सार्वजनिक यातायातको भाडा फेरि बढ्यो

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ २७, २०७९
|
|
५५ पटक हेरिएको
Shares
सार्वजनिक यातायातको भाडा फेरि बढ्यो

सारांश

  • काठमाडौं।
  • सरकारले सार्वजनिक यातायातको भाडा फेरि बढाएको छ।
  • यातायात व्यवस्था विभागले शुक्रबार एक सूचना प्रकाशित गर्दै अन्तर प्रदेश यातायातका मालबाहक तथा यात्रुबाहक सवारीको भाडादर बढाएको जनाएको छ।

काठमाडौं। सरकारले सार्वजनिक यातायातको भाडा फेरि बढाएको छ। यातायात व्यवस्था विभागले शुक्रबार एक सूचना प्रकाशित गर्दै अन्तर प्रदेश यातायातका मालबाहक तथा यात्रुबाहक सवारीको भाडादर बढाएको जनाएको छ।

यसअघि ११ जेठमा यात्रुबाहक सवारीको भाडा २ प्रतिशतले घटाएको थियो। अहिले यात्रु बाहकको २.५ प्रतिशतले भाडा बढेको विभागले जनाएको छ । त्यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीको भाडा ३.३ प्रतिशतले र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारीको भाडा ३.७ प्रतिशतले बढेको छ ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थकाे मूल्य बढाएसँगै विभागले पनि गाडी भाडा बढाउने निर्णय गरेको हो । निगमले डिजेलको मूल्यमा एकै पटक १२ रूपैयाँ बढाएको थियो ।

विभागले इन्धनको मूल्य थपघटका आधारमा ५ प्रतिशतले बढेमा वा घटेमा भाडा समायोजना गर्दै आएको छ । प्रदेशहरूले यसै आधारमा छोटो दूरीको सवारी भाडा बढाउनेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?