चिकित्सा शिक्षा विधेयक दोस्रो पटक संसद् लगिँदै, के होला गोविन्द केसीको माग पुरा ?
सारांश
- काठमाडौं, २८ असार ।
- सरकारले चिकित्सा शिक्षा विधेयक दोस्रो पटक बिहीबार संसद्मा पेस गर्ने भएको छ ।
- शिक्षा मन्त्रालयले गत शुक्रबार संसद्मा दर्ता गराएको विधेयक बिहीबारको बैठकमा पेस गर्न लागिएको हो ।
काठमाडौं, २८ असार । सरकारले चिकित्सा शिक्षा विधेयक दोस्रो पटक बिहीबार संसद्मा पेस गर्ने भएको छ । शिक्षा मन्त्रालयले गत शुक्रबार संसद्मा दर्ता गराएको विधेयक बिहीबारको बैठकमा पेस गर्न लागिएको हो ।
राष्ट्रपतिबाट वैशाख १३ मा जारी अध्यादेश निष्क्रिय भएपछि सरकारले विधेयक संसद्मा पठाएको हो । यसअघि २०७३ भदौ २९ मा तत्कालीन शिक्षामन्त्री धनीराम पौडेलले चिकित्सा शिक्षा विधेयक पेस गरेका थिए । अघिल्लो संसद्को अन्तिम बैठक २०७४ असोज २७ गतेसम्म पारित गर्ने प्रयास असफल भएपछि यो विधेयक निष्क्रिय भएको थियो ।
कान्तिपुरका अनुसार शेरबहादुर देउवा नेतृत्व सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २०७४ कात्तिक २४ गते अध्यादेश जारी गरेकी थिइन् । संघीय संसदको पहिलो अधिवेशनमा प्रतिस्थापन विधेयक पेस गर्न नसकेपछि केपी ओली नेतृत्वको सरकारको सिफारिसमा पुन: वैशाख १३ मा राष्ट्रपतिले अध्यादेश जारी गरिन् । अध्यादेश निष्क्रिय हुनु ५ दिनअघि असार १५ गते सरकारले प्रतिस्थापन विधेयक संसद्मा दर्ता गरे पनि असार १७ को बैठकमा कांग्रेसले विरोध जनाएपछि संसद्मा पेस गर्नै सकेन ।
डा. गोविन्द केसी अध्यादेशमा भएको व्यवस्था हुबहु विधेयकमा राख्नुपर्ने मागसहित जुम्लामा अनशनरत छन् ।
यसअघि अध्यादेशमा भएको व्यवस्था जस्ताको तस्तै राखेर विधेयक ल्याउनुपर्ने उनको माग छ । तर, सरकारले केही परिमार्जनसहित विधेयक अघि बढाएको छ ।
काठमाडौं उपत्यकाभित्र पनि मेडिकल कलेज खोल्न पाउने, अस्पताल खोल्नेबित्तिकै मेडिकल कलेज सञ्चालन अनुमति पाउनेलगायत व्यवस्था विधेयकमा छ । संसद्मा विधेयक पेस गरेपछि यसमाथि सैद्धान्तिक बहस हुनेछ भने सांसदहरूले संशोधन दर्ता गराउनसमेत सक्नेछन् । पछिल्लो दुई वर्ष चिकित्सा शिक्षा विधेयकको बहस व्यापक रूपमा भइरहेको छ ।
बिनोज आचार्य
नेपालमा मेडिकल कलेज नखोल्ने कसैको माग छैन । काठमॉडौंमै थुप्रिए कलेज जति अहिले नै ७ पुगिसक्यो , १० वर्ष अब यहॉ खोल्न हुन्न भनेर माथेमा आयोगले प्रतिवेदन दिएको हो। त्यही लागू गर , सरकारले खोलेका राजधानीबाहिरका कलेजमा MBBS पढाउन सुरू गर, विज्ञ शिक्षक र डाक्टर पोस्टिंग गर, मास्टर्स सरकारले पढाउ, शिक्षाशुल्क घटाउ वा सरकारले सब्सिडाईज गर, भन्ने माग छ । मेडिकल कलेज खोल्ने र संचालन गर्नेमा अख्तियार, व्यापारी, अदालत, नेताहरू बीच अनैतिक सॉठगॉठ छ, माफियातन्त्र हाबी छ, शिक्षा र उपचारखर्च महंगो भयो, गरिबले पढ्न पाएनन्, करोडौं खर्च गरेर पढेकाहरू पनि राजधानीबाहिर पठाउन सकिएन जादैनन्, डाक्टरी पढाईको गुणस्तर खत्तम भयो, रोगीको संख्या राजधानीमा नपुगेकोले यहॉ थप कलेज खोल्न ठीक हुदैन, प्रदेशहरूमा खोल्नुपर्छ, त्यहॉ mbbs पढाई सुरू गर्नुपर्छ सरकारले पढाउनुपर्छ ताकि दुर्गम र रीजधानीबाहिर चिकित्सा सेवा पुगोस्- यिनै हुन् मागहरू। के खराब कुरा छ र डा केसीका यस्ता मागमा?
Ramesh Wagle
गाेबिन्देले साईकल किन्न नसक्ने अभिभाभकसग कार किन्न पैसा माग्ने। नपढकाे मूर्ख भन्दा पढेकाे मूर्ख हजार गणा खराब हुने रहेछ।