षेत्रका बिरामी सामान्य औषधि किन्न निजी औषधि पसल धाउन बाध्य छन् ।
  • स्वास्थ्य मन्त्रालयले बजेट निकासा गरे पनि सम्बन्धित जिल्लाले औषधि खरिद गर्न ढिलाइ गरेको पाइएको छ ।

सुदूरका सरकारी स्वास्थ्य निकायमा सरकारले नि:शुल्क दिने औषधिमध्ये सिटामोल समेत अभाव देखिएको छ । सुगम र दुर्गम क्षेत्रका बिरामी सामान्य औषधि किन्न निजी औषधि पसल धाउन बाध्य छन् । स्वास्थ्य मन्त्रालयले बजेट निकासा गरे पनि सम्बन्धित जिल्लाले औषधि खरिद गर्न ढिलाइ गरेको पाइएको छ ।

बाजुरको टाँटे स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी दुई सातायता तनावमा छन् । दैनिक सय हाराहारी बिरामी आउने उक्त स्वास्थ्य चौकीमा नि:शुल्क घोषणा गरिएका ७० प्रकारका औषधि के सिटामोलसमेत पाइँदैन । ‘सिटामोलसमेत नभएर निजी मेडिकलमा किन्न पठाउँछांै,’ स्वास्थ्य चौकी इन्चार्ज दीपक शाहले भने ।

ग्रामीण क्षेत्रका सबैजसो स्वास्थ्यसंस्थामा औषधिको चर्काे अभाव छ । डोगडी स्वास्थ्य चौकीमा पनि सिटामोलसमेत छैन । गत महिना डोगडीमा पञ्जासमेत पखालेर पुन: प्रयोग गर्नुपर्ने बाध्यता रहेको खबर सार्वजनिक भएको थियो ।

बझाङका स्वास्थ्य संस्थामा पनि एक महिनायता औषधिको चरम अभाव छ । नि:शुल्क भनिएका औषधि नै किन्नुपर्ने बाध्यता आएको स्थानीय बताउँछन् । ‘स्वास्थ्यचौकीमा जाँच मात्र गर्छन्, औषधि मेडिकलबाट किनेर खानू भनेर लेखिदिन्छन्,’ मेलबिसौनाकी दुर्गा सिंहले भनिन्, ‘नि:शुल्क पाउने औषधि पनि महँगो तिरेर किन्नुपरेको छ ।’

जिल्लाका स्वास्थ्यसंस्थामा सिटामोलदेखि अत्यावश्यक एन्टिबायोटिक, मेट्रोनिडाजोल, डाइजिन पनि अभाव रहेको स्वास्थ्यकर्मी बताउँछन् । ठेकेदारहरूले समयमा आपूर्ति नगर्दा अभाव चर्किएको उनीहरूको भनाइ छ । स्वास्थ्यचौकीबाट वितरण गर्ने भनिएका ३५ प्रकारका औषधिमध्ये अधिकांश सकिएका छन् । ‘महिलाले प्रयोग गर्ने आइरन चक्की र परिवार नियोजनका अस्थायी साधनबाहेक सबै औषधि सकिएको छ,’ एक स्वास्थ्य चौकी इन्चार्जले भने ।

जिल्ला स्वास्थ्य कार्यालय बाजुराले कात्तिकयता ग्रामीण क्षेत्रका स्वास्थ्य केन्द्रमा औषधि पठाएको छैन । ‘कात्तिकदेखि औषधि गएको छैन,’ कार्यालयका स्टोरकिपर तेजबहादुर साउदले भने, ‘अब पठाउँछौं ।’ औषधि अभावबारे जिल्ला र चौकीका कर्मचारीबीच जुहारी चल्ने गरेको छ । जिल्लाले भने औषधि पर्याप्त रहेको दाबी गरिरहेको छ । ‘हामीले औषधि खरिद गरिसकेका छौं,’ स्टोर किपर साउदले भने । चौकी इन्चार्ज भने माग फारम भरेर पनि रित्तै फर्काएको गुनासो गर्छन् । शाह भन्छन्, ‘अघिल्लो साता औषधि छैन भनेर जिल्लाले रित्तै फर्कायो ।’

