राहुल गान्धीभन्दा स्मृति इरानी दश हजार मतले अगाडि

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ ९, २०७६
|
|
२६ पटक हेरिएको
Shares
राहुल गान्धीभन्दा स्मृति इरानी दश हजार मतले अगाडि

सारांश

  • नयाँ दिल्ली।
  • भारतमा १७ औं चरणको निर्वाचनको जारी मतगणना अनुसार बिजेपी उम्मेद्वार स्मृति इरानी कांग्रेस अध्यक्ष राहुल गान्धीभन्दा दश हजार भन्दा बढी मतले अगाडि रहेकी छन्।
  • सुरुमा केही मतले मात्र अग्रता लिएकी इरानीले आफ्नो मतान्तरलाई बढाउँदै लगेकी छन् ।

नयाँ दिल्ली। भारतमा १७ औं चरणको निर्वाचनको जारी मतगणना अनुसार बिजेपी उम्मेद्वार स्मृति इरानी कांग्रेस अध्यक्ष राहुल गान्धीभन्दा दश हजार भन्दा बढी मतले अगाडि रहेकी छन्। सुरुमा केही मतले मात्र अग्रता लिएकी इरानीले आफ्नो मतान्तरलाई बढाउँदै लगेकी छन् ।

पछिल्लो मत परिणाम अनुसार स्मृति राहुल भन्दा दश हजार मतले अगाडि रहेकी हुन् । यसैगरी पटनामा कांग्रेस उम्मेद्वार शत्रुध्न सिंहा बिजेपी उम्मेद्वार रवि शंकरभन्दा पछि परेका छन्। चुनावको परिणाम जारी भइरहँदा धेरैको ध्यान भिआईपी सिटमा केन्द्रित छ। वाराणसी, अमेठी, रायबरेली, वायनाड, भोपाल, बेसुगराय, आजमगढ, केन्द्रापाडा, पूर्वी दिल्ली, पटना साहिब, गान्धीनगरलगायतका सिटमा धेरैको ध्यान केन्द्रित छ ।

(www.curlygirldesign.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?