वीरगञ्जका शिवकुमारलाई कोरोनाको सङ्क्रमण नभएको पुष्टि : रिपोर्ट सहित

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र ९, २०७६
|
|
२४ पटक हेरिएको
Shares
वीरगञ्जका शिवकुमारलाई कोरोनाको सङ्क्रमण नभएको पुष्टि : रिपोर्ट सहित

सारांश

  • वीरगञ्जका शिवकुमार रुङ्गटालाई कोरोना भाइरस कोभिड १९ को सङ्क्रमण नभएको पुष्टि भएको छ ।
  • भारतको पटना अस्पतालले शिवकुमारको कोरोनाको रिपोर्ट नेगेटिभ भएको पुष्टि गरेको हो ।
  • उहाँका भाइ सुरेश रुङटाले पनि राजेन्द्र प्रसाद इन्स्टीच्यूट अफ मेडिकल साइन्स अगामकौन पटनामा भएको परीक्षणमा कोभिड (१९ नेगेटिभ देखिएको जानकारी दिनुभएको छ ।

वीरगञ्जका शिवकुमार रुङ्गटालाई कोरोना भाइरस कोभिड १९ को सङ्क्रमण नभएको पुष्टि भएको छ । भारतको पटना अस्पतालले शिवकुमारको कोरोनाको रिपोर्ट नेगेटिभ भएको पुष्टि गरेको हो ।

उहाँका भाइ सुरेश रुङटाले पनि राजेन्द्र प्रसाद इन्स्टीच्यूट अफ मेडिकल साइन्स अगामकौन पटनामा भएको परीक्षणमा कोभिड (१९ नेगेटिभ देखिएको जानकारी दिनुभएको छ । यसअघि उहाँ ७ गते पटनाको पिएमसिएच अस्पतालमा भर्ना हुनुभएको थियो । आज दिउँसो उहाँमा कोभिड ( १९ को सङ्क्रमण देखा परेको भन्दै समाचार सार्वजनिक भएपछि वीरगंजको जनजीवन एकाएक त्रसित भएको छ ।

रुङटा आफन्तको विवाहमा भाग लिन केही दिन अगाडि भारतको कोलकोत्ता जानु भएको थियो । कोलकोत्ताबाट दिल्ली हुँदै एक हप्ता अगाडि वीरगञ्ज आउनु भएका रुङटालाई छ दिनपछि ज्वरो आएको थियो । त्यही ज्वरोको उपचारका लागि पटना जानु भएका रुङगटालाई अस्पतालले नै सुरुमा ५० प्रतिशत कोरोना संक्रमण भएको तर अन्तिम रिपोर्ट आएपछि मात्र केही भन्न सकिने भन्दै आशंका गरेको परिवारका सदस्यले जनाएका थिए ।

तर पछिल्लो रिपोर्ट आएपछि परिवारका सदस्य ढुक्क भएका छन् । शिव रुङगटाका भाइ सुरेश रुङगटाले रिपोर्ट नेगेटिभ आएपछि परिवारले राहत महसुस गरेको बताउनुभयो ।

हेर्नुस रिपोर्ट :

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?