मुस्ताङमा च्याङ्ग्रालाई १७ देखि २२ हजारसम्म

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन २३, २०७५
|
|
२० पटक हेरिएको
Shares
मुस्ताङमा च्याङ्ग्रालाई १७ देखि २२ हजारसम्म

सारांश

  • मुस्ताङ ।
  • नजिकिंदै गरेको दसैंका लागि मुस्ताङबाट १६ हजार भेडाच्याङ्ग्रा बिक्री भएका छन् ।
  • म्याग्दी, कास्की, बागलुङ, पर्वत, चितवन, तनहुँ, लमजुङ, स्याङजा, काठमाडौंलगायतका व्यापारीले मुस्ताङबाट भेडाच्याङ्ग्रा खरिद गरेका हुन् ।

मुस्ताङ । नजिकिंदै गरेको दसैंका लागि मुस्ताङबाट १६ हजार भेडाच्याङ्ग्रा बिक्री भएका छन् । म्याग्दी, कास्की, बागलुङ, पर्वत, चितवन, तनहुँ, लमजुङ, स्याङजा, काठमाडौंलगायतका व्यापारीले मुस्ताङबाट भेडाच्याङ्ग्रा खरिद गरेका हुन् ।

मुस्ताङबाट संस्थानको जोमसोमस्थित कार्यालयका अनुसार मुस्ताङमा एउटा च्याङग्रा १७ हजारदेखि २२ हजार तथा भेडा १४ हजारदेखि १७ हजारसम्म खरिद बिक्री भइरहेको बताइएको छ ।

भेडाच्याङ्ग्रा खरिद गर्न देशका विभिन्न ठाउँका व्यापारी जोमसोम आइपुगेका छन् । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र जोमसोमस्थित सेवा केन्द्रले हालसम्म १६ हजार भेडाच्याङ्ग्रा बिक्री भइसकेको जनाएको छ ।

सोरबारसम्म १० हजार भेडा र ६ हजार च्याङ्ग्रा बिक्रीका लागि स्वास्थ्य परीक्षण गरिएको केन्द्रका पशु चिकित्सक शिव भुसालले बताएका छन् ।

दसैंका लागि जिल्लाबाट करीब २० हजार भेडाच्याङ्ग्रा बिक्री हुने अनुमान गरिएको छ । नेपाल खाद्य संस्थानले यस वर्ष मुस्ताङबाट एक हजार च्याङ्ग्रा काठमाडौं पठाइएको छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?