मकवानपुर प्रहरी सर्वसाधारणको मोबाइल फिर्ता गर्दै
सारांश
- हेटौडा २८ जेठ ।
- लागु औषध र दुर्व्यसनी नियन्त्रणमा बिशेष अभियान नै चलाएको मकवानपुर प्रहरीले सर्वसाधारणको हराएको मोबाइल पनि फेलापारि हस्तान्तरण गरेको छ।
- प्रहरी निरिक्षक मधु कुमार थापा समेतको टोलीले बिशेष कारवाहीमा १ महिनामा ४० वटा हराएको मोबाइल फेला पारेको हो।
हेटौडा २८ जेठ । लागु औषध र दुर्व्यसनी नियन्त्रणमा बिशेष अभियान नै चलाएको मकवानपुर प्रहरीले सर्वसाधारणको हराएको मोबाइल पनि फेलापारि हस्तान्तरण गरेको छ।
प्रहरी निरिक्षक मधु कुमार थापा समेतको टोलीले बिशेष कारवाहीमा १ महिनामा ४० वटा हराएको मोबाइल फेला पारेको हो।
जस मध्ये १५ जना समबन्धित धनीलाई बुझाई सकिएको र बाँकि मोबाइलको अनुसन्धान र सम्बन्धित धनीको खोजि भैरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। फेला पारिएका मोबाइलहरु दुइ हजार मूल्य पर्ने देखि लाखौ पर्ने सम्म पाईएको जनाइएको छ।
फेला परेका मोबाइलहरुमा आइफोन ,साम्सुङ्ग ,नोकिया ,लाभा , ओपो ,जियोनि ,हुवाई आदि कम्पनीका रहेका छन्।
भेटिएर बुझाईएका ,मोबाइल धनिहरुमा हेटौडा उपमहानगर ५ पिल्लेका माधवराज चालिसे , सम्झना अधिकारी र हेटौडा उपमहानगर पालिका ३ बस्ने प्रियंका साह रहेको मकवानपुरका प्रहरी उपरिक्षक लोकेन्द्र श्रेष्ठले बताए ।
प्रतिक्रिया