बुटवल उपमहानगरपालिकामा एमालेको बिजय जुलुस सुरु ,
सारांश
- १९०० सय मत गन्न बाँकी रहँदा एमालेका शिवराज सुवेदी २५०० मतले अगाडि बुटवल ।
- दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा सबैभन्दा चर्चा र चासोमा रहेका बुटवल उपमहानगरपालिकामा सत्तारुढ नेपाली कांग्रेस-माओवादी केन्द्र गठबन्धन पराजय उन्मुख देखिएको छ ।
- गठबन्धन दललाई पाखा लगाउँदै बुटवल उपमहानगरपालिकामा नेकपा एमाले जितको नजिक पुगेको छ ।
१९०० सय मत गन्न बाँकी रहँदा एमालेका शिवराज सुवेदी २५०० मतले अगाडि
बुटवल । दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा सबैभन्दा चर्चा र चासोमा रहेका बुटवल उपमहानगरपालिकामा सत्तारुढ नेपाली कांग्रेस-माओवादी केन्द्र गठबन्धन पराजय उन्मुख देखिएको छ । गठबन्धन दललाई पाखा लगाउँदै बुटवल उपमहानगरपालिकामा नेकपा एमाले जितको नजिक पुगेको छ ।बुटवलमा अहिलेसम्म १७ वटा वडाको नतिजा आइसकेको छ । वडा नम्बर १३ बाहेक सबै वडा एमालेले जितिसकेको छ । अहिले १८ नम्बरको मतगणना भइरहेको छ । अब १९ नम्बर वडा मात्र गन्न बाँकी छ ।बुटवल उपमहानगरपालिकामा कुल ४९ हजार ८ सय ९५ मत खसेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया