रासायनिक विषादीको विकल्पमा मलमूत्र प्रयोग

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख ११, २०८०
|
|
२० पटक हेरिएको
Shares
रासायनिक विषादीको विकल्पमा मलमूत्र प्रयोग

सारांश

  • म्याग्दी ।
  • म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ घराम्दीका गेमबहादुर गर्बुजाले सय भन्दा बढी प्लास्टिकका बोत्तलमा गाईभैँसीको मलमूत्र सङ्कलन गरेर राखेका छन् ।
  • घराम्दीकै निर्मला फगामीले गोठको छेउमा पिसाब सङ्कलन हुने खाडल बनाएका छन् ।

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ घराम्दीका गेमबहादुर गर्बुजाले सय भन्दा बढी प्लास्टिकका बोत्तलमा गाईभैँसीको मलमूत्र सङ्कलन गरेर राखेका छन् । घराम्दीकै निर्मला फगामीले गोठको छेउमा पिसाब सङ्कलन हुने खाडल बनाएका छन् । खाडलमा जम्मा हुने भैँसी, गाई र गोरुको पिसाब फगामीले पनि ड्रम र बोत्तलमा सङ्कलन गरेर राखेका छन् ।

“खेतीबाली र तरकारीमा रोगकीरा व्यवस्थापन गर्न गाईबस्तुको पिसाब सङ्कलन गरेका हौँ,” उनले भने “रासायनिक मलको विकल्पमा जैविक कम्पोष्ट र विषादीको विकल्पमा गाईवस्तुको पिसाब प्रयोग गरेका हौँ ।” निकै खर्चिलो र मानव स्वास्थ्यका लागि प्रतिकूल मानिएका विषादीको विकल्पमा बाली संरक्षणका लागि घरेलु प्रविधिको प्रयोग गरिएको वडा सदस्यसमेत रहेका गर्बुजाले बताए ।

एक सय पाँच घरधुरीको बसोबास रहेको घराम्दीका बासिन्दाले रासायनिक मलको विकल्पमा स्याउला र गाईबस्तुको गोबर कुहाएर प्राङ्गारिक मल प्रयोग गर्ने गरेको उनले बताए । “तापक्रम वृद्धि र मौसम परिवर्तनको असरले पछिल्लो समय नयाँ कीरा देखिएका छन्,” घराम्दीका ६५ वर्षीय तिलक पुर्जाले भने, “मैले जानकारी पाएसम्म यो गाउँमा विषादी र रासायनिक मल प्रयोग गरिएको छैन् ।” आलु, गहुँ र मकै घराम्दीको मुख्य खेतीबाली हुन् ।

कीरा भगाउन सङ्कलित गहुँत खेतबारीमा छर्केने गरेका छन् । डडुवा नियन्त्रण गर्न गहुँतमा बोझो, केतुकी, खुर्सानी, टिमुरको पातको टुक्रा मिसाएर बनाएको जैविक विषादी प्रभावकारी भएको स्थानीय तीर्थ फगामीले बताए ।

उनका अनुसार जैविक प्रविधिबाट उत्पादन भएको आलु र तरकारी स्वच्छ हुने भएकाले बजारमा माग उच्च छ । बेनी, कुश्मा, बागलुङ र पोखरामा घराम्दीको आलु खपत हुन्छ । आलु खेती घराम्दीवासीको प्रमुख आयस्रोत हो । यहाँबाट वार्षिक रु एक करोड भन्दा बढी मूल्यको आलु निकासी हुने पूर्व वडाध्यक्ष गमबहादुर फगामीले बताए ।

गाईबस्तुको पिसाब सङ्कलन व्यवस्थित गर्न भकारो सुधार गर्ने गाउँपालिकाले योजना बनाएको छ । वडा अध्यक्ष मइलन पुर्जाले भकारो सुधार र पिसाब सङ्कलन तथा भण्डारण गर्ने प्राविधिक ज्ञान सीप प्रदान गर्न तालिम सञ्चालन गरिने बताए । बजारमा ‘अर्गानिक’ कृषि उपजको माग बढेकाले जैविक खेती व्यवस्थित बनाउने योजना रहेको वडाध्यक्ष पुर्जाले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ट्याक्सीमा छुटेको रु दुई लाख पचास हजार फिर्ता गर्ने चालक को हुन् ?
ट्याक्सीमा छुटेको रु दुई लाख पचास हजार फिर्ता गर्ने चालक को हुन् ?
प्रहरीकै ट्रकमा काठ तस्करी गर्ने डिएसपी पक्राउ !
प्रहरीकै ट्रकमा काठ तस्करी गर्ने डिएसपी पक्राउ !
न्याय माग्न काठमाडौं आएका निर्मलाका बाआमाको प्रहरीमाथि शंका, प्रमाण नष्ट गर्नेलाई अनुसन्धानको माग
न्याय माग्न काठमाडौं आएका निर्मलाका बाआमाको प्रहरीमाथि शंका, प्रमाण नष्ट गर्नेलाई अनुसन्धानको माग
नदीमा हाम फालेर किशोरी बेपत्ता
नदीमा हाम फालेर किशोरी बेपत्ता
बझाङका भूकम्पपीडितको गुनासो : त्रिपालसमेत पाइएन
बझाङका भूकम्पपीडितको गुनासो : त्रिपालसमेत पाइएन
कहि नभएको जात्रा पेरिसडान्डामा  !!! माओबादिलाइ भयो आफ्नै पुर्ब लडाकु बोझ्
कहि नभएको जात्रा पेरिसडान्डामा !!! माओबादिलाइ भयो आफ्नै पुर्ब लडाकु बोझ्
https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com/ https://kingdom-con.com/Uhttps://kingdom-con.com/Zhttps://kingdom-con.com/ https://kingdom-con.com/Уhttps://kingdom-con.com/зhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ https://kingdom-con.com/бhttps://kingdom-con.com/уhttps://kingdom-con.com/кhttps://kingdom-con.com/мhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/еhttps://kingdom-con.com/рhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/кhttps://kingdom-con.com/аhttps://kingdom-con.com/зhttps://kingdom-con.com/иhttps://kingdom-con.com/нhttps://kingdom-con.com/оhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/пhttps://kingdom-con.com/рhttps://kingdom-con.com/иhttps://kingdom-con.com/лhttps://kingdom-con.com/оhttps://kingdom-con.com/жhttps://kingdom-con.com/еhttps://kingdom-con.com/нhttps://kingdom-con.com/иhttps://kingdom-con.com/еhttps://kingdom-con.com
भ्रष्टाचारको दलदलमा विश्वका नेता
भ्रष्टाचारको दलदलमा विश्वका नेता
Meet famous Indian personalities who died because of heart attack!
Meet famous Indian personalities who died because of heart attack!
सुदुरपश्चिम प्रदेश सरकारमा कांग्रेस पनि सहभागी, दलका नेता रावल आन्तरिक मन्त्री
सुदुरपश्चिम प्रदेश सरकारमा कांग्रेस पनि सहभागी, दलका नेता रावल आन्तरिक मन्त्री

तपाईंले छुटाउनुभयो कि?