यी हुन् सात प्रदेश प्रमुखका लागि टुंगो लागेका नाम !
सारांश
- काठमाडौं, माघ ३ ।
- सरकारले सातै प्रदेश प्रमुखबारे टुंगो लगाएको छ।
- अपरान्ह तीन बजे बस्ने मन्त्रिपरिषद्को बैठकले अनुमोदन गरेपछि प्रदेश प्रमुखको नाम सार्वजनिक गरिनेछ।
काठमाडौं, माघ ३ । सरकारले सातै प्रदेश प्रमुखबारे टुंगो लगाएको छ। अपरान्ह तीन बजे बस्ने मन्त्रिपरिषद्को बैठकले अनुमोदन गरेपछि प्रदेश प्रमुखको नाम सार्वजनिक गरिनेछ।
बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सातै प्रदेशका प्रमुख तोक्नेबारे छलफल भएर समझदारी भइसकेको छ। प्रदेश १ मा गोविन्द सुब्बा, प्रदेश २ मा उमाकान्त झा, प्रदेश ३ मा अनुराधा कोइराला, प्रदेश ४ मा बाबुराम कुँवर, प्रदेश ५ मा रत्नेश्वर कायस्थ, प्रदेश ६ मा चन्द्रकृष्ण घिमिरे र प्रदेश ७ मा वसन्तराज मल्ललाई प्रदेश प्रमुख बनाउने निर्णय आजैको बैठकबाट हुने बताइएको छ।
अपरान्ह बस्ने बैठकपछि प्रदेश प्रमुखहरुको नाम सार्जनिक गर्ने सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिएका छन्। प्रदेश २ मा राजपा र प्रदेश ५ मा संघीय समाजवादी फोरमको सिफारिसमा प्रदेश प्रमुख नियुक्त गर्न लागिएको छ।
प्रदेशप्रमुखको नियुक्त भएपछि प्रदेश सभा तथा प्रदेश सरकारको गठनको प्रकिया अघि बढ्नेछ। प्रदेशसभाका सदस्यहरुले सम्बन्धित प्रदेश प्रमुखसमक्ष शपथलिनुपर्नेछ।
प्रतिक्रिया