सीमा विवादमा भारतको आयो यस्तो धारणा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक २१, २०७६
|
|
२५ पटक हेरिएको
Shares
सीमा विवादमा भारतको आयो यस्तो धारणा

सारांश

  • भारत सरकारले कालापानी र लिपुलेकबारे आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ ।
  • आज साँझ विदेश मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा पत्रकारहरुसँग कुरा गर्दै प्रवक्ता रविस कुमारले भारतले सार्वजनिक गरेको नयाँ नक्शामा कुनैपनि पूनरावलोकन नगरेको स्पष्ट पारेका छन् ।
  • उनकाअनुसार भारतले आफ्नो नयाँ नक्शामा भारतको सार्वभौम भूमिलाई मात्रै उल्लेख गरेको छ ।

भारत सरकारले कालापानी र लिपुलेकबारे आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ । आज साँझ विदेश मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा पत्रकारहरुसँग कुरा गर्दै प्रवक्ता रविस कुमारले भारतले सार्वजनिक गरेको नयाँ नक्शामा कुनैपनि पूनरावलोकन नगरेको स्पष्ट पारेका छन् । उनकाअनुसार भारतले आफ्नो नयाँ नक्शामा भारतको सार्वभौम भूमिलाई मात्रै उल्लेख गरेको छ ।

नयाँ नक्शामा आफूहरुले नेपालसँगको सिमामा कुनै पूनरावलोकन नगरेको पनि भारतको दाबी छ । ‘नेपालसँगको सिमा विवाद अहिले कायम रहेको संयन्त्रले समाधानको लागि काम गरिरहेको छ’–प्रवक्ता रविस कुमारले भने । भारतले नेपालसँगको सिमा विवाद वार्ता तथा सहमतिको माध्यमबाट नै समाधान गर्न सकिने विश्वास दिलाएको छ । नेपाल–भारत सम्बन्ध बिगार्न उद्धत रहेका निहित स्वार्थ समूहबाट दुवै देश सतर्क हुनुपर्ने भारतको भनाई छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?