आज १३० औ अन्तराष्ट्रिय मजदुर दिवस, यसरी सुरु भएको थियो यो दिवस

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख १८, २०७६
|
|
३१ पटक हेरिएको
Shares
आज १३० औ अन्तराष्ट्रिय मजदुर दिवस, यसरी सुरु भएको थियो यो दिवस

सारांश

  • प्रत्येक वर्ष मे १ मा अन्तराष्ट्रिय मजदुर दिवस विश्वव्यापीरुपमा मनाइदै आएको छ ।
  • सोही क्रममा आज परेको १३० औँ अन्तराष्ट्रिय मजदुर दिवस पनि संसारभर विविध कार्यक्रम गरी मनाइदैछ ।
  • यस दिवसको अवसरमा आज नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।

प्रत्येक वर्ष मे १ मा अन्तराष्ट्रिय मजदुर दिवस विश्वव्यापीरुपमा मनाइदै आएको छ । सोही क्रममा आज परेको १३० औँ अन्तराष्ट्रिय मजदुर दिवस पनि संसारभर विविध कार्यक्रम गरी मनाइदैछ ।

यस दिवसको अवसरमा आज नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । विभिन्न राजनीतिक दल आबद्ध मजदुर संगठनहरूले मजदुर हक अधिकार लक्षित कार्यक्रमहरु गर्दैछन् । एक शताव्दी अघि ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जनका लागि युरोप र अमेरिकाका मजदुरहरूले गरेको संघर्षको सम्झनामा प्रत्येक वर्ष मे १ तारिखमा अन्तराष्ट्रिय मजदुर दिवस मनाइने गरिएको हो ।

१७ औं शताब्दीमा भएको संघर्षले मजदुरहरुले यो अधिकार प्राप्त गरेका थिए । सन् १८९० देखि हरेक वर्ष मे १ मा संसारभर मजदुर दिवस मनाउने गरिएको हो । नेपालमा सन् १९६३ देखि अन्तराष्ट्रिय मजदुर दिवस मनाउन थालिएको हो । यस दिवसको अवसरमा राष्ट्रपति विद्या भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा लगायतले शुभकामना व्यक्त गरेका छन् ।

यसरी सुरु भएको थियो मजदुर दिवस
उन्नाइसौं शताब्दीको उत्तरार्धतिर खास गरी अमेरिकाबाट मजदुरका हक अधिकारका बारेमा चर्चा सुरु भएको थियो । १८६० को दशकभन्दा अगाडिसम्म मजदुरलाई एउटा दास वा पशु सरह व्यवहार गरिन्थ्यो । उनीहरुलाई दैनिक १६ घण्टासम्म काममा लगाइन्थ्यो भने अन्य केही सुविधाहरु हुन्थेन । हजारौं मजदुरहरु कामकै क्रममा मर्ने गर्दथे तर यसबारेमा मालिक वर्ग मुक दर्शक नै बनेर बसेका हुन्थे । तर जब १८६० को दशकतिरबाट यस्ता शोषित पीडित वर्गका मजदुरहरुले एकताको स्वर निकाल्न थाले तब मालिक मजदुर संघर्षको सूत्रपात भयो । यस्तो द्धन्द्ध बढ्दै गए पनि श्रमिकहरुले आप्mनो एकतालाई घटाएनन् बरु झनै बढाउँदै लगे । फलस्वरुप १९८० को दशकमा पुग्दा श्रमिक आन्दोलनले अमेरिकामा निकै सफलता प्राप्त गरिसकेको थियो ।

यसै क्रममा १८८४ मा अमेरिकाकै सिकागो सहरमा संगठित व्यापार तथा श्रमिक महासंघ (जुन पछि अमेरिकी श्रमिक महासंघ बन्न पुग्यो) को राष्ट्रिय सम्मेलन हुन पुग्यो । यस सम्मेलनले १९८६ मे १ बाट कुनै पनि मजदुरलाई दैनिक आठ घण्टाभन्दा बढी काममा लगाउन नपाइने भनी माग ग¥यो । यस सम्मेलनलाई सम्पन्न दिन तथा विश्वमा मजदुर आन्दोलनलाई सफल तुल्याउन हेमार्केट मासार्क, स्यामुअल फिल्डेन आदिको उल्लेख्य योगदान रह्यो । सो सम्मेलनमा करिब २ लाख पचास हजार मजदुरहरुको सहभागिता रहेको थियो ।

