पूर्वराष्ट्रपति यादवकी छोरीको विहे को सँग हुँदैछ ?

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख १६, २०७६
|
|
३२ पटक हेरिएको
Shares
पूर्वराष्ट्रपति यादवकी छोरीको विहे को सँग हुँदैछ ?

सारांश

  • नेपालका प्रथम राष्ट्रपति डा.
  • रामबरण यादवकी छोरी अनिता यादवको यही बैशाख २३ गते विवाह हुने भएको छ ।
  • उनको रौतहट निवासी ईन्जिनियर रमेश यादवसँग विवाह हुन लागेको हो ।

नेपालका प्रथम राष्ट्रपति डा. रामबरण यादवकी छोरी अनिता यादवको यही बैशाख २३ गते विवाह हुने भएको छ । उनको रौतहट निवासी ईन्जिनियर रमेश यादवसँग विवाह हुन लागेको हो । पूर्व राष्ट्रपति यादव निकट उच्च स्रोतका अनुसार उनले छोरीको विवाह धनुषाको जनकपुरस्थित् आफ्नै निवासबाट गर्ने भएका छन् ।


अनिता यादव नजिकबाट
अनिता यादव नेपालका प्रथम राष्ट्रपति डा. रामबरण यादवकी एकमात्र छोरी हुन् । यादव यादव महिला अधिकार, बाल अधिकार, महिला सशक्तिकरण, महिला पुरुष बीच विद्यमान असमानता, व्यक्तिको स्वतन्त्रता र मौलिक अधिकार, समानता र सामाजिक र विभेदमा न्यूनिकरण, महिलाको जीवनस्तर वृद्धि जस्ता सामाजिक कार्यमा पनि संलग्न छिन् । अनिता स्थानीय गैरसरकारी संस्था, सरकार, अन्तराष्ट्रिय गैरसरकारी संस्था लगायतसँग मिलेर विद्यमान सरोकारवाला बीच आफ्नो कार्यक्रम पनि गर्छिन् ।

अनिताको जन्म धनुषा जिल्लामा पर्ने तत्कालिन सपही गाउँ विकास समिति वडा नंवर ९ भएको थियो । उनको प्रारम्भिक शिक्षा भोला सिंह मिथिला इग्लिस विद्यालय, जनकपुरबाट भएको हो । उनले त्यही विद्यालयबाटै विद्यालय तहको शिक्षा पुरा गरिन् ।

विद्यालय तह पश्चात उनले काठमाडौँमा पद्म कन्या क्याम्पसबाट उच्च शिक्षा लिइन् । उनले लण्डनबाट समाजशास्त्रमा मास्टर्स डिग्री पुरा गरिन् ।

पूर्वराष्ट्रपति यादव पुत्री अनिताले २०७२ सालको भूकम्पमा राहत वितरणमा पनि उल्लेख्य भूमिका निर्वाह गरेकी थिइन् । उनको नेत्तृत्वमा रहेको विपी सामाजिक केन्द्र, धनुषाले सिन्धुपाल्चोकका भूकम्प पीडितलाई करिब १० लाख रुपैयाँ बराबरको राहत सामग्री उपलव्ध गराएको थियो ।
विभिन्न संघसंस्थामा आवद्ध अनिता योग गुरु पनि हुन् ।

चन्द्रशेखर यादव र चन्द्रमोहन यादव उनका दुई दाजु हुन् । डा. रामवरण यादव राष्ट्रपति हुँदा अनिताले यादवको विदेश भ्रमणमा फस्ट लेडीको जिम्मेवारी सम्हाल्ने गर्थिन् ।

संविधान जारी भए पछि विहे हुन्छ भन्दै आएकी अनिताको अन्तत यही वैशाख २३ गते विहे हुन भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?