यसरी हुँदैछ संसदमा राष्ट्रपतिको सम्बोधन
सारांश
- काठमाडौं।
- राष्ट्रपति विद्यादेवी संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छन्।
- मुलुक यतिबेला गणतन्त्रमा प्रवेश गरेको छ।
काठमाडौं। राष्ट्रपति विद्यादेवी संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छन्। मुलुक यतिबेला गणतन्त्रमा प्रवेश गरेको छ। मुलुकबाट राजतन्त्रको विधिवत अन्त्य भएको दशक बढी भइसकेको छ। शुक्रबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपतिले ‘मेरो सरकार’ भन्दै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी छन्।
राजतन्त्र भएको बेला नेपाल सरकारलाई ‘श्री ५ को सरकार’ भनिन्थ्यो। त्यो बेला सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा तत्कालीन राजाले ‘मेरो सरकार’ भन्ने गर्थे। तर अहिले मुलुकमा राजतन्त्र नभएर गणतान्त्रिक व्यावस्था छ। यस्तो समयमा राष्ट्रपतिले ‘मेरो सरकार’ भन्दा राजतन्त्रको झल्को देखिएको छ। यसअघि तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले ‘मेरो सरकार’ भनेका थिएनन्।
यसअघि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा राष्ट्रपति भण्डारीले ‘मेरो सरकार’ भनेकी थिइनन्। सदनमा राष्ट्रपति पढेर सुनाएको नीति तथा कार्यक्रम सरकारले तयार पारेको हो। संयुक्त सदनको सुरुमा प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रम रहेको पुस्तक राष्ट्रपतिलाई हस्तान्तरण गरेका थिए। संयुक्त सदनमा उनले त्यही पढेर सुनाइरहेकी हुन्।
प्रतिक्रिया