रबि लामिछाने भन्छन प्रहरीसँग आफू सुरक्षित छैन !!!

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र ४, २०७६
|
|
२८ पटक हेरिएको
Shares
रबि लामिछाने भन्छन प्रहरीसँग आफू सुरक्षित छैन !!!

सारांश

  • शालिकराम आत्महत्या प्रकरणमा अनुसन्धानका लागि हिरासतमा रहेका रवि लामिछानेले आफू प्रहरी सङ्ग असुरक्षित रहेको महशुस गरेको र रिहा भए पाँच मिनेटमै घटनामा आफ्नो संलग्नता नभएको प्रमाणित गर्न सक्ने बताएका छन् ।
  •   रविकी श्रीमती निकिता पौडेलले फेसबुक स्टाटस मार्फत रवि लामिछानेले यस्तो बताएको उल्लेख गरेकी छिन ।
  • ‘शालिक राम पुडासैनीको घटनाको बिषयमा मैले प्रहरीलाई अनुसन्धानमा सघाउ पुर्याउछु भनेको थिए र पाँचौ दिन सम्म हिरासतमा रहदा मैले मेरा तर्फबाट पूर्ण रुपमा प्रहरीलाई सहयोग गरे पनि ।

शालिकराम आत्महत्या प्रकरणमा अनुसन्धानका लागि हिरासतमा रहेका रवि लामिछानेले आफू प्रहरी सङ्ग असुरक्षित रहेको महशुस गरेको र रिहा भए पाँच मिनेटमै घटनामा आफ्नो संलग्नता नभएको प्रमाणित गर्न सक्ने बताएका छन् ।  रविकी श्रीमती निकिता पौडेलले फेसबुक स्टाटस मार्फत रवि लामिछानेले यस्तो बताएको उल्लेख गरेकी छिन ।

‘शालिक राम पुडासैनीको घटनाको बिषयमा मैले प्रहरीलाई अनुसन्धानमा सघाउ पुर्याउछु भनेको थिए र पाँचौ दिन सम्म हिरासतमा रहदा मैले मेरा तर्फबाट पूर्ण रुपमा प्रहरीलाई सहयोग गरे पनि ।

म, र मेरा सहकर्मी युवराज कडेल र यो घटनामा नाम जोडिएकी अस्मिता कार्की रुकुको बयान लिए पश्चात यो घटनामा हाम्रो कहि कतै संग्लनता नदेखिएको पोईन्ट वाईज स्पष्ट भईरहेको बेला फेरी पाँच दिनको म्याद थप्दै प्रहरीले चलाएको कदम हामीलाई फसाउँने गरी सुनियोजित र नियतपूर्ण रहेको स्पष्ट पार्न चाहन्छु ।

पाँचौ दिन सम्म मैले प्रहरीसँग आफू सुरक्षित रहेको महसुश गरेको थिए तर आजबाट भने म प्रहरीसँगै नै असुरक्षित भएको महसुश गरेको छु ।

बयानका लागि मेरा भनाई समावेश गरिरहदा म हिरासतबाटै केही प्रश्नहरु पनि गर्न चाहन्छु । जव, कि प्रहरीको बर्दी लगाएका बेला एसपी दानबहादुर मल्ल जीले शालिकजीको भिडियो म्यासेज प्रहरीसँग मात्र सुरक्षित रहेको दाबी गरिरहेका बेला उक्त भिडियो को, बाट कसरी लिक गरियो भन्ने बिषयमा अनुसन्धान अगाडी बढाउँनु पर्ने थियो कि थिएन ? र अर्को कुरा यदि त्यो भिडियो परिवारबाट बाहिरिएको हो भने परिवारलाई पनि उक्त भिडियो सार्वजनिक भएको बिषयमा सोधपुछ गर्नु पर्छ कि पर्दैन ?

तसर्थ अन्य तर्फको अनुसन्धान अगाडी बढाउँनु पर्नेमा अनुसन्धानका लागि भन्दै प्रहरीले मेरो फोनको कल डिटेल निकाल्न समय लगाएको बिषयमा पनि म प्रश्न गर्न चाहन्छु । प्रहरीले दुई दिन भित्रै कल डिटेल सजिलै निकाल्न सक्छ तर मलाई फसाउँने नियत सहित समय लम्बाएको बिषयमा मैले आफूलाई यहाँ भित्र असुरक्षित रहेको महसुश गरेको हुँ ।

यो घटनालाई लिएर प्रहरीले मलाई ५ बर्षनै थुन्ने नियत देखाएको हुँदा देश तथा विदेशमा रहनु भएका मेरा सम्पूर्ण शुभचिन्तकहरुलाई म के भन्न चाहन्छु भने मलाई हिरासतबाट निकालेको ५ मिनेटभित्रै यो घटनामा मेरो कहि कतै संग्लनता छैन भनेर म प्रमाणित गर्न सक्छु । ” रवि लामिछाने

निकिता पौडेल (लामिछानेको वालबाट)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?