राष्ट्रपतिको सवारीले झल्कायो मौसुफको सवारी, तन्त्र गए तुजुक गएन
सारांश
- काठमाडौं – काठमाडौंका सडकमा बिहीबार अपराह्न एक्कासी गतिरोध आयो ।
- कुनै सडक पूरै खाली गराइए ।
- कुनैमा भने सवारीसाधनको लामो लाइन बन्यो ।
काठमाडौं – काठमाडौंका सडकमा बिहीबार अपराह्न एक्कासी गतिरोध आयो । कुनै सडक पूरै खाली गराइए । कुनैमा भने सवारीसाधनको लामो लाइन बन्यो । संघीय संसद्लाई सम्बोधन गर्न शीतलनिवासबाट निक्लिएको राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीले सडक आवागमनकर्तालाई जहाँको त्यहीँ रोकेपछि त्यसको प्रतिक्रिया सामाजिक सञ्जालहरूमा तत्काल देखिन थाल्यो । आजको कान्तिपुर दैनिकमा खबर छ ।
यसमा राजालाई सम्झाउने गरी सवारी चलाएको भन्दै राष्ट्रपतिको आलोचना भइरहेको थियो । धेरैले राष्ट्रपति बग्गीसहित सवारी भएको तस्बिरलाई ट्वीटरमा पोस्ट गर्दै ह्यासट्यागमा ‘मौसुफको सवारी’ भनेर लेखे । प्रदीप पन्तले सूत्रात्मक शैलीमा ‘तन्त्र गए तुजुक गएन’ भनेर स्टाटस अपडेट गरे । ‘राष्ट्रपतिज्यूको आजको सवारी र यसले निम्त्याएको सवारी जाम हेर्दा, भोग्दा फेरि आफूलाई प्रजाको दर्जामा नै भएको महसुस भयो’ भनेर उपेन्द्र श्रेष्ठले ट्वीट गरे ।
यी केही उदाहरण मात्रै हुन् । सामाजिक सञ्जालमा टिप्पणी नगर्नेहरूले पनि आपसी कुराकानीमा राष्ट्रपतिको शैलीको आलोचना गरेको सुनिन्थ्यो । जनताकै माझबाट सत्तामा पुगेकाहरूबाट जनतालाई नै सास्ती हुने कामको अपेक्षा नगरिएकैले सायद राष्ट्रपति, उपराष्ट्रपति तथा प्रधानमन्त्रीजस्ता ‘विशिष्टको सवारी’ मा अस्तव्यस्तसँग बाटामा रोकिनुपर्दा सर्वसाधारणबाट कटु आलोचना हुने गर्छ ।
व्यवस्था बदलिँदा पनि सत्तामा पुग्नेको व्यवहार भने आखिर सधैं किन उस्तै हुन्छ ? ‘किनभने भित्रबाट हरेक मान्छे शक्तिकै पुजारी हुन्छ अनि शक्तिको स्वभाव अरूमाथि शासन गर्नेखालकै हुन्छ,’ मानवशास्त्री सुरेश ढकाल भन्छन्, ‘फलेको वृक्षको हाँगो झुक्ने भनेको लेखनाथको कवितामा मात्रै हो, व्यवहारमा त सत्तामा पुगेकाहरूमा नम्र हुने होइन, गजक्क परेर आफूलाई आम मानिसबाट टाढा राख्ने र पृथक् देखाउने बानी हुन्छ । सारालाई रोकाएर खाली बाटामा शासकहरू आफू मात्रै हिँड्नुको अर्थ नै यही हो ।’ अरू बेला सहज हुने, हात मिलाउने र कुशलमंगल सोध्ने नेताहरू मन्त्री भएपछि नचिनेजस्तो गर्ने प्रवृत्ति मौका पर्दा आफूलाई अरूभन्दा विशिष्ट देखाउने मानवीय चाहनाकै अभिव्यक्ति भएको ढकालले बताए ।
सत्तासीनहरूलाई सामान्य मानिसको दु:ख गौण लाग्ने हुनाले विशिष्टहरू अरूलाई पीडा दिने गरी व्यवहार गर्ने गरेको समाजशास्त्री चैतन्य मिश्रको बुझाइ छ । ‘हो, संसद्मा सम्बोधन गर्न राष्ट्रपति जानु संवैधानिक कर्तव्य हो तर यो काम बिदाको दिन वा सवारी चाप कम भएका बेला पनि त गर्न सकिन्थ्यो,’ मिश्र भन्छन्, ‘अथवा तामझाम कम पनि त गर्न सकिन्थ्यो । तर त्यसो भएन, किनभने सकेसम्मको रवाफ प्रदर्शन गर्ने सत्तासीनहरूको चरित्र हुन्छ अनि पाएको सास्तीलाई सकेसम्म बढाएर त्यसको आलोचना चाहिनेभन्दा बढी नै गर्ने सामान्यजनको बानी हुन्छ ।’ मिश्रको विचारमा बाटो खाली पारेर रवाफ देखाउने र बाटामा कुर्नुपर्दा रिस देखाउने दुवै पक्षमा ‘अति’ छ ।
Deepak Kc
Moj gara moj kar tirne janta hami chaunjal
Sarita Bhandari
मौसुफको सवारीमा पनि यत्रो तामझाम हुन्न थियो बाटोमा ऊभिएर हात हल्लाउन पाइन्थ्यो
Sadman Ptr
Hyagggggggg thuùuuuuuuu
Gb Chettri
अनि नया नेपाल्को सानोखाले मौशुफ्नै हुन्नित रास्ट पतिपनी।
Anoop Silwal
Jai ho
Ganesh Dahal
Janata xori Rastapati vaesi tei ho…Bampanti mahila rastapati…
Jirel Tika
विद्याको दिन आयो नि रानी हुने !!!
Dinesh Kirati Saksham
Naya model ko raja janmiyo pheri nepalma
Buddhipd Rai
राजतन्त्रवादीहरु संयोगले वा पूर्व तयारीले नै गणताकन्त्रिक नेपालको राष्ट्रपति वा प्रधानमन्त्र भए नी उनीहरुले गणतन्त्रको अर्थ राजतन्त्र नै हो भनी बुझ्दा रहेछन् भने नेपालको गणतन्त्रलाई Banana Republic Nepal मा रुपान्तरण गर्दा रहेछन्!!!
Niyam Raj Shakya
Naya nepal?
Suman Shrestha
सबै पुरानो दरबार्को सल्लाहकार हरु अहिले नया दरबारमा सरेको छ्न जस्तै नेत्र थापा उनी हरू बाट जनता बाट नयाँ पाउने आश नगर्नु नै राम्रो ।
Minraj Bhattarai
HAT MALAI DAR LAGERA AYO ENI BELAYETKI MAHARANI HUNKI KATIKI…..
Govinda Khanal
अमेरिकि राष्ट्रपतिलाई भनदापनि बढि सुरक्षा …………….?
Dhan Bahadur Chhetri
यी र येस्तै सनकीपन ले जनता निरास हुन्छन् र फेरि बिद्रोह को आबस्य्क्ता पर्छ ।
Ramesh Pandey
Bidhya vandarile ngaraye pani khate chamcha harule aayojan gareko hola ni
Kishor Shrestha
नेताहरुले ठुलाठुला बिकाशकाे नाराकाे सुरुवात त हाम्रा राष्ट्रपती रानी बाट सुरु भएछ।अब गणतन्त्रमा बिकाश छिटै हुदैछ भन्ने अाभास भयाे।