जब तोकिएको दिन अर्थात् १८८६ को मे को पहिलो तारिख पनि आयो, त्यस दिन सिकागोका करिब १३ हजार कम्पनीका करिब ३ लाख मजदुरहरु पहिलो मे दिवस मनाउन भनी सडकमा उत्रिए । यसको नेतृत्व अलबर्ट पार्सन, जोहान मास्ट, अगस्ट स्पाइस, लुइस लिङ आदिले गरे ।

त्यसको २ दिनसम्म शान्तिपूर्ण जुलुस सञ्चालन भयो भने मे ३ को दिन सो जुलुसमाथि प्रहरीले दमन ग¥यो तर पनि आन्दोलन रोकिएन र अन्ततः मजदुरहरुलाई दैनिक आठ घण्टाभन्दा काममा लगाउन नपाउने लगायतका माग रहेको सिकागो मजदुर आन्दोलनको माग पूरा भयो ।

पछि क्रमशः अन्य देशहरुमा पनि मे दिवस र मजदुर अधिकारका नाराहरु बढ्दै जान थाल्यो । कालान्तरमा आपूmलाई कम्युनिस्ट भनेर चिनाउने राज्यहरुले मजदुर दिवसलाई आप्mनो भन्ने बनाए । हालसम्म पनि कम्युनिस्ट बाहुल्य रहेको देशहरुमा यस अवसरमा सार्वजनिक बिदा दिइँदै आइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देउवाले सिंहदरबारमा डाके ओली र प्रचण्डलाई, यस्तो छ कारण
देउवाले सिंहदरबारमा डाके ओली र प्रचण्डलाई, यस्तो छ कारण
राष्ट्रियसभा उपाध्यक्षमा माओवादी केन्द्रकै शशिकला, अझै लागेन मन्त्रीको अन्तिम टुङ्गो
राष्ट्रियसभा उपाध्यक्षमा माओवादी केन्द्रकै शशिकला, अझै लागेन मन्त्रीको अन्तिम टुङ्गो
Bhuvan Kc files case against Samragyee in district court
Bhuvan Kc files case against Samragyee in district court
कोरोना संक्रमित गर्भवतीको शल्यक्रिया सफल
कोरोना संक्रमित गर्भवतीको शल्यक्रिया सफल
च्याम्पियन्स ट्रफि क्रिकेट स्फाइनलमा भारत पाकिस्तान, बंगलादेश ९ विकेटले पराजित
च्याम्पियन्स ट्रफि क्रिकेट स्फाइनलमा भारत पाकिस्तान, बंगलादेश ९ विकेटले पराजित
निर्मला पन्त प्रकरण: १६ जना सेनामाथि किन हुँदैन अनुसन्धान ?
निर्मला पन्त प्रकरण: १६ जना सेनामाथि किन हुँदैन अनुसन्धान ?
चिकित्सा शिक्षा विधेयक दोस्रो पटक संसद् लगिँदै, के होला गोविन्द केसीको माग पुरा ?
सभामुख कसलाई बनाउने भन्ने विषयमा नेकपाभित्र अन्योल
सभामुख कसलाई बनाउने भन्ने विषयमा नेकपाभित्र अन्योल
यी हुन् सात प्रदेश प्रमुखका लागि टुंगो लागेका नाम !
यी हुन् सात प्रदेश प्रमुखका लागि टुंगो लागेका नाम !
पानीको भाडामा डुबेर सोलुखुम्बुमा एक बालिकाको मृत्यु
पानीको भाडामा डुबेर सोलुखुम्बुमा एक बालिकाको मृत्यु

तपाईंले छुटाउनुभयो कि?