सिटिजन्स बैंकको ब्राण्ड एम्बेसडरमा ज्ञानेन्द्र मल्ल
सारांश
- काठमाडौं ।
- सिटिजन्स बैंकले नयां बचत योजना मेरो सिटिजन्स बचत खाता शुरु गरेको छ ।
- सातै प्रदेशका बैंक शाखामा खाता खोल्न सकिने गरि बैंकले मेरो सिटिजन्स बचत खाता सन्चालनमा ल्याएको हो ।
काठमाडौं । सिटिजन्स बैंकले नयां बचत योजना मेरो सिटिजन्स बचत खाता शुरु गरेको छ । सातै प्रदेशका बैंक शाखामा खाता खोल्न सकिने गरि बैंकले मेरो सिटिजन्स बचत खाता सन्चालनमा ल्याएको हो । शुक्रबार पत्रकार सम्मेलन मार्फत दैनिक मौज्दात ७ प्रतिशत व्याज गणना गरी त्रैमासिक रुपमा भुक्तानी गर्न मिल्ने गरि बचत योजना ल्याएको बैकले जनाएको छ ।
बैंकमा न्यूनतम मौज्दात १०० रुपैँयामै खाता खोल्न मिल्ने, निशुल्क सिटिजन्स स्मार्ट बैकिङ सुबिधा, अनलाइन कारोबार गर्न सुरक्षित ३ डि सेक्युयर प्रबिधिमा निशुल्क दर्ता, निशुल्क डेबिट कार्ड , लकरको बार्षीक शुल्कमा ५० प्रतिशत छुटको सुविधा दिईएको छ ।
राष्ट्रिय क्रिकेट टिमका उप कप्तान ज्ञानेन्द्र मल्ललाई बैंकको ब्राण्ड एम्वेष्डर घोषणा गरेको छ । बैंकले मल्ललाई एक वर्ष अुनबन्ध गरेको हो । बैंकले देशभरीमा ७९ शाखा विस्तार गरिसकेको छ भने ७१ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिक एकाईहरुबाट करिब ३ लाख ५० हजार गा्रहकलाई आधुनीक बैंकिङ सेवाहरु प्रदान गदै आइरहेको छ ।
प्रतिक्रिया