लुटिँदै विपन्न बिरामी
अधिकांश परिवार विपन्न रहेको बाजुराका बासिन्दा औषधि अभावका कारण उपचारमा समेत लुटिँदै छन् । जिल्ला अस्पताल र ग्रामीण क्षेत्रका स्वास्थ्यकर्मी संस्थामा औषधि नभएपछि बिरामीलाई निजी मेडिकल जान सिफारिस गर्छन् ।

ऋण–कर्जा गरी उपचार गर्नुपर्ने अवस्थाका बिरामीले निजी मेडिकलमा चर्को मूल्य तिर्नुपर्ने बाध्यता छ । सदरमुकाम मार्तडीदेखि ग्रामीण क्षेत्रका अधिकांश निजी मेडिकल सञ्चालकले मनपरी रकम असुल्ने गरेका छन् । उनीहरूले चिकित्सकको सिफारिसबाहेक चलाउन नपाइने औषधिसमेत जथाभावी बेचिरहेको पाइन्छ । यसले बिरामीको स्वास्थ्यमा गम्भीर असर परिरहेको छ । पैसाकै लोभमा सामान्य अवस्थामा चलाउन नहुने सेफट्रयाकजोन लगायतका शक्तिशाली एन्टिबायोटिक औषधि निजी मेडिकलले जुनसुकै बिरामीलाई दिने गरेको स्वास्थ्यकर्मीले बताए । यो खबर आजको कान्तिपुरमा छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सहकारी ठगी प्रकरण : संसदीय छानविनपछि प्रहरी अनुसन्धानमा रवि
सहकारी ठगी प्रकरण : संसदीय छानविनपछि प्रहरी अनुसन्धानमा रवि
सङ्घीयतालाई सर्वमान्य बनाउन कानूनी पक्षलाई सुदृढ बनाउनुपर्छः मुख्यमन्त्री पौडेल
सङ्घीयतालाई सर्वमान्य बनाउन कानूनी पक्षलाई सुदृढ बनाउनुपर्छः मुख्यमन्त्री पौडेल
विप्लव समूहका नुवाकोट सेक्रेटरी पक्राउ
विप्लव समूहका नुवाकोट सेक्रेटरी पक्राउ
Salman Khan and Jacqueline Fernandez starrer ‘Race 3’ new song ‘I Found Love’ is a romantic number!
Salman Khan and Jacqueline Fernandez starrer ‘Race 3’ new song ‘I Found Love’ is a romantic number!
सरकारी ढुकुटीमा दोहन, नेताहरुले कार्यकर्ता पोस्दै
सरकारी ढुकुटीमा दोहन, नेताहरुले कार्यकर्ता पोस्दै
राजनीतिक धु्रवीकरणले लोकतन्त्रिक शक्तिलाई बलियो बनाउँछ–मन्त्री थापा
२२७ नेपाली विदेशी जेलमाः नौ नेपालीलाई मृत्युदण्डको फैसला
२२७ नेपाली विदेशी जेलमाः नौ नेपालीलाई मृत्युदण्डको फैसला
आइजिपीमा सर्वेन्द्रलाई नियुक्त गरेलगत्तै सहब्याची रमेश खरेलद्वारा राजीनामाको घोषणा
आइजिपीमा सर्वेन्द्रलाई नियुक्त गरेलगत्तै सहब्याची रमेश खरेलद्वारा राजीनामाको घोषणा
तोलामा ५०० ले बढ्यो सुनको मूल्य
तोलामा ५०० ले बढ्यो सुनको मूल्य
रुघाखोकी वा ज्वरो भेटिए टिकट रद्द गर्ने बुद्ध एयरको घोषणा
रुघाखोकी वा ज्वरो भेटिए टिकट रद्द गर्ने बुद्ध एयरको घोषणा

तपाईंले छुटाउनुभयो कि?