बैशाख २४ गतेको राशीफल यस्तो छ, आज यी राशी भएकाले बोलीमा लगाम लगाउनु पर्छ
सारांश
- मेष आज धन आगमन हुनेछ ।
- उद्योग धन्दामा सफलता मिल्नेछ ।
- काम गर्ने जोश र जांगर बढ्नेछ ।
मेष
आज धन आगमन हुनेछ । उद्योग धन्दामा सफलता मिल्नेछ । काम गर्ने जोश र जांगर बढ्नेछ । अनुहारमा चमक आउनेछ । राजनिति एवं सरकारी क्षेत्रबाट राम्रो सहयोग पाईनेछ । आज ७ शुभ अंक रहेका छ ।
बृष
आज शुभ कुराको संकेत मिल्नेछ भने भाग्यले पनि साथ दिनेछ । सामाजिक क्षेत्रमा पनि राम्रो छ । कामको दायित्व दिन प्रतिदिन बढ्नेछ । वैदेशिक कारोबारबाट लाभ हुनेछ ।लामो यात्रा फलदायी रहनेछ। आज ८ शुभ अंक रहेको छ ।
मिथुन
आज राजनीतिमा पद प्रतिष्ठा बढ्नेछ । अप्ठ्यारो काममा पनि सफलता मिल्नेछ । साथैं ठूलावडाको साथ पाईनेछ । रोग व्याधिले भने सताउने देखिन्छ । मनमा डर चिन्ता रहिरहने छ ।धनसम्पत्ति चोरी सम्भवना देखिन्छ । आज ५ शुभ अंक रहेको छ । बोल्दा केही होस पुर्याउनु पर्ने हुन्छ, अनावश्यक विवादमा पर्ने योग छ ।
कर्कट
आज प्रिय व्यक्तिको बारेमा शुभ समाचार सुन्न पाईने छ । धन लाभ हुनेछ । सवारी साधनको सुख पनि मिल्नेछ । मान सम्मान पद प्रतिष्ठान बढ्नेछ । प्रेम प्रसंगमा भने मन मुटाव बढ्न सक्छ । आज २ शुभ अंक रहेको छ ।
सिंह
आज मुद्दामामिलामा सफलता मिल्नेछ । शत्रुनाश हुनेछन् ।मनमा हर्ष बढ्ने छ । धनप्राप्तीको अनुपम दिन हुनेछ । पशु चौपायाबाट लाभ हुनेछ । व्यापार व्यवसायबाट पनि धन लाभ हुनेछ । मनोरथ सिद्धि हुनेछ । आज ७ शुभ अंक रहेको छ । बोलीमा लगाम लगाउनु वेश हुन्छ ।
कन्या
आज बुदिको विकाश हुनेछ । लक्ष्मी आगमन हुनेछ। चिन्ता हटेर पराक्रमको उदय हुने छ । साथिभाईबाट सहयोग मिल्नेछ। साहित्य एवं कलामा रुची जाग्नेछ । पुत्र एवं सम्पतिबाट सुख मिल्नेछ । वाद्य यन्त्र तथा गायनबाट पनि लाभ मिल्नेछ । आज ४ शुभ अंक रहेको छ ।
तुला
आज सौभाग्य एवं सुख सुविधामा वृद्धि हुनेछ । मातापिताबाट सहयोग मिल्नेछ । छरछिमेकमा सम्मान बढ्नेछ । मित्र लाभ तथा जनसर्म्पर्क बढ्नेछ । सामाजिक कामको दायित्व थपिने छ । वित्तीय क्षेत्रमा लगानी बढ्ने छ । आज ७ अंक शुभ रहेको छ ।
बृश्चिक
आज मनमा दृढता तथा बल बुद्धिमा बृद्धि हुनेछ । परिवारमा सुख शान्ति बढ्नेछ । दाजुभाईबाट सहयोग पाइनेछ । छोटो यात्रा फलदायी रहने छ । मनले चिताएको कार्यमा राम्रो फल पाइने बेला छ । आज ७ अंक शुभ रहेको छ ।
धनु
आज आरोग्यता प्राप्त हुनेछ । रोकिएको धन हात पर्नेछ । परिवारले व्यवहारमा सहयोग गर्नेछन् । व्यावसायिक प्रतिस्पर्धामा तपाईँलाई लाभ हुनेछ । आफन्तबाट सहयोग पाइनेछ । उपहार प्राप्ती साथैं सुनचाँदीको किनमेल पनि हुने छ । आज १ शुभ अंक रहेको छ । बोलीमा लगाम नलगाए अनाहकमा विवादमा पर्ने सम्भावना देखिन्छ ।
मकर
आज मनमा धार्मिक विचार र भावनाहरुले प्रश्रय पाउनेछ । साहु महाजनबाट लाभ एवं सन्तोष हुनेछ । कृषि, पशु चौपाया आदिबाट फाईदा हुने छ । मनमा उच्च विचार आउने छ । गरेका कामहरु बन्नेछ । आज ३ शुभ अंक रहेको छ ।
कुम्भ
आज काममा अडचन आउनका साथै ढिलो गरी कार्य सम्पादन हुनेछ । सोच्दै नसोचेको दुःख कष्ट, झण्झट आई पर्न सक्छ । चोटपटकको पनि योग छ । अशुभ समाचार सुन्नु पपर्ने छ ।अन्य क्षेत्रमा भने राम्रो छ । आज ६ शुभ अंक रहेको छ ।
मीन
आज घरमा पाहुना आउने छ । उद्योग धन्दाबाट मनग्य लाभ हुनेछ । दिन राम्रो छ । धन हाता पर्नेछ । चिताएको काम बन्नेछ । शिक्षामा सफलता मिल्नेछ । दाजु या दिदीबाट सहयोग मिल्नेछ । पुरस्कार प्राप्त हुनेछ । आज ९ शुभ अंक रहेको छ ।
प्रतिक्रिया