कलाकारको अपराधको श्रृंखला

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ ३०, २०७६
|
|
४९ पटक हेरिएको
Shares
कलाकारको अपराधको श्रृंखला

सारांश

  • हलिउड र बलिउडका हस्तीहरु आपराधिक क्रियाकलापमा मुछिएको खबर बेला बेलामा आइरहन्छ ।
  • त्यहाँका चलचित्र नगरीमा लोकप्रीय कलाकारहरु संगठित गिरोहका नाइकेसँगको साँठगाँठले पक्राऊ समेत परेका घटना खुलेका थिए ।
  • अहिले त्यो रोग नेपालमा सरेको छ ।

हलिउड र बलिउडका हस्तीहरु आपराधिक क्रियाकलापमा मुछिएको खबर बेला बेलामा आइरहन्छ । त्यहाँका चलचित्र नगरीमा लोकप्रीय कलाकारहरु संगठित गिरोहका नाइकेसँगको साँठगाँठले पक्राऊ समेत परेका घटना खुलेका थिए । अहिले त्यो रोग नेपालमा सरेको छ । कलाकारहरु संगठित अपराधीसँग मिलेर आपराधिक क्रियाकलापमा सक्रिय हुन थालेपछि कला क्षेत्र बदनाम हुन थालेको छ ।

विदेशी भूमिबाट नेपालमा पटक पटक गरी लोकप्रीय गायिका आनी छोइङ डोल्माले १८ करोड ३१ लाख रुपैयाँ बराबरको अमेरिकी डलर नेपाल भित्राइसकेकी छिन् । हङकङबाट भित्राइएको उक्त रकमको स्रोत नखुलेपछि सम्पत्ति शुद्धिकरण विभागले अनुसन्धान थालेको छ । नेपाल राष्ट्र बैंकले आनीको यति ठूलो परिणाममा रकम आएपछि निगरानी बढाएको थियो ।

फूलको आँखामा फूलै सँसार, काँडाको आँखामा काँडै सँसार गीतभन्दा ठिक विपरित लाग्ने आनीको क्रियाकलापले उनको लोकप्रीयता घटाएको छ । सम्पत्तिको स्रोत नखुलेमा उनी संगठित अपराधको गिरोहसँग जोडिएको प्रमाणित हुन सक्छ । समाजमा सङ्गलो देखिने धमिलो काम गर्नेहरुको सूचीमा आनी पनि पर्न सक्छिन् ।

चलचित्र हिम्मतवालीका नायक सुदर्शन गौतम मानव तस्करीमा संलग्न पाइए । दुवै हात गुमाएका सुदर्शन चलचित्रका मात्र नभई वास्तविक जीवनकै नायक जसरी मिडियामा चर्चामा आए ।

चलचित्र नायिका रेखा थापाले सुदर्शनसँग आफूलाई जोडेर खस्किएको लोकप्रीयता बढाउन खोजिन् । सुदर्शनसँग अफेयरको चर्चाले बजार तात्तियो । सस्तो लोकप्रीयता टिकेन । सुदर्शन नायकबाट खलनायकमा गनिए । मानव तस्करीको संगठित गिरोहका नाइके रहेछन् उनी । अमेरिका र क्यानडा लाने भन्दै नेपाली युवायुवतीसँग पैसा लिएको पत्ता लाग्यो । क्यानडा बस्दै आएका गौतममाथि इन्टरपोलले रेड कर्नर नोतिश जारी गरेको छ । उनी इन्टरपोल सदस्यराष्ट्रमा जहाँसुकै पक्राऊ पर्न सक्छन् ।

मानव तस्करीमा कलाकार

कतिपय कलाकारहरुले मानव तस्करीलाई आम्दानीको श्रोत बनाउने गरेका छन् । चलचित्र निर्माण गर्ने वा विदेशमा कार्यक्रमका लागि भन्दै आफूसँग केही मानिस लाने र उतै छाडेर आउने समेत गरे ।

नेपाली कलाकारहरुको गतिविधिका कारण यूरोप, अमेरिका, अष्ट्रेलियालगायतका मुलुकले भीसामा कडाई समेत ग¥यो । निश्चित रकम लिएर आफूसँग केही व्यक्ति लगेर छाड्ने गतिविधिमा राजेन्द्र खड्गी पक्राऊ परे ।

कुनैबेला नेपाली फिल्ममा खलनायकमा एकछत्र राज गरेका खड्गी वास्तविक जीवनमा समेत खलनायक भए । कोरियामा डकुमेन्ट्री बनाउने भन्दै ११ नेपाली लिएर गएका थिए । सबैलाई उतै छाडेर फर्किएपछि कोरियाली दूतावासको उजूरीका आधारमा पक्राऊ परे ।  खड्गीविरुद्ध अदालतले फैसला गरेपछि जेल चलान भएका छन् । उनी केन्द्रीय कारागारमा छन् ।

खड्गी मात्र नभई नाम चलेका निर्देशक, नायक नायिका समेत मानव तस्करीमा मुछिएका थिए । उनीहरुलाई कतिपय देशले भीसा समेत नदिने अवस्था बनेको छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चितवनका सातवटै स्थानीय तहमा तालमेल गर्ने सत्तारूढ गठबन्धनको निर्णय
चितवनका सातवटै स्थानीय तहमा तालमेल गर्ने सत्तारूढ गठबन्धनको निर्णय
इजिप्सियनलाई आकर्षित गर्दै खुकुरी र सिङ्गिङ बाउल
इजिप्सियनलाई आकर्षित गर्दै खुकुरी र सिङ्गिङ बाउल
‘बालबालिकालाई परिचालकका रुपमा प्रयोग नगरौँ’
‘बालबालिकालाई परिचालकका रुपमा प्रयोग नगरौँ’
राष्ट्रपति पौडेल आज स्विट्जरल्याण्ड जाँदै
राष्ट्रपति पौडेल आज स्विट्जरल्याण्ड जाँदै
विश्वकै तेस्रो ठूलो अर्थतन्त्र भएको जापानमा श्रमिक अभाव
विश्वकै तेस्रो ठूलो अर्थतन्त्र भएको जापानमा श्रमिक अभाव
प्रधानमन्त्री ओलीको घोषणा : साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढाउँछौं
प्रधानमन्त्री ओलीको घोषणा : साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढाउँछौं
प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष श्रेष्ठको रातो पासपोर्ट खारेज
प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष श्रेष्ठको रातो पासपोर्ट खारेज
महिला उद्यमशीलता प्रवद्र्धनमा जोड
महिला उद्यमशीलता प्रवद्र्धनमा जोड
साताको कारोबारको पहिलो दिन नेप्से २६४० विन्दुमा, नेपाल बैंकको सर्वाधिक कारोबार
सुशासनको ‘एजेन्डा’मा टेकेर समृद्धिको बाटो तय गर्छु : सभापति लामिछाने
सुशासनको ‘एजेन्डा’मा टेकेर समृद्धिको बाटो तय गर्छु : सभापति लामिछाने