घोराही सिमेण्टको सगरमाथा ब्राण्ड गुणस्तरहीन, बिक्रीवितरण रोक्न पत्राचार
सारांश
- काठमाडौं, १६ साउन ।
- घोराही सिमेण्ट उद्योग दाङबाट उत्पादित सगरमाथा ब्राण्डको ओपीसी सिमेण्ट गुणस्तरहीन भएको तथ्य खुलेको छ ।
- जिल्ला प्रशासन कार्यालय बर्दियाले घोराही सिमेण्टको सगरमाथा ब्राण्डको ओपीसी सिमेण्ट गुणस्तरहीन पाइएको भन्दै त्यसको उत्पादन बिक्रीवितरण रोक्का राख्न जिल्ला प्रशासन कार्यालय दाङलाई पत्राचार गरेको छ ।
काठमाडौं, १६ साउन । घोराही सिमेण्ट उद्योग दाङबाट उत्पादित सगरमाथा ब्राण्डको ओपीसी सिमेण्ट गुणस्तरहीन भएको तथ्य खुलेको छ । जिल्ला प्रशासन कार्यालय बर्दियाले घोराही सिमेण्टको सगरमाथा ब्राण्डको ओपीसी सिमेण्ट गुणस्तरहीन पाइएको भन्दै त्यसको उत्पादन बिक्रीवितरण रोक्का राख्न जिल्ला प्रशासन कार्यालय दाङलाई पत्राचार गरेको छ ।
जिल्ला प्रशासन कार्यालय बर्दियाले आजै प्रेस नोट जारी गरी मिति २०७५ जेठ ३१ मा बर्दिया जिल्लाको गुलरिया नगरपालिकामा बजार अनुगमनको क्रममा घोराही सिमेन्ट उद्योग दाङबाट उत्पादित सगरमाथा ब्राण्डको इएऋ सिमेन्ट गुणस्तरहीन पाइएको जनाएको हो । विज्ञप्तिमा सिमेण्टको नमूना गुणस्तर तथा नाप तौल विभागमा गुणस्तर परीक्षणको लागि पठाइएकोमा गुणस्तर अनुरुप नभएको परीक्षण प्रतिवेदन प्राप्त भएको उल्लेख छ ।
घोराही सिमेण्ट उद्योगलाई कालो बजार तथा केही सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अन्तर्गत कारवाही गर्नको लागि प्रक्रिया अगाडि बढाइएको पनि प्रेस नोटमा उल्लेख छ । “गुणस्तर तथा नापतौल विभागबाट गुणस्तर एकीन नभएसम्म सिमेन्टको उत्पादन बिक्री वितरण रोक्का राख्न जिल्ला प्रशासन कार्यालय दाङलाई पत्राचार गरिएको छ”, प्रेस नोटमा भनिएको छ ।
प्रतिक्रिया