त्रिभुवन विमानस्थलबाट आन्तरिक उडान सुरु

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन १९, २०८२
|
|
३६ पटक हेरिएको
Shares
त्रिभुवन विमानस्थलबाट आन्तरिक उडान सुरु

सारांश

  • काठमाडौं।
  • अविरल वर्षाका कारण हिजोदेखि बन्द रहेको आन्तरिक हवाई उडान आज बिहानैबाट सुरु भएको छ।
  • त्रिभुवन विमानस्थल कार्यालयले मौसम अनुकूल रहेका स्थानमा आन्तरिक उडान सुरु भएको जानकारी दिएको हो।

काठमाडौं। अविरल वर्षाका कारण हिजोदेखि बन्द रहेको आन्तरिक हवाई उडान आज बिहानैबाट सुरु भएको छ।

त्रिभुवन विमानस्थल कार्यालयले मौसम अनुकूल रहेका स्थानमा आन्तरिक उडान सुरु भएको जानकारी दिएको हो।

अन्तर्राष्ट्रिय उडान भने हिजो बेलुकीदेखि नै नियमित छ। शनिबार आन्तरिक उडान ठप्प हुँदा सयौं यात्रु विमानस्थलमै अलपत्र परेका थिए। धेरै यात्रुहरू दशैंपछिको यात्राका लागि टिकट लिएर प्रतीक्षारत रहेकाले असुविधा व्यहोर्नु परेको थियो।

मौसम सुधारसँगै उडान पुनः सुरु भएपछि यात्रुहरूले सहजता महसुस गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?