स्थानीयले आत्मालोचना गरेपछि चितवनमा रंगशालाको विवाद मिल्यो

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ १८, २०७६
|
|
३३ पटक हेरिएको
Shares
स्थानीयले आत्मालोचना गरेपछि चितवनमा रंगशालाको विवाद मिल्यो

सारांश

  • केही दिनदेखि चितवनमा क्रिकेट रंगशाला निर्माणमा संलग्न धुर्मुस सुन्तली फाउण्डेसन र स्थानीयबीच जारी विवाद साम्य हुने बाटोमा पुगेको छ ।
  • फाउण्डेसन र स्थानीय बीच आज सहमति भएको छ ।
  • सहमति भएपछि भरतपुर महानगरपालिकाको पहलमा स्थानीयले भत्काएको बार हटाउन थालिएको छ ।

केही दिनदेखि चितवनमा क्रिकेट रंगशाला निर्माणमा संलग्न धुर्मुस सुन्तली फाउण्डेसन र स्थानीयबीच जारी विवाद साम्य हुने बाटोमा पुगेको छ । फाउण्डेसन र स्थानीय बीच आज सहमति भएको छ । सहमति भएपछि भरतपुर महानगरपालिकाको पहलमा स्थानीयले भत्काएको बार हटाउन थालिएको छ । फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेलले सहमति कार्यान्वयन भएसँगै रंगशाला निर्माणको कामलाई सुचारु गर्ने बताएका छन् ।

यही जेठ १५ गते बिहानै रंगशाला निर्माण भइरहेको स्थानमा स्थानीयले डोजर लगाएर बार भत्काएका थिए । बार भत्काउने कार्यमा संलग्न १ दर्जनभन्दा बढिलाई पक्राउ गरिएको थियो । फाउण्डेसनले सुरक्षाको प्रत्याभुति नभएको भन्दै काम रोकेको थियो । रंगशाला निर्माण स्थलको पश्चिमी क्षेत्रमा बाटोको विषयलाई लिएर विवाद उत्पन्न भएको हो । ७ मीटर रहेको बाटो रंगशाला निर्माण पछि ३१ मीटरको बन्दा आफ्नो उठिबास लाग्ने भन्दै स्थानीयबासीले जग्गा छुट्याउन माग राखेका थिए । तर फाउण्डेनसले यस विषयमा आफुले निर्णय गर्न नसक्ने भन्दै डिपिआर आएपछि मात्रै छलफल गर्ने बताएको थियो । यसै विषयमा विवाद हुँदा स्थानीयले डोजर लगेर बार भत्काएका हुन् ।

बार भत्काए पछि स्थानीय र फाउण्डेसन बीच आरोप प्रत्यारोपको श्रृंखला सुरु भएको थियो । यद्यपी शुक्रबार राती अबेरसम्म स्थानीयसँग वार्ता भए पछि दुवै पक्षबीच सहमति भएको हो । सहमति पछि स्थानीय वुद्धिजिवी तथा अगुवाहरुले घटना प्रति आत्मालोचना गर्दै दुःख व्यक्त गरेका छन् ।

रंगशाला निर्माणमा अवरोध नगर्ने भन्दै उनीहरुले तत्काल काम अघि बढाउन आग्रह गरेका छन् । निर्णयमा शान्तिदीप टोल विकास संस्थाका मिनबहादुर लामा, पालुवा टोल विकास संस्थाका मिनबहादुर बस्नेत, रामपुर टोलविकास संस्थाकी रिता बास्ताकोटी, प्रकृति टोलविकास संस्थाका रामचन्द्र बास्ताकोटी र राधाकृष्ण टोल विकास संस्थाका शुशील लामाले हस्ताक्षर गरेका छन् ।

फाउण्डेसनले महत्वाकाँक्षी परियोजना अन्तर्गत चितवनमा अन्तराष्ट्रिय स्तरको रंगशाला निर्माणको अभियान सुरु गरेको हो । रंगशाला निर्माणका लागि देश बाहिर र भित्रबाट सहयोग जुटिरहेको छ ।

(https://www.sliderrevolution.